इटहरीको यातायात कार्यालय अन्यत्रै सारिदै , घरबेटिले कुरा फेरेपछि बिवाद

  • जेठ १७, २०७८
  • "तेजबहादुर बन "
alt

इटहरी । निर्माणधिन ६ लेन राजमार्गको कारण ठाउ साघुरिएको र अन्य बिविध कारण बनाइ निष्कर्ष सहित सुनसरीको इटहरी आपगाछिस्थित यातायात ब्यवस्था कार्यालय सवारी लाइसेन्सको कार्यालय अन्यत्रै फराकिलो ठाउमा सारिने भएको छ । उक्त कार्यालयले हालै सुचना जारी गर्दै आगामि १५ दिन भित्र घर खालि गरी अन्यत्रै सारिने जानकारी गराएको हो ।

कार्यालयले घर भाडामा लिने सम्बन्धि सुचना जारी गरेर फराकिलो ठाउ खोजि गरेपछि हाल रहदै आएको घरका मालिक दिनेश भट्टराइले बिवाद झिक्ने प्रयत्न गरेका छन । यस अघि उनैले आफ्नो जग्गाबाट भौतिक संरचना हटाइ घर खालि गराइदिन यातायात कार्यालयलाय निवेदन दिएका थिए ।

यातायात कार्यालय अन्यत्रै सारिने भएपछि अहिले सामाजिक सञ्जालमा बिवाद देखिएको छ ।यातायात कार्यालयले ४१०० स्क्वायर फिट क्षेत्रफलमा रहेको १५ कोठे भवन आवश्यक परेको भन्दै अहिलेको स्थानलाइ अनुपयुक्त देखाएपछि सामाजिक सञ्जालमा बिवाद शिर्जना भएको हो। यस अघि पनि सो स्थानमा ६ लेन राजमार्ग निर्माण भएपछि ठाउ साघुरिदै आएको थियो । मुख्य राजमार्गमै कार्यालय भवन जोडिन पुगेपछि दुर्घटनाको जोखिम बढने निस्कर्ष सहित कार्यालय भवन फराकिलो ठाउमा सार्न लागिएको उक्त कार्यालयले जनाएको छ ।

श्रोतका अनुसार इटहरी ८ स्थित रोहित चौधरीको जग्गाभित्र निर्माणधिन भवनमा सार्न लागिएको कुरा बाहिरिएको छ । तर भवन निर्माण सम्पन्न हुन करीब १ वर्ष लाग्ने भएकोले तत्काललाइ अन्यत्रै फराकिलो स्थानको खोजि भइरहेको कार्यालयले जनाएको छ । कार्यालय सार्ने बिषयमा यस अघि पनि बिवाद उत्पन्न भएको बताउदै यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र कार्यालयका निमित्त प्रमुख प्रेम प्रसाद सापकोटाले जेष्ठ ११ गते सुचना जारी गरेपनि अहिले सम्म कसैको दरखास्त नपरेको बताए ।

१५ दिन भित्र कुनै दरखास्त नपरे पुनः अर्को सुचना जारी गरेर भएपनि भवन खालि गराउने सापकोटाको भनाइ छ । यता हाल कार्यालय रहेको भवनका मालिक दिनेश भट्टराइले भने आफुले यातायात काृयालय अहिलेको सथानबाट सर्न भनेर निवेदन नदिएको बताउछन । भवनलाइ छाडेर कार्यालयले ओगटेको भौतिक संरचनाको जमिन मात्र खालि गराउन भनि निवेदन दिएको उनले जिकिर गरेका छन । उनले आफ्नो फेशबुक वालमा समेत लामो स्टाटस राख्दै घर खालि गराउनु नभनेको दावि गरेका छन । उनको स्टाटस संगै कार्यालय भवन सार्ने बिषयले शहरमा नया तरंग ल्याएको छ ।

yatayat-1 yatayat-3 yatayat-2फोटो क्यापसन: इटहरी ८ स्थित निर्माणधिन अवस्थामा रहेको यतयात कार्यालयको भवन 

 

विपी प्रतिष्ठानलाई ‘ ...

धरान/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved