विराटनगर । प्रहरीले स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको भन्दै कोसी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले विरोध गरेका छन् । मंगलबार राति ९ बजे कोसी अस्प्तालमा डिउटी सकेर घर फर्कने क्रममा देवकोटा चौकमा चेकजाँचका नाममा प्रहरीले पाँचौ तहका अहेव अशोक राजवंशीलाई कुटपिट गरेको बताइएको छ । डिउटीमा खटिएका दुई जना प्रहरीले आफूलाई खुट्टामा लाठीले कुटपिट गरेको राजवंशीले बताएका छन् । घटनाको विरोध गर्दै नेपाल चिकित्सक संघले कोशी अस्पतालको परिसरमा विरोध कार्यक्रम गरेको हो । संघका कोशी अध्यक्ष डा.फरवार्ड सिलवालले भने, “ज्यान बचाउन खटिएका स्वास्थ्यकर्मीलाई सुरक्षा दिनुको साटो उल्टै कुटपिट हुनु व्यवहारिक र
इटहरी । समुदाय स्तरमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको जोखिमलाइ न्युनिकरण गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञा आज ३५ दिन पुरा भएको छ । यस अवधिमा इटहरीभित्र २५ वटा अपराधका घटना भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रशासनले जारी गरेको निषेधाज्ञा अवधिमा इटहरी भित्र धेरैजसो आत्महत्या, चोरी र बलात्कार जस्ता जघन्य अपराधका घटना भएको छ । बैशाख १७ गते यता प्रहरीमा सबैभन्दा बढी ८ वटा आत्महत्याका घटना दर्ता भएका छन भने दोश्रोमा जबरजस्ती करणी ४ वटा दर्ता भएका छन् । घटनामा संलग्न ५ जनालाइ पक्राउ गरी कार्वाहि चलाएको छ । त्यसैगरी अभद्र ब्यवहार सम्बन्धी ३ वटा घट
धरान । कोरोना महामारीले आन्तरिक आय प्रभावित भए पछि पुरानै योजनालाई निरन्तरता दिदै कोभिड नियन्त्रणलाई प्राथमिकता दिने बजेट ल्याउने धरान उपमहानगरपालिकाले तयारी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ का लागि करिब डेढ अर्ब सम्मको बजेट बनाउने तयारीमा धरान उपमहानगरपालिका रहेको छ । असार १० गते सम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्नु पर्ने अवश्था रहेकाले राजस्व परामर्श समितीले बजेटको तयारी गरिसकेको छ । समितीकी संयोजक तथा उपमेयर मञ्जु भण्डारी सुवेदीले आन्तरिक आय एक दम न्युन रहेकाले पुरानै योजनालाई निरन्तरता दिदैं कोभिड नियन्त्रणलाई प्राथमिकता दिएर बजेट आउने बताईन् । उनका अनुसार चालु वर्ष ५४ करोडको
सुनसरी । सुनसरी कोशी गाऊपालिका ३ नहर चोकबाट प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ बर्षीय मजरुल हक रहेका छन् । सोमबार बेलुका साढे ३ बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले डाईलक्स डिसि थान ५ सय २ नाईट्रोसन २ सय ट्याब्लेट, स्पास्मोप्रोक्सिभन प्लस २सय ८८ ट्याब्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
धरान / यस वर्षको एसइई परीक्षा पनि नहुने भएको छ । सरकारले कोरोना महामारीका कराण यस वर्षको परीक्षा नलिने निर्णय गर्दै आन्तिरक मुल्याकंनबाटै नतिजा प्रकाशन गर्नै निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
मेष . कार्यमा हौंसला बढेर जानेछ । आर्थिक लाभको वृद्धि हुनेछ । खानपानमा मन रमाउनेछ । स्वागत सत्कारमा समय व्यतीत हुनेछ । बृष . कार्यमा सहयोग प्राप्त हुनेछ । नयाँ कार्यमा सफलता मिल्नेछ । कामबाट सम्मानित हुने सम्भावना छ । मनमा उत्साह बढेर जानेछ । मिथुन . राजनीतिक क्षेत्रमा उतारचढाव बढ्नेछ । आर्थिक संकटले पिरोल्नेछ । व्यवसायमा हानि हुन सक्नेछ । वैदेशिक यात्रा हुनसक्छ कर्कट . अनावश्यक आलोचना हुन सक्नेछ । फजुल खर्चमा सचेत रहनुहोला । स्वास्थ्यमा समस्या आउन सक्छ। मनमा त्रास उत्पन्न हुनेछ । सिंह . आकस्मिक लाभ हुनेछ । खानपानमा मन आनन्दित हुनेछ । कामहरु सफल भएर जानेछन् । सहयोगीहरु प्रशस्त मिल्नेछन् ।
इटहरी । निर्माणधिन ६ लेन राजमार्गको कारण ठाउ साघुरिएको र अन्य बिविध कारण बनाइ निष्कर्ष सहित सुनसरीको इटहरी आपगाछिस्थित यातायात ब्यवस्था कार्यालय सवारी लाइसेन्सको कार्यालय अन्यत्रै फराकिलो ठाउमा सारिने भएको छ । उक्त कार्यालयले हालै सुचना जारी गर्दै आगामि १५ दिन भित्र घर खालि गरी अन्यत्रै सारिने जानकारी गराएको हो । कार्यालयले घर भाडामा लिने सम्बन्धि सुचना जारी गरेर फराकिलो ठाउ खोजि गरेपछि हाल रहदै आएको घरका मालिक दिनेश भट्टराइले बिवाद झिक्ने प्रयत्न गरेका छन । यस अघि उनैले आफ्नो जग्गाबाट भौतिक संरचना हटाइ घर खालि गराइदिन यातायात कार्यालयलाय निवेदन दिएका थिए । यातायात कार्यालय अन्यत्रै सारिने भ
इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी स्वास्थ्यकर्मीको टोली सहित कोरोना संक्रमित भएर होम आइसोलेसनमा वसेकाहरुको घर घरमा पुगेर उनहिरुको सवास्थ्य अवस्था बारे बुझेका छन । इटहरी वडा नम्वर १३,१६ र १७ का छ वटा घरमा इटहरी अस्पतालकी स्टाप नर्स विनिता खतिवडा र होम आइसोलेसन सर्पोट टिमका विसाल दाहाल सहित संक्रमितहरुलाई भेटन पुगेका हुन । संक्रमितहरुको स्वास्थ्य अवस्थाको वारेमा प्रमुख चौधरीले जानकारी लिदै उपमहानगर जनताको साथमा रहेका बताए । नगर प्रमुख चौधरी संगै पुगेका स्वास्थ्यकर्मीहरुको टोलिले संक्रमितहरुलाई स्वास्थ्य परामर्श दिएका थिए । होम आइसोलेसनमा वस्दा पुरयाउनुपर्ने सावधानीको वारेम
पाँचथर । जिल्ला पाँचथर फिदिम नगरपालिका ३ सुङनिमाचौकमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । सोमबार बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १-०१-००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको थियो । सो दुर्घटनामा जिल्ला पाँचथर याङवरक गाऊपालिका २ बस्ने ५० बर्षीया ममता राई, सोही स्थानका १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा ३ का ५५ बर्षीय डोड कुमार राई घाईते भई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएको थियो । घाईते मध्ये ममता राईको सोही अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भए
मेष . रमाइलो यात्राको संभावना छ । राजनीतिक क्षेत्रमा सहयोग प्राप्त हुनेछ । आकस्मिक धनलाभ हुन सक्नेछ । व्यापार सामान्य रहनेछ । बृष . शरीरमा अस्वस्थ रहनेछ । आर्थिक अभावको संभावना छ । अनावश्यक आलोचना हुन सक्छ । खानपिनमा बिशेष सजक रहनुहोला । मिथुन . कार्यले संमान दिलाउने योग छ । उद्योग व्यवसायमा उन्नति हुनेछ । हषमय दिन व्यतीत हुनेछ । भोजनमा मन रमाउने छ । कर्कट . विपक्षीमाथी विजय प्राप्त हुनेछ । व्यापारमा उल्लेख्य फाइदा हुनेछ । आर्थिक वृद्धिदर बढेर जानेछ । मित्रहरूसङ्ग रमाइलो भेटघाट हुनेछ । सिंह . अध्ययनमा सफलता बढ्नेछ । आकस्मिक लाभ हुन सक्नेछ । कार्यमा ढिलो गरेर सफलता मिल्नेछ । पारिवारिक सहयोग