एम्बुलेन्स दुर्घटनामा १ जनाको मृत्यु "दुई जना घाईते"

  • जेठ १७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

पाँचथर । जिल्ला पाँचथर फिदिम नगरपालिका ३ सुङनिमाचौकमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । सोमबार बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १-०१-००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको थियो ।

सो दुर्घटनामा जिल्ला पाँचथर याङवरक गाऊपालिका २ बस्ने ५० बर्षीया ममता राई, सोही स्थानका १९ बर्षीय हेमन सुब्बा र ताप्लेजुङ सिदिङवा ३ का ५५ बर्षीय डोड कुमार राई घाईते भई उपचारको लागी जिल्ला अस्पताल पाँचथर लगिएको थियो ।

घाईते मध्ये ममता राईको सोही अस्पतालमा उपचारको क्रममा बिहान पौने ४ बजे मृत्यु भएको छ भने अन्य घाईतेहरुको अबस्था सामान्य रहेको छ ।

एम्बुलेन्स चालक पाँचथर हिलिहाङ २ सिहापुर का २८बर्षीय बिरेन्द्र धिताललाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको छ ।

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved