काङ्ग्रेस सत्तामा लोभिँदैन: कार्की

  • चैत ३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी / नेपाली काङ्ग्रेस सधैँ लोकतन्त्र र संविधानको रक्षक भएकोले सत्तामा लोभिएर सरकारमा नजाने काङ्ग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।
पत्रकार महासङ्घ सुनसरीले सोमबार यहाँ आयोजना गरेको पुरस्कार वितरण समारोहमा कार्कीले भने, ‘तत्काल सरकारमा जाँदैनौँ, हामी जनतामाझ जान्छौँ ।’ मुलुकमा विद्यमान् राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको बताउँदै उनले काङ्ग्रेस प्रतिपक्षमै बस्ने प्रस्ट पारे ।

कार्कीले पछिल्लो राजनीतिक द्वन्द्वका कारण लोकतन्त्र धरापमा पर्नुका साथै संविधानको अस्तित्व नै सङ्कटमा परेको जिकीर गरे । उनले पत्रकार महासङ्घ सुनसरीले सञ्चालन गर्ने गरी स्व. गिरिजाप्रसाद कोइराला स्मृति पुरस्कार स्थापना गरिदिएका छन् ।महासङ्घले जिल्लामा रहेर सक्रिय पत्रकारिता गर्दै समाज परिवर्तनमा योगदान पु¥याउने तीनजना सञ्चारकर्मीसहित महासङ्घकी कार्यालय सचिवलाई सोमबार सम्मान गरेको छ ।
कार्यक्रममा कार्कीले स्थापना गरेको पुरस्कारबाट अग्रज पत्रकार सुविद गुरागाईं र चेतन धमलालाई जनही २५ हजार रूपैयाँसहित सम्मान गरिएको छ । त्यसैगरी अग्रज पत्रकार शालिग्राम पान्डे र मेनुका पाण्डेले माता लक्ष्मी र पिता चन्द्रबहादुर पाण्डेको नाममा स्थापना गरेको चन्द्र–लक्ष्मी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार गोपाल देवानलाई नगद ११ हजार १ सय ११ रूपैयाँसहित सम्मान गरिएको छ ।

महासङ्घमा रही लामो समययता कार्यालय सचिवको जिम्मेवारी निर्वाह गरेकी रश्मि प्रधानलाई पनि नगद ५ हजार रुपैयाँसहित महासङ्घले सम्मान गरेको छ ।कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झा, स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय कोषाध्यक्ष शालिग्राम पाण्डे, प्रेस युनियनका सुनसरी अध्यक्ष पवन अधिकारी, प्रेस चौतारीका प्रदेश एक संयोजक लीलाराज भट्टराईलगायतले बोलेका थिए ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved