Top 4

    Showing 8,101-8,110 of 9,409 items.
  • उपविजेता लामाद्वारा सहयोगीलाई धन्यवाद ज्ञापन

    धरान वाईवाई नेपाल स्टारका उपविजेता सन्देश बमजन लामाले आफूलाई उपविजेता बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । धरान–२ को वराह किचनमा बुधबार आयोजित कार्यक्रममा उनले सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका हुन् । गत वर्ष माघ १७ गते अडिसन दिएर वाईवाई स्टारको यात्रा प्रारम्भ गरेका लामा माघ १७ गते नै उपविजेता बन्न सफल भए । कार्यक्रममा उनले जितसँगै थप जिम्मेवारीसमेत बढेको बताउँदै आफूलाई उपविजेता बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने व्यक्ति तथा सङ्घ–संस्थालाई धन्यवाद दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि वराह ग्रुपका अध्यक्ष तथा गायक शिव लामिछानेले लामालाई बधाई दि

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 930 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पिसाब फेर्न निस्किएका बेला नियन्त्रणमा लिई बलात्कार

    विराटनगर । मोरङको जहदामा रातको समयमा घरबाहिर पिसा फेर्न निस्एिकी एकजना किसोरी बलात्कारको सिकार भएकी छन । जहदा गाँउपालिका वडा नम्बर १ कि १४ वर्षीया बालिकाको सोमबार राति ९ बजे पिसाब गर्न घर नजिकैको बाटोमा निस्किएका बेला दुई जनाले नियन्त्रणमा लिई बलात्कार गरेको पीडितले बताएकी छन । राति नै मोटरसाईकलमा आएका दुई जनाले आफूलाई जर्बजस्ती घरबाट दक्षिणतर्फ लगेर पालैपालो बलात्कार गरेको ती बालिकाको भनाई छ । राति बालिका घर नफर्किएपछि अभिभावकले खोजी नभेटिएको र तीन घण्टापछि मात्र उनी परिवार अनि गाउँलेको सम्पर्कमा आएकी थिइन । गाउँमा हल्ला भएपछि गाउँलेहरु राति ११ बजे बालिकाको खोजीमा निस्किएका थिए र १ बजे प्र

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 730 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • माघ ३० गते सार्वजनिक बिदा

    धरान/ सरकारले सोनाम ल्होछारको अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायतका हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रूपमा मनाउने गर्छन् । यसअघि सरकारले ल्होछार, माघे सङ्क्रान्तिलगायतका चाडपर्वको बिदा कटौती गरेको थियो तर सरकारले यी चाडपर्वहरूमा फेरि सार्वजनिक बिदा दिन लागेको छ । यसअघि माघे सङ्क्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो तर गत पुस १५ मा मनाइएको तमू ल्होसारको दिन भने सरकारले सम्बन्धित जातिलाई मात्रै बिदा दिएको थियो । सरकारले २०५१

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 879 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भूमि व्यवस्था मन्त्रालयलाई स्मरणपत्र

    धरान/ नेपाल बसोवास बस्ती संरक्षण समाजले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई १२ बुँदे मागपत्रको पुनः ताजकीकरण पत्र बुझाएको छ । समाजले माघ २० गते भूमिसम्बन्धी समस्या समाधान आयोगलाई बुझाएको मागपत्रको पुनः ताजकीकरण पत्र आइतबार भूमि व्यवस्था मन्त्री शिवमाया तुम्बापोलाई बुझाएको हो । ‘सुरक्षित बसोवास गर्न पाउने नागरिकको नैसर्गिक अधिकार रहेकाले बसोवासका आधारमा भू–स्वामित्व लालपुर्जा दिएर सुकुम्बासी मुक्त राष्ट्र घोषणा गर्ने गरी त्यस्ता वर्ग समुदायको समस्या पूर्ण समाधान हुने काम तत्काल थाल्न अनुरोध गर्दछौँ ।’ समाजले मन्त्रालयमा बुझाएको पत्रमा भनिएको छ । समाजले

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 845 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लाइसेन्सको ट्रायलमा फेल हुँदा १८ महिनासम्म मौका

    धरान/ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आवेदन दिने परीक्षार्थीले ट्रायलमा सफल हुन नसके अधिकतम १८ महिनासम्म पुनः ट्रायल दिन पाउने भएका छन् । यातायात व्यवस्था विभागले आइतबार एक सूचना जारी गर्दै ट्रायलको समयावधि बढाएर १८ महिनासम्म ट्रायल दिन पाउने निर्णय गरेको जानकारी दिएको हो । विभागले सूचना जारी गर्दै यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरिएको र त्यसबमोजिम हुने गरी विभागबाट सञ्चालनमा रहेको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस) मा समेत अद्यावधिक गरी ट्रायल परीक्षाको समयावधि बढाइएको जनाएको छ । यसअघि लिखित परीक्षा उत्तीर्ण गरे

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 938 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भेडेटारमा सेल्फी हान्ने र टिकटक बनाउनेको घुइँचो

    विराटनगर । नमिता चौधरीले टिकटक खोलिन् । ड्राप्mटमा गइन् अनि त्यहाँ सेभ गरेको लिङ्कमा क्लिक गर्दै चाहिए जति भिडियो खिचिन् । सुनसरीको झुम्काबाट उनी भेडेटारको पाथीभरा पुगेकी थिइन् । ‘कोरोनाको त्रास र लकडाउनले गर्दा बाहिर घुम्न निस्किएकै थिइनँ’, उनले भनिन्, ‘बल्ल एघार महिनापछि रमाइलो गर्न निस्किएँ ।’ नमिता र उनका चारजना साथीले भेडेटार वरपरका पर्यटकीय क्षेत्र घुमफिर गरेर रमाइलो गरेको सुनाए । कोरोना–त्रास कम हुन सुरु भएसँगै प्रदेश १ का पर्यटकीय क्षेत्रमा पुनः आन्तरिक पर्यटकको चहलपहल सुरु हुन थालेको छ । कोरोनाले पूरै ठप्प भएका धार्मिक तथा पर्यटकीय क्षेत्रमा मानिसहरू सम

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 979 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • विराट प्रदेश माग्ने राजवंशी समुदायको तयारी

    विराटनगर/ राजवंशी समुदायले प्रदेश १ को नाम विराट प्रदेश राख्न माग गर्दै विराटगरमा बृहत् भेला आयोजना गर्ने निर्णय गरेको छ । महाभारतकालीन पौराणिक इतिहास रहेकोे दाबी गर्दै राजवंशी समुदायका अगुवाले मत्स्य देशका राजा विराटसँग जोडिएका पौराणिक तथ्यको आधारमा प्रदेश १ को राजधानी विराट हुनुपर्ने माग गरेका हुन् । राजवंशी समाज उत्थान समितिले पत्रकार सम्मेलन गरी आफ्नो पहिचान जोगाउन सङ्घर्षका विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरेको छ । आदिवासी जनजाति प्रतिष्ठानमा छुट्टै सूचीकृत हुन पनि उनीहरू सङ्घर्षरत् छन् । अध्यक्ष भूवनेश्वर मण्डलले आगामी फागुन ६ गते विराटनगरमा बृहत् भेला आयोजना गरिने बताए । मोरङ, सु

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 874 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आर्थिक अभावका कारण उपचारमा समस्या झेलीरहेकी मेनुकाद्वारा सहयोगको अपिल

    धरान/ अर्थिक अभावमा क्यान्सरको उपचारमा समस्या झेलीरहेकी धरान १५ की मेनुका लिम्बुले सहयोगको लागि अपिल गरेकी छिन् । पाटन अस्पतालमा पाठेघरको क्यान्सरको उपचार गराइरहेकी उनलाई अप्रेसनका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि अपिल गरेकी हुन् । बिरामी लिम्बुको पाठेघरमा क्यान्सर हुनका साथै घाटीमा समेत इन्फेक्सन सुरु भएकोले अप्रेशन गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको बिरामीका बुवा बुवा नयन्द्र बहादुर लिम्बुले बताएका छन् । बिरामीको अप्रेसनको लागि ३५ लाख लाग्ने अस्पतालले भनेको बताउँदै उनले सहयोगको अपिल गरेकी छन् । २५ वर्षिय लिम्बुको ७ महिनाको बच्चा समेत रहेको छ । सुरुसुरुमा खाना नरुच्ने र पानी मात्र ख

    • प्रकाशित मितिः माघ २६, २०७७
    • 892 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • महिला सञ्जालका पदाधिकारीहरूको पदस्थापन सम्पन्न

    धरान÷ नगरका महिलाहरूको साझा सङ्गठन महिला सञ्जाल धरानको पाँचौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पदस्थापन आइतबार सम्पन्न भएको छ । महिलासँग सम्बन्धित धरान क्षेत्रमा रहेका ३५ वटा सङ्घ–संस्थाहरूको साझा सङ्गठनको रूपमा रहेको सञ्जालको गत असोज १६ गते सम्पन्न पाँचौँ अधिवेशनबाट पदाधिकारीहरू निर्वाचित भएका थिए । पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष सविता राईले नवनिर्वाचित अध्यक्ष चेतना श्रेङलाई पद हस्तान्तरण गरेकी थिइन् भने अन्यलाई अबिर र माला लगाएर शुभकामना दिइन् । २०६६ सालमा स्थापना भएको सञ्जाल आजको दिनसम्म आउन थुप्रै चुनौतीहरूको सामना गरेको सञ्जालकी पूर्वसचिव कोपिला भट्टराईले बताइन्

    • प्रकाशित मितिः माघ २६, २०७७
    • 1,005 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हत्यारालाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

    इलाम÷ बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीन दिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेको भन्दै इलामबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) इलामले हत्यारालाई कारबाही गर्न माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएको हो । देशमा पटक–पटक बलात्कारपछि बालिकाको हत्या भइरहँदा पनि हत्यारा पत्ता नलाग्नु लज्जास्पद भएको भन्दै तत्काल हत्यारा पत्ता लगाई कारबाही गर्न ज्ञापनपत्रमा आग्रह गरिएको छ । केही दिनअघि बैतडीकी एक बालिकामाथि भएको बलात्कार र हत

    • प्रकाशित मितिः माघ २६, २०७७
    • 797 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved