धरान । आगामी वर्षका लागि प्रदेश सरकारले निति तथा कार्यक्रमहरुमा माथि छलफल अघि बढाइरहँदा दलित समुदायका अगुवाहरुले पनि दलितमैत्री निति तथा कार्यक्रम र बजेट निर्माण गर्न दबाब दिइरहेका छन् । केही दिन अघि रिडेफ नेपालको नेतृत्वमा प्रदेश सभा सदस्यहरु सहितको टोलिले दलित मैत्री बजेट तथा निती कार्यक्रम निर्माण गर्न ध्यानाकर्षण पत्र बुझाएका थिए भने पुनः दलित समुदायको सशक्तिकरण, विकाश र समृद्धिका लागि आगामी निती तथा कार्यक्रममा दलित अधिकार दशक घोषणा गरि कार्यक्रमिक रुपमा बजेट विनियोजन गर्न माग गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएका छन् । दलित नेटवर्क प्रदेश नम्बर १ का अध्य
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट रोक्नको लागि धनकुटाको चौबिसे गाउँपालिकालाई पाँच दिनको लागि सिल गरिएको छ । धनकुटामा स्वास्थ्यकर्मीलाई नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि कोरोना भाइरसको संक्रमण फैलन सक्ने आंशकामा संक्रमण रोक्नको लागि चौबिसे गाउँपालिकालाई सिल गरिएको हो । कोरोना भाइरस नियन्त्रणको लागि गठन गरिएको विपत व्यवस्थापन समिति चौबिसेको आज विहान सम्पन्न आकस्मिक बैठकले चौबिसे गाउँपालिकामा एम्बुलेन्स बाहेकका सबै खालका आवत जावतलाई जेठ ५ गतेदेखि ९ गतेसम्मलाई बन्द गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । गाउँपालिकालाई सिल गरिएसँग
धरान – धरान १० सैनिक चोकमा अवस्थित उधमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो संस्थाको ६५ जना कर्मचारीहरूको कोरोना बीमा गरेको छ । कर्मचारी कसैलाई कोरोनाको संक्रमण पुष्टि भए क्षतिपुर्ती बापत १ लाख पाउने सहकारीका अध्यक्ष डा। योगेन्द्र राईले बताए । संस्थाले संचालक समिती, लेखा समिती, नियमित कर्मचारी, बजार प्रतिनिधी गरी ६५ जनाको कर्मचारी कोरोना भाइरस कोभिड १९ बीमा गरिएको छ । अध्यक्ष राईले भने, बीमा अर्न्तगत यदि कसैलाई एक वर्ष भित्र कोरोनाको संक्रमण देखिए क्षतिपुर्ती स्वरूप १ लाख पाउनेछ । हाललाई एक वर्षको मान्यता भएपनि महामारी बढ्दै गए अर्को वर्षका लागी समेत निरन्तरता दिइनेछ । बीम
धरान नेपालमा सोमबार बिहान सम्ममा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३ सय ४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी ९ जना रहेको छ । उनीहरु रौतहत इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ निवासी ७ जना पुरुषहरु रहेका छन् भने, रौतहटकै माधवनारायाण नगरपालिका वडा नम्बर ३ निवासी २८ वर्षिय १ महिला रहेकि छिन । बाँकी १ जना बारा करैयामाई ५ का पुरुषमा कोरोना पुष्टि भएको छ । नेपालमा हाल सम्म कोरोना संक्रमण देखिएका ३६ जना उपचार पछि घर फर्किइसकेका छन् भने दुई जनाको मृत्यु भइसकेको छ ।
जिल्ला अस्पताल धनकुटामा कार्यरत स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि अस्पताल आसपास सहित धनकुटा बजार क्षेत्रलाई सिल गरिएको छ । जिल्ला संकट व्यवस्थापन समिति धनकुटाको आइतवार राति संम्पन्न आकस्मिक बैठकले अस्पताल आसपासका क्षेत्रलाई चार किल्ला कायम गरी अर्को आदेश नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी एवम् कोभिड–१९ कमान्ड फोर्स धनकुटा संयोजक केशव प्रसाद विमलीले बताए । संक्रमित स्वास्थ्यकर्मीको संभावित क्षेत्रका जनताहरुको स्वस्थ्य जोखिमलाई मध्यनजर गर्दै बजार क्षेत्र सिल गरिएको बताए । बजार क्षेत्र सिल गरिएसँगै आवत जावत ठप्प पारिएको छ
नेपाल प्रवेश गर्न खोज्ने भारतीय माथि सशस्त्रले हवाई फायर गरेर छ । झापाको कचनकवल १ घेराबारीबाट नेपाल प्रवेश गर्न खोज्ने भारतीलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । सिमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी माथि शनिवार बेलुका ९ बजेको समयमा करीब १ सय ५० को संख्यामा आएका भारतीयहरु नेपाल प्रवेश गर्न प्रहरीलाई आक्रमण प्रयास गरेको स्थानीयले बताए । नेपाल–भारत सीमानाको पिल्लर नम्बर १२५÷१० मा नेपाल प्रवेश गर्न खोजेका करिब १ सय ५० भारतीयलाई रोक्न सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । पछि भारतीय सीमा सुरक्षा बल पनि आएर भारतीयलाई रोकेका थिए । यता भारतीय नागरिकले सीमा क्षेत्रमा
धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकालाई यौन शोषण गरेको आरोप लागेपछि फरार भएका शिक्षक मदन अधिकारीलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई धनकुटा नगरपालिका–६ भीमनारायण चौक नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शुक्रबार विहानदेखि फरार रहेका आरोपित अधिकारीले शनिबार दिउँसो करिव १२ बजे आफ्नो फेसबुक आईडीमा बिज्ञप्ति सार्वजनिक गर्दै आफु निर्दोष भएको दाबी सहित प्रहरी कार्यालयमा आफै जाने उल्लेख गरेका थिए । त्यसपश्चात करिब चार घण्टापछि उनी भीमनारायण चौकमा निस्किएका थिए । अधिकारीको खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालय ल्याएको जिल्ला प्रहरी कार्
नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २० र ६५ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेका छन्। शनिबार नै कोरोनाको संक्रमणबाट सिन्धुपाल्चोको बाह्रविसेकी २९ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ। योसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या २८१ पुगेको छ।
काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला, वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको, उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो, उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उप
प्रदेश १ मा १२ हजार १ सय ९७ जनामा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएअनुसार प्रदेश सरकारको पहलमा ल्याबमा गरिने (पिसीआर) विधि र द्रूत परीक्षण विधिबाट परीक्षणलाई तिव्रता दिइएको छ । आरडीटीबाट गरिएको परीक्षणमा ९ हजार १ सय ६१ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसैगरी पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ७ सय २० जनाको रिर्पोट नेगेटिभ आएको छ । परीक्षणबाट कोरोना संक्रमण देखिएका ३६ जनामध्ये विराटनगरको कोशी कोभिड अस्पतालमा उपचारपछि ठिक भई १७ जना डिस्चार्ज भइसकेका छन् । अब १९ जना उपचारमा अस्पतालमै छन् । यता, प्रदेश सरकारले निर्माण गरेक