धरान । काठमाण्डौमा बेड तथा आइसियु नपाएपछि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोनाको विरामी ल्याएइएको छ । ति विरामीलाई हेलिकप्टरबाट धरान ल्याएर उपचार थालिएको प्रतिष्ठानले जनाएको छ । ६० बर्षिया महिलालाई सोमबार दिउसो हेलिकप्टरबाट धरान ल्याइएको थियो । विरामीका आफन्तले काठमाण्डौमा उपचार गर्ने बेड र आइसीयु नापएपछि धरान ल्याइएको बताए । प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरिशंकर शाहका अनुसार अहिले प्रतिष्ठानको कोभिड अस्पतालमा १० वडा आइसीयु बेड,२५ वडा एसवियु,भेन्टिलेटर १० वटा,३ वटा प्रोटेवल भेन्टिलेटर र ननइन्भेसिभ भेन्टिलेटर ८ वडा खाली छन् ।कोभिड अस्पतालमा अहिले अप्रेसन
धरान । युवा सघं नेपाल धरान उपमहानगर कमिटी र अनेरास्ववियु धरान उपमहानगर कमिटीले बजारमा कालोबाजरी बढेको भन्दै नियन्त्रण गर्न सुनसरी उद्योग बाणिज्य सघं,धरान उपमहानगरपालिका तथा इलाका प्रसाशन कार्यालयलाई तिन दिने अल्टीमेटम दिएका छन् ।बजमारमा ब्यापारीहरुबाट कृतिम अभाब सृजना गर्ने,अत्याबस्यक बस्तुमा मुल्यबृद्धी गर्ने लगायतका कार्य भईरहेको भन्दै युवा सघं र अनेरास्ववियुले त्यसलाई नियन्त्रण गर्न अल्टीमेटम दिएको हो । तिन दिन भित्रमा यस्ता बिकृती नियन्त्रण्म भएन भने युवा सघं र अनेरास्ववियु चुप लागेर बस्दैन युवा सघं धरानका अध्यक्ष कुमार भारतीले भने । उद्योग बाणिज्य सघं,जिल्ला प्रशासन तथा धरान उपमहानगरपालिक
मोरङ । मोरङको रंगेलीमा पानी डुबेर एक बालकको मृत्यु भएको छ । रंगेली नगरपालिका ९ बेदमारी स्थित ईट्टा उद्योगमा ईट्टा बनाउन खनेको माटोको खाल्डोमा परि बालकको मृत्यु भएको हो । मृत्युहुनेमा भारत घरभई सोही ईट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँका १० वर्षीय छोर अलिअर मियाँ रहेको प्रहरीले जनाएको छ । सोमबार (आज) बिहान १० बजे खेल्ने क्रममा खाल्डोमा डुबी गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो । घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाक प्रहरी कार्यालय रंगलीले जनाएको छ ।
धरान । कोरोना महामारीको कराण मनिसहरुले अक्सिजन सिलिन्डर स्टक गर्न थालेपछि नेपालमा अक्सिजन सिलिन्डरको अभाव हुन थालेको छ । सिलन्डर अभाव हुन नदिन सोमबार (आज) नेपाल वायुसेवा निगमको विमान अक्सिजन सिलिन्डर लिन चीनको बेइजिङ जाने भएको छ । तत्कालका लागि करिब ६ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर र केही अक्सिजन कन्स्ट्रक्सनसमेत ल्याउनका लागि निगमको विमान बेइजिङ जान लागेको हो । चिनबाट खाली सिलिन्डर ल्याएर अक्सिजन भने नेपालमै भरिनेछ ।विमान सोमबार (आज) राति ११ः३० बजे चीनको बेइजिङ जान लागेको हो । अक्सिजन सिलिन्डर लिएर विमान मंगलबार अपरान्ह २ः३५ मा काठमाडौंमा अवतरण गर्नेछ । तत्कालका लागि ४ सयद
बेलबारी / मोरङको बेलबारी नगरपालिकाले अकसिजन सहितको १५ बेडको आइसोलेसन तयार गरेको छ । बेलबारी २ मा रहेको बागदेवि सामुदायिक बन उपभोक्ता समुहको भवनमानगरपालिकाले आइसोलेसन तयार गरेको हो । नगरपालिकाले यस अघि पहिलो चरणको कोभिडमा समेत आइसोलेसन संचालनमाल्याएको थियो । नगरको पहिलो प्राथमिक्ताभनेको स्वास्थ्यहो बेलबारी नगरपालिकाकानगर प्रमुज्ञ ज्ञानेन्द्र सुवेदीले भने हामी स्वास्थयभयौ भने मात्रै अरु सोच्न सक्छौ । नगरवासिलाई स्वास्थ्यउपचारका लागिकुनै पनि कसर वाकि नराख्ने नगर प्रमुख सुवेदीले बताए । नगरपालिकाले कोरोना भाइरस बाट सक्रमितनागरीकहरुलाई अस्पताल सम्मपुर्याउनकालागिनिशुल्कएम्बुलेन्सको समते ब्यबस्थापन
धरान । कोरोना भाइरसको नयाँ भेरिएन्टको संक्रमण बढेसगैँ यस वर्षको एसईई र कक्षा १२ परीक्षा स्थगित भएको छ । सोमबर बसेको राष्ट्रिय परीक्षा बोर्डको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलका अनुसार १५ दिनभित्र बोर्डका सदस्यहरुले परीक्षा मोडल तयार गरेर बोर्डलाई बुझाउने र त्यही अनुसार परीक्षा मोडल सार्वजनिक गर्ने बोर्डको तयारी रहेको छ । यस अघि एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक भएको थियो ।
विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारको प्रबन्ध देखाउने एकथरि र व्यवहारमा अर्कै भएको भन्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले उचित प्रबन्ध मिलाउन माग गरेको छ । कांग्रेस १ नम्बर प्रदेश संसदीय दलले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रदेशभरका अस्पताल, प्राथमिक स्वास्थ्य र निजी अस्पतालमा कोरोना संक्रमित उपचार गर्ने प्रबन्ध मिलाउन माग गरेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले पत्रकार सम्मेलनमा भने,“अस्पताल व्यवस्थापनको विषयमा सरकारले प्रस्तुत गरेको तथ्यांक पनि शंकास्पद देखिएको छ । कतिपय अस्पतालमा सरकारले देखाएको बेड संख्या नै देखिदैन ।” कार्कीले वीपी
मोरङ/ मोरङको बुढिगंगा गाउँपालिका ६ कोयलपुर स्थित एक गोठमा आईतबार राति आगलागी भएको छ । स्थानिय जंग बहादुर तामाङको गाई गोठमा आग्लागी हुँदा गोठ सहित ७ वटा बाख्रा, एउटा गाई जली मृत्यु भएको छ भने २ वटा बाख्रा र १ वटा गाई घाईते भएका छन् । राति २ बजे लागेको आगो प्रहरी र स्थानियको सहयोगमा बिहानको राती ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो । लामखुट्टे भगाउन बालेको घुरबाट सल्केर आगोलागि भएको जिल्ला प्रहरीकार्यालये जनाएको छ । आगलागी बाट करिब ३ लाख बराबरको क्षति भएको र अन्य मानवीय क्षेत भने नभएको प्रहरीले जनाएको छ ।
इटहरी । गत १९ गते कोरोना पोजेटिभ देखिएका इटहरी २ निवासी ५८ वर्षिय संक्रमित पुरूषको आइतबार ९हिजो० राति १० बजे मृत्यु भएको छ । भर्ना गरिएका ५८ वर्षिय पुरूषको उपचारको क्रममा धरान स्थित बिपि प्रतिस्ठान धरानमा मृत्यु भएको इटहरी उपमहानगरस्थित स्वास्थ्य शाखाले जनाएको छ । यो संगै दोश्रो भेरियन्ट सहितको कोरोना संक्रमणबाट इटहरीमा मृत्यु हुनेहरूको संख्या ६ पुगेको छ ।
इटहरी । उपचारको क्रममा कोरोना संक्रमित ५५ वर्षिया महिलाको निधन भएपछि सुुनसरीको इटहरी उपमहानगरपालिका ८ पुर्ण रूपमा शिल गरिएको छ । उपमहानगर अन्तरगत वडा कार्यालयको बैठकले सो वडालाइ वैशाख २९ गते सम्म शिल गरिएको हो । केहि दिन अघि कोरोना संक्रमण पुस्टि भएपछि महिलालाइ उपचारको लागि मोरङको बिराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको थियो । ५५ वर्षिया महिलाको उपचारको क्रममा शनिबार राति मृत्यु भएको इटहरी उपमहानगर स्वास्थ्य शाखाले जनाएको छ । महिलाको मृत्यु पश्चात इटहरी वडा नं ८ पुर्ण रूपमा शिल गरिएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । वडा नं ८ को बिजुली अफिस र आसपासका क्षेत्रहरू समेटि