अनुदानले बढायो आम्दानी

  • चैत ३, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / इलाम नगरपालिका–५ का मेघनाथ आचार्यको घरमा सानो गाई थियो । गाईबाट दैनिक दुई÷तीन लिटरमात्र दूध उत्पादन हुन्थ्यो । धेरै दूध दिने गाई किन्ने पैसा पनि थिएन । आफूसँग पैसा नभएपछि धेरै दूध दिने गाई किन्न नसकेका आचार्य दुःखले घर खर्च चलाइरहेका थिए तर गाई किन्नका लागि इलाम नगरपालिकाले अनुदान दिएपछि उनको दैनिक आम्दानी बढेको छ ।

अनुदानको रकमबाट उनले धेरै दूध दिने गाई किने । अहिले दैनिक २२ लिटरसम्म दूध बेचिरहेका छन् । पहिले दैनिक चार लिटर दूध बेचेर मासिक पाँच हजार दुई सय ८० रूपैयाँ आम्दानी गरिरहेका आचार्य अहिले मासिक २९ हजार रूपैयाँ आम्दानी गरिरहेका छन् । आफूले उत्पादन गरेको दूध सङ्कलन केन्द्रमा प्रतिलिटर ४४ रूपैयाँमा बिक्री गर्ने गरेको उनी बताउँछन् । उनी भन्छन्, ‘नगरपालिकाको सहयोगले उत्पादन र आम्दानी बढिरहेको छ ।’

इलाम–५ कै सोमबरी लिम्बूले पहिले गाई पालेकी थिइनन् । उनले कुखुरा र सुँगुर पालेकी थिइन् । केही समयअघि नगरपालिकाले दिएको २५ हजार रुपैयाँ अनुदानमा थप गरी ६० हजारमा गाई किनेर पाल्न थालिन् । अहिले गाईबाट दैनिक १३ लिटर दूध उत्पादन भइरहेको छ । कुखुरा र सुँगुर पालेर आम्दानी गरिरहेकी लिम्बू अनुदानले आम्दानीमा ठूलो सहयोग भएको बताउँछिन् । उनले दुई सयवटा कुखुरा र १२ वटा सुँगुर पालेकी छन् ।

मेघनाथ र सोमबरी अनुदानको रकमबाट आम्दानी बढाउने प्रतिनिधि पात्रमात्र हुन् । नगरपालिकाले नगरका १२ वडामध्ये ११ वटा वडामा गाई पाल्न अनुदान दिएको छ । अनुदानबाट धेरै राहत पाएको कृषकको भनाइ छ । इलाम नगरपालिका प्रमुख परशुराम बस्नेतले नगरपालिकाका अधिक जनसङ्ख्या कृषिमा निर्भर रहेकाले कृषिलाई निर्वाहमुखीबाट व्यावसायिक बनाउन किसानहरूलाई हौसला प्रदान गरेको बताए ।

प्रत्येक वडामा १० वटाका दरले ११ वटा वडामा एक सय १० वटा गाई वितरण गरिएको इलाम नगरपालिकाका नायव पशुसेवा प्रविधिक प्रकाश लुइँटेलले जनाए ।

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved