ईलाम । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक श्रीमान पक्राउ परेका छन् ।
भोजपुर घर भई हाल ईलाम देउमाई नगरपालिका ४ चित्रे डेरा गरी बस्ने ४५ बर्षीय ताक बहादुर तामाङ पक्राउ परेका हुन् ।
शुक्रबार बिहान साढे ८ बजे उनले आफ्नै श्रीमती ४६ बर्षीया सुर्जामाया तामाङलाई दाऊले घाटी काटेर हत्या गरेका हुन । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय मंगलबारे ईलामबाट प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
घटना घरयासी बिबादका कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।