‘प्रदेश केन्द्रको रबर स्टाम्प बनिदिँदा संघीयता खतरामा’

  • जेठ ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । संघीय लोकतान्त्रिक राष्ट्रिय मंच प्रदेश नम्बर १ की सांसद विष्णु तुम्बाहाम्फेले प्रदेश सरकारले दह्रो गरी खुट्टो टेक्न नसकेको कारण संघीयता र गणतन्त्रमाथि नै नियोजित प्रश्न उठाउन थालिएको बताएकी छन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा शनिबारको बैठकमा बोल्ने क्रममा तुम्बाहाम्फेले भनिन्,“एउटा नियोजित हल्ला लगिएको छ कि प्रदेशको काम छैन् । केन्द्र वा वार्ड भए पुग्छ, यो प्रदेश र संघीयतालाई सक्ने नियोजित हमला मात्र हो ।” उनले प्रदेश सरकार केन्द्रको रबर स्टाम्प बन्न नहुने बरु आफ्नो अधिकार लडेर लिनुपर्ने भन्दै उनले वडामा जाने बजेट प्रदेश सरकार मातहत जाने व्यवस्थाको लागि प्रदेशले अभियान नै चलाउनु पर्ने बताइन ।

अहिले गाडीको पास लिन मुख्यमन्त्री प्रमुख जिल्ला अधिकारीको कार्यालय धाउनु पर्ने अवस्था भएको टिप्पणी गर्दै उनले भनिन्,“प्रदेशले दिएको दानमा दिएको पैसा भाग लगाउने मात्र होइन प्रदेश आत्मनिर्भर बन्न आफ्नै दह्रो कोष बनाउनु पर्छ । राजवश्व संकलन बढाउनु पर्छ ।” तुम्बाहाम्फेले प्रदेश सवल नभए संघीयता समेत दह्रो बन्न नसक्ने बताइन ।

ताप्लेजुङमा राणाकालमा सांस्कृतिक विद्रोह गर्दा गोली हानेर राज्यले हत्या गराएका बजहाङ आङ्बुहाङको नाममा चाँगेमा उनकै नाममा सहिद मैदान निमाण गर्न प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्ने माग गरिन ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved