कोभिड विरुद्धको खोप लगाउने थोरै

  • चैत्र ३, २०७७
  • गोविन्द बस्नेत
alt

धरान/ कोभिड–१९ को महामारी विश्वभरि फैलिएपछि यसको रोकथामका लागि खोपसमेत उत्पादन भइसकेको छ । लामो समयपछि उत्पादन भएका खोपहरू नेपालमा समेत लगाउन थालिएको हो । भारत र चीनको सहयोगमा ल्याइएका त्यस्ता खोप लगाउनेको सङ्ख्या भने जनचेतनाको अभावका कारण कम रहेको पाइएको छ ।

धरान–१४ मा खोप लगाउन पुगेका ६० वर्षीय चन्द्रमणि न्यौपानेले खोप लगाउँदा कोरोना सर्छ कि सर्दैन भन्ने अन्योलमै खोप लगाएको बताए । सामाजिक सञ्जालमा आएका प्रचार र बाहिर सुनिएका हल्लाका कारण खोप लगाउनेको सङ्ख्या थोरै भएको उनकै भनाइबाट प्रस्ट हुन्छ । उनले भने, ‘कसैले यो प्रयोगका लागि आएको औषधि भने, कसैले के भने, हल्लैहल्ला भए पनि मैले जेसुकै होस् भनेर लगाएँ, हेरुम्, के हुने हो ।’

उनको जस्तै धरान–१४ कै ८५ वर्षीय बिर्खबहादुर खत्रीले पनि खोप लगाउँदा दुई–तीन दिन ज्वरो आउने, जीउ पूरा दुख्ने हल्ला सुनिए पनि जेसुकै होस् भनेर खोप लगाउन आएको सुनाए । ‘हल्लाको पछि नलागी कोरोनाको जोखिम हटाउन खोप लगाउन आएको हुँ’, उनले भने, ‘असर कस्तो हुन्छ, लगाइसकेपछि थाहा हुन्छ ।’

यी दुई त उदाहरणमात्र हुन् । धरान–१४ ले दन्तकाली माविमा राखेको खोपकेन्द्रमा आउने अधिकांश युवा र बौद्धिक वर्गमा समेत खोपबारे अन्योल देखियो । यसका कारण धरानमा कोरोनाको खोप लगाउनेको सङ्ख्या थोरै भएको हो । धरान उपमहानगरको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले पहिलो र दोस्रो चरणमा गरी हालसम्म ५ हजार ९ सय ६१ जनाले मात्र खोप लगाएको बताए । भारतबाट ल्याइएको खोप कोभिशिल्डका विषयमा सर्वसाधारण अनभिज्ञ भएकै कारण खोप लगाउनेको सङ्ख्या न्यून भएको उनी बताउँछन् । ‘अनर्गल हल्लाको पछि लागेर त्रासका कारण कोभिशिल्ड लगाउनेको सङ्ख्या तार्गेट गरेकोभन्दा न्यून रहेको छ’, उनी भन्छन्, ‘तर यो लगाउँदा कुनै बेफाइदा भने छैन, यसले फाइदै पु-याउ“छ ।’

मेहताले धरानमा दोस्रो चरणको अन्तिममा पुग्दा हालसम्म ६६ दशमलव ४ प्रतिशतले मात्र खोप लगाएको बताए बताए । उनले पहिलो र दोस्रो चरणमा आएका ९ हजार ९ सय २० डोजमध्ये चैत २ गतेसम्म ७ हजार ८ सय ४९ जनाले खोप लगाइसकेको बताए ।

पहिलो चरणमा माघ १४ देखि २३ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वयम्सेविका, एम्बुलेन्स चालक, शववाहन चालक र शव व्यवस्थापनका कर्मचारीहरूलाई राखिएको थियो ।

प्राथमिकतामा पर्नेका लागि सात सय खोप आए पनि ६ सय ५४ जनाले मात्र खोप लगाएका थिए । मेहताले पहिलो चरणमा प्राथमिकतामा पर्नेले उल्लेख्य रूपमा खोप लगाए पनि दोस्रो चरणमा भने कम सङ्ख्याले खोप लगाएको बताए ।

पहिलो चरणको दोस्रो प्राथमिकतामा एक हजार दुई सय डोज आएकोमा ७ सय १२ जनाले मात्र खोप लगाएका थिए । उनले अहिले तेस्रो चरणको अभियान सञ्चालन भइरहेको बताए । चैत ३ गतेसम्म सञ्चालन भएको खोप अभियानमा ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, शिक्षक, यातायात मजदुर र पहिलो चरणमा छुटेकाहरूलाई खोप लगाउने लक्ष्य लिइएको महाशखा प्रमुख मेहताले बताए ।

तेस्रो चरणमा ८ हजार २० जनाका लागि आएको कोभिशिल्ड चैत २ गतेसम्म ६ हजार ४ सयजनाले लगाएको उनले बताए । उनले लक्ष्यअनुसार खोप नलगाउनुको प्रमुख कारण सामाजिक सञ्जालमा भएका अनर्गल हल्लाले उब्जाएको त्रास भएको बताए ।
‘हामीले प्रचारप्रसारमा कन्जुस्याइँ पनि गरेका छैनौँ’, उनले भने, ‘तर पनि मानिसहरू खोप लगाउन आएनन्, यसको प्रमुख कारण अनावश्यक हल्लाले त्रसित भएर नै हो ।’

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved