सरकार ढाल्ने र बचाउने खेल : सूचना टाँसेर बारम्बार बैठक स्थगन

  • चैत्र ४, २०७७
  • कुमार लुइँटेल
alt

विराटनगर / सरकारविरुद्धको अविश्वास प्रस्ताव र नेकपाबीचको विवादका कारण प्रदेश नं १ को प्रदेशसभा बिजनेसविहीन बन्न पुगेको छ ।

विधेयक अधिवेशन भएपनि सरकारले विधेयक नै नदिएपछि प्रदेशसभा विधेयकविहीन बन्न पुगेको हो । प्रदेशसभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईले हिउँदे अधिवेशन शुरु भएपनि हालसम्म जम्मा एउटा विधेयकमात्र दर्ता गराएको जानकारी दिएकी छन । अर्को बैठक कहिले बस्ने भन्ने टुंगो नभएको बताउँदै भनिन्, “यो विधेयक अधिवेशन हो, तर सरकारद्वारा कृषि अनुदान सम्बन्धी जम्मा एउटा विधेयकमात्र दर्ता भएको छ ।”

प्रतिनिधिसभा विघटनसंगै प्रदेशसभामा समेत सरकार गिराउने र बचाउने खेल शुरु भएसंगै प्रदेश १ को प्रदेशसभा बैठक बारम्बार सूचना टाँस गरेर स्थगन हुँदै आएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध सत्तासीन दलबाट दर्ता गरिएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । चैत २ गते सोमबारको लागि तय भएको बैठक पनि सूचना टाँस गरी अनिश्चित समयको लागी स्थगन भएको छ । यसअघि पनि सूचना टाँस गरी बारम्बार बैठक स्थगन हुँदै आएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार हालसम्म संशोधन सहित ५५ विधेयक पारित भएका छन । प्रदेशसभा प्रमुख विपक्षी नेपाली कांग्रेसका दलका नेता राजिव कोइरालाले सरकारले संसद छल्नेमात्र नभएर बिजनेस नै दिन नसकेको बताए । भने, “प्रदेशसभाको मुख्य काम कानुन निर्माण गर्नु र जनताको समस्याबारे सरकारलाई सचेत गराउनु हो । तर, प्रदेश सरकारले बिजनेश नै नदिएर सदनलाई नै बन्धक बनाई दिएको छ ।”

माघ ७ गते यता प्रदेशसभा बैठक ५ पटक बोलाइएको छ । सत्तारुढ दलकै विवादका कारण जम्मा एक पटक मात्रै पूर्ण बैठक बसेको छ । पछिल्लो पटक नेकपाको खारेजी र नेकपा एमालेबीचको विवादका कारण पनि प्रदेशसभा बैठक नियमित बन्न सकेको छैन ।

जसपा संसदीय दलका नेता जयराम यादव सदन नियमित रुपमा संचालन हुन नसक्नुमा सरकार नै जिम्मेवार भएको बताउँछन् । संसदका काम कारवाहीलाई नियमित गर्न सरकारले बिजनेश दिनुपर्ने बताउँदै भने, “अब सदनलाई संचालन गर्ने वातावरण बनाइनु पर्छ भन्ने हाम्रो स्पष्ट अडान छ ।”

प्रमुख विपक्षी कांग्रेसले सरकार संसदप्रति गैरजिम्मेवार भएको र सभामुखसमेत सदनप्रति ईमान्दार नभएको ठहर गरेको बताउँदै प्रमुख सचेतक केदार कार्कीले व्यवस्थापिकालाई कार्यपालिकाले बेवास्ता गरेको देखिएको जिकिर गरे । उनले भने, “सदनमा समेत सरकार नभएको देखिएको छ, सभामुखले नै भूमिका निर्वाह गर्नुपर्नेमा लेख्दै पर सार्ने काममात्र गर्नु भएको देखिन्छ ।” कार्कीले प्रदेशसभाका सदस्यहरु तलबमात्र खाएर बस्नुपर्ने अवस्था आएको सुनाए ।

प्रदेश १ मा नेकपाको खारेजी पूर्ववत दुई कम्युनिष्ट पार्टी ब्युँतिएसंगै एमाले एक्लैको स्पष्ट वहुमत छ । तर, पूर्वमाओवादी केन्द्रसंगै साथ मिलेर अविश्वास प्रस्तावमा एमाले माधव नेपाल समूहका सांसदले समेत हस्ताक्षर गरेका छन । ३७ जनाले हस्ताक्षर गरेकामध्ये ६ जनाले अविश्वास प्रस्तावबाट आफ्नो समर्थन फिर्ता गरेका छन ।
माओवादी केन्द्रको दलका नेता टंक आङ्बुहाङ केन्द्रीय सदस्य मनोनयन भई एमालेमा प्रवेश गरेका हुन । प्रदेश १ मा ४७ सांसद संख्यामा वहुमत पुग्छ । एमाले एक्लैसंग ५१ सांसद छन । त्यसमा २१ जना नेपाल समूहका छन । प्रदेश १ को सांसद संख्या ९३ हो ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved