अनुदानको भर नपरी विकास खर्च कटाएर भएपनि खोप खरिद गरौं : डा. शेखर कोइराला "‘पदाधिकारी थपथापतर्फ गए कांग्रेसमा ठूलो निरासा आउँछ’"

  • जेठ ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोरोना महामारीसंग जुध्ने उपाय खोपमात्रै भएकोले अनुदानको भरमा मात्र नपरेर खरिद गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । कोइरालाले पदाधिकारी र कार्यसमितिमा पद थपथाप गरेर अघि बढ्ने सोच बनाए कांग्रेसमा ठूलो निरासा छाउने पनि बताए ।

अहिलेको महामारीबाट पार नपाउने हो भने आर्थिक गतिविधि र जनजीविका नै धरासायी हुने अवस्था आउने भएकोले विकास खर्च कटाएर भएपनि खोप खरिद गर्नुपर्ने बताएका छन् । साझा सवालका लागि साझा मंच विराटनगरले शनिबार वर्तमान परिवेशमा नेपाली कांग्रेसको भूमिका विषयमा झुम अन्तरसंवादमा बोल्दै कोइरालाले भने,“सरकार अनुदानमा पाएको खोपको भरमा मात्र परेको छ तर यसरी सबै नागरिकले खोप पाउने अवस्था बन्दैन् । बरु पूँजीगत खर्च कटाएर भएपनि खोप खरिद गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ ।” कोइरालाले अहिले देश कोरोना महामारी र राजनीतिक अन्योलका कारण थप चपेटामा परेको बताए ।

केपी ओलीले नेतृत्व गरेको सरकारले निष्पक्ष चुनाव गर्न नसक्ने र संसद पुर्नस्थापना भए त्यसपपछि बन्ने सरकारले चुनाव गराउनु पर्ने बताए । निर्वाचन मंसिरमा भनिएपनि यसको कुनैपनि तयारी निर्वाचन आयोगले नगरेको बताउँदै कोइरालाले भने,“सरकारले नहुने निर्वाचनको समय तालिका दिएको छ । ओली निर्वाचन पनि नगर्ने र संसद पनि नरहेको अवस्थामा सिर्जना गरेर सत्तामा रहिरहने दाउमा हुनुहुन्छ ।” यो सरकारलाई पदच्युत गरेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार ल्याएर मंसिरमा नभए चैत–बैसाखमा चुनाव हुने कोइरालाले सुनाए ।

कांग्रेस पदाधिकारीको बैठकले कांग्रेस महाधिवेशनको विषयमा निक्र्योल गर्ने आम कार्यकर्ताको अपेक्षा रहेको बताउँदै पदाधिकारी थप गरेर मात्र कांग्रेस अगाडि बढ्न नसक्ने जिकिर गरे । महाधिवेशन गर्नको लागि भएको प्रावधान कटिसकेको बताउँदै कोइरालाले अब विशेष अधिवेशन मात्र विकल्प हुन सक्ने बताउँदै भने,“चार वर्ष महाधिवेशन गर्न नसक्ने, संविधानले दिएको अवधि पनि काट्ने अनि फेरि ६ महिना वा एक वर्ष थप गर्ने हो भने कांग्रेस रहँदैन ।

साठी जिल्लाभन्दा बढीको क्रियाशील सदस्यता आईसकेको छ । यसको विवाद धेरै हुँदैन । जनु जुन जिल्लाको क्रियाशीलहरु विवादरहित छ ।” अब अधिवेशन भन्ने समेत कठिन भएकोले राजनीतिक दलहरुको निर्वाचन भन्ने संविधानमा समेत उल्लेख भएकोले वडा वडामा र जिल्ला जिल्लामा चुनाव गराउनु सकिने भन्दै उनले त्यो परिणामले जो जितेर आउँछ कोरोनाको कहर कम भएपछि र खोप दुईवटा लगाएपछि कांग्रेसको अधिवेशनको नीति तथा कार्यक्रम आयोजना गरी अनुमोदन गर्न सकिने कोइरालाले बताए । कार्यसमिति थपथाप गर्नेतर्फ जाने हो भने कांग्रेसमा ठूलो निरासा आउने कोइरालाको भनाई थियो ।

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

भोजपुरको ऐतिहासिक ‘ग ...

भोजपुर/ धार्मिक र पर्यटकीय सम्भावनाले भरिएको भोजपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved