लकडाउन खुकुलो भए सँगै बजारमा बढ्यो चहलपहल

  • जेठ २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गत एक महिना देखि लकडाउन घोषणा गरिएको सुनसरीमा शुक्रबार देखि बजारमा चहलपहल शुरु भएको छ ।

शुक्रबार देखि लकडाउन खुकुलो बनाए पछि बजारमा चहलपहल शुरु भएको हो । सुनसरी जिल्ला प्रशासन कार्यालयले समय सिमा तोकेर बजार, पसल खुल्ला गरिदिए पछि बजारमा व्यापारी, उपभोक्ताहरुको चहलपहल शुरु भएको छ । प्रशासनले यसअघि जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको थियो ।

प्रशासनले स्वास्थ्य मापदण्ड अपनाएर बिहान १० बजे देखि ३ बजे सम्म पसल खुल्ला गरिदिएको छ । सब्जी मण्डी, गुद्री, हाट बजारमा बिक्री वितरणमा रोक लगाए पनि खुद्रा व्यवसायीहरुले खुल्ला नै गरेका छन् । एक महिनाको लकडाउनले प्रभावित बनेको व्यापार व्यवसायलाई केही राहत भएको व्यापारीहरु बताउँछन् ।

बजारमा चहलपहल बढे सँगै संक्रमणको जोखिम पनि बढ्दै गएको छ । प्रशासनले लागु गरेको स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्न चुनौती देखिएको छ । पसलहरुमा स्वास्थ्य सामग्रीहरु व्यवस्थापन गरिएको पाइन्दैन् ।

dharan-bajar1

साँगुरीगढीमा दुईदिने ...

धनकुटा/ साँगुरीगढी गाउँपालिका र नोबेल मेडिकल कलेज, विरा ...

विपद् व्यवस्थापनमा अ ...

वराहक्षेत्र/ बाढी, कटान, डुबान र महामारीजस्ता विभिन्न प ...

पत्रकारिताबाट राजनीत ...

धरान/  लामो समय पत्रकारितामा सक्रिय रहँदै आएक ...

कृषि पकेट क्षेत्रको ...

धरान/  धरान उपमहानगरपालिका वडा नं. ४, ५, ६ र २० ला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved