असारको दोस्रो साताबाट ब्यवसाय सुचारू गराउने तयारीमा सुनसरी प्रसाशन

  • जेठ २९, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिए लगत्तै सुनसरी प्रसाशनले असारको दोश्रो साताबाट ब्यवसायहरू खुलाउने तयारीमा जुटेको छ ।

जिल्ला प्रसाशनको कार्यालय सुनसरीले कोभिड १९ को महामारी र संक्रमणको अवस्थालाइ मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अनुसार सिमित समय तोकेर सुनसरीमा ब्यवसाय सुचारू गराउने तयारी भइरहेको जनाएको छ । केहि दिन यता खुकुलो बनाइएको लकडाउन असारको पहिलो सातासम्म यहि परिधिमा रहेर हेर बिचार गरिने र दोश्रो साताबाट पुनःपरिमार्जन गरि ब्यवसायीहरूलाइ पनि सहजता प्रदान गर्न निश्चित समय तोकेर ब्यवसायहरू सुचारू गर्न लागिएको जिल्ला प्रसाशन कार्यालय सुनसरीबाट बुझिएको छ ।

जिल्लामा आगामि ज्येस्ठ ३१ गते सम्म जारी गरिएको निषेधाज्ञाको समय सकिन लाग्दा सुनसरी प्रसाशनले गृहमन्त्रालयबाट प्राप्त परिपत्र अनुसार सम्बन्धित स्थानीय सरकार , उद्योग वाणिज्य संगहरू संग छलफल गरी सहजिकरण गरिने जनाइएको छ । समुदाय स्तरमममा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणका कारण सुनसरीमा गत बैशाख १७ गते देखि निषेधाज्ञा आदेश जारी भएको थीयो । निषेधाज्ञाका कारण ब्यापार व्यवसाय ठप्प बनिन पुगेको छ भने शैक्षिक संस्था लगायत बिकाश निर्माणका कामहरू पनि प्रभावित हुदै आएका छन ।

गृहमन्त्रालयबाट परिपत्र जारी भएसंगै सुनसरीमा ब्युटि पार्लर , शैलुन , होटल ब्यवसाय , शैक्षिक संस्था , नियमित लाग्ने हाट बजार र सभा सम्मेलन बाहेक अन्य ब्यवसायहरू सुचारू गराउने तयारी भएको जिल्ला प्रसाशन कार्यालय सुनसरीबाट बुझिएको छ । यसकालागि स्थानीय सरकारका जनप्रतिनिधिहरू र उद्योग वाणिज्य संघ संग बेग्लै छलफल सुरू भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालले बताउनुभयो । छलफलले असारको पहिलो साताबाट ब्यवसाय सुचारू गृने सहमति भए पहिलो साताबाट पनि गर्न सकिने तर त्यसकालागि बनाइएको स्वास्थ्य मापदण्डको पालना अनिवार्य हुनुपर्ने जनाइएको छ ।

विश्व संगीत दिवसमा ध ...

धरान/ ‘संगीत, नाट्य र कला प्रवर्द्धन अभियान&rsquo ...

इजरायल–इरान तनावबीच ...

विराटनगर/ इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालि ...

मकैबारीमै मृत भेटियो ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा ...

धरानबाट साढे २१ सय क ...

धरान/ सशस्त्र प्रहरी बलले सुनसरीको धरानबाट साढे २१ सय क ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved