कोभिडपछि जुर्मुराउँदै इलामको खेलकुद

  • चैत्र ४, २०७७
  • भगीरथ भण्डारी
alt माई नगरपालिकामा भएको प्रथम सुखानी शहीद स्मृति महिला फूटबल प्रतियोगिताको फाइनल खेलको एक दृश्य । तस्वीर : भगीरथ भण्डारी

इलाम/  कोरोना भाइरस सङ्क्रमणका कारण लामो समयसम्म बन्द भएको जिल्लाको खेलकुद गतिविधि जुर्मुराउन थालेको छ । कोरोना सङ्क्रमणका कारण बन्द रहेको खेलकुद गतिविधि फाट्टफुट्ट हुन थालेका छन् । यति बेला जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सम्पन्न भइसकेका छन् भने कतिपय प्रतियोगिता शुरु हुन लागेका छन् ।

माई नगरपालिकामा गत फागुन २१ गते शुरु भएको वडास्तरीय प्रथम सुखानी शहीद स्मृति पूmटबल प्रतियोगिताको फाइनल २९ गते सम्पन्न भयो । माई–४ को शुक्रबारे खेल मैदानमा महिला र पुरुषतर्पm प्रतियोगिताको आयोजना गरिएको थियो । राष्ट्रिय स्तरका खेलाडी छनोट गर्ने उद्देश्यले युवा सङ्घ, माई नगर कमिटीले प्रतियोगिता आयोजना गरेको हो ।

शनिबार सम्पन्न पुरुष पूmटबल खेलमा वडा नम्बर–९ लाई टाईब्रेकरमा ३ का विरुद्ध ४ गोलले पराजित गर्दै वडा नम्बर–४ ले उपाधि हात पारेको छ । त्यस्तै, महिलातर्पm भने माई–१ लाई टाईब्रेकरमा ३ का विरुद्ध ४ गोलले पराजित गर्दै माई–७ ले उपाधि हात पारेको आयोजक कमिटीका अध्यक्ष कुमार लिम्बूले जानकारी दिए । वडास्तरीय प्रतियोगितामा पुरुष र महिलातर्पm १०÷१० टिम सहभागी थिए ।

युवाहरूको बौद्धिक तथा शारीरिक विकासका लागि सुखानीका शहीदहरूको सम्झनामा प्रतियोगिता सञ्चालन गरिएको हो । २०२९ साल फागुन २१ गते सुखानीमा तत्कालीन सरकारद्वारा हत्या गरिएका रामनाथ दहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बीरेन राजवंशी र नारायण श्रेष्ठको ४६ औँ स्मृति दिवसमा प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।

त्यस्तै माईजोगमाई गाउँपालिका–६ को प्याङमा गत फागुन २३ गते शुरु भएको शिवरात्रि पूmटबल प्रतियोगिता २८ गते सम्पन्न भयो । ३५ वर्ष पहिले थालिएको महाशिवरात्रि गोल्डकपमा खुला पुरुष र महिला पूmटबल प्रतियोगिता हुने गरेको थियो । यस वर्ष भने पुरुष पूmटबल प्रतियोगितामात्र भएकोे प्याङ खेलकुद सङ्घका सचिव भोगेन्द्र ढकालले बताए । जिल्लाका विभिन्न स्थानीय तहबाट क्लबहरू सहभागी भएको प्रतियोगिताको उपाधि माईजोगमाई–६ को सिरिजङ्गा क्लबले उचालेको छ ।

सिरिजङ्गाले कुवापानी एफसी रोङ गाउँपालिकाविरुद्ध १–२ गोल अन्तरले जित आप्mनो पोल्टामा पारेको थियो । माईजोगमाई गाउँपालिकाको एक लाख रूपैयाँ सहयोगमा सम्पन्न प्रतियोगितामा विजेता र उपविजेता टिमले क्रमशः नगद ८० हजार र ४० रूपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, माङ्सेबुङ गाउँपालिकामा पवित्र हाङ्मा कप फूटबल प्रतियोगिताको ११ औं संस्करण गत फागुन २ मा सम्पन्न भएको थियो । प्रतियोगिताको उपाधि दमक (झापा) को रोयल स्पोर्टिङ क्लबले जितेको छ ।

फाइनलमा एपीएफसी माङ्सेबुङलाई १–० ले पराजित गर्दै दमकले उपाधि जितेको हो । जितसँगै दमकले १ लाख १ सय ६५ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता माङ्सेबुङले ५० हजार १ सय ६५ रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुरका गरी आठ महिला टिम सहभागी थिए । त्यस्तै, फाकफोकथुम गाउँपालिकाले पनि अध्यक्ष कप प्रतियोगिता सञ्चालनको तयारी गरेको छ भने इलाम नगरपालिका मेयर कप प्रतियोगिता सञ्चालन गर्ने योजनामा छ ।

चैत ४ देखि भलिबल प्रतियोगिता हुने

जिल्ला भलिबल सङ्घको आयोजनामा यही चैत ४ गते भलिबल प्रतियोगिता शुरु हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागितामा खुला भलिबल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सात टिम सहभागी हुने सङ्घले जानकारी दिएको छ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश,विमान ट्रेडर्स बिर्तामोड र दमक नगर भलिबल क्लबको सहभागिता रहने आयोजक सङ्घका अध्यक्ष डाकप्रसाद गौतमले जानकारी दिए ।

प्रतियोगितामा विजेता र उपविजेतालाई क्रमशः दुई लाख एक हजार र एक लाख एक हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विभिन्न सात विधामा ४५ हजार रूपैयाँ बराबरको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । खेल सदरमुकामको ठूलो टुँडिखेलामा हुने आयोजकले बताएको छ ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved