अलकत्रा उद्योगले गाउँ दुर्गन्धित : स्थानीय आन्दोलित, जनप्रतिनिधि मौन

  • भदौ ३, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी/ मोरङको सुन्दरहरैचा नगरपालिका ६ स्थित पूर्वाञ्चल कन्सट्रक्सन मेटेरियल इण्डस्ट्रिज प्रालिका कारण सिंगो गाउँ दुर्गन्धित बने पछि स्थानीयहरू आन्दोलित बनेका छन् ।
ह्युम पाइप मात्र उत्पादन गर्न संचालन भएको प्रालिले अलकत्रा पनि उत्पादन गर्न थाले पछि स्थानीयहरुले प्रदुषणले गाउँनै दुर्घन्धित हुन थालेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । उद्योग आसपासका स्थानीयहरूले वडा नं ६ को कार्यालय परिसरमा भेला भई उद्योग तत्काल बन्द गराउन माग गरेका छन् ।

उद्योगको विषयलाइ लिएर वडा कार्यालयमा उद्योग सञ्चालक र स्थानीय विच छलफल चलाइएको थियो । उद्योगका कारण मानवीय स्वास्थ्यमा समेत नकरात्मक प्रभाव परेको भन्दै स्थानीयले तत्काल बन्दको माग गरेका हुन । उद्योगले सार्वजनिक जग्गा समेत मिचेर सञ्चालन गरेको स्थानीयको आरोप छ । उद्योग सञ्चालन गर्दा गाउलेहरूको अगाडी ह्युम पाएप मात्र बनाउने भनि अनुमति लिएको थियो । अहिले अलकत्रा समेत उत्पादन थालेपछि दुर्गन्धले गाउमै बस्न नसकिने अवश्था आएको स्थानीय कृष्णमाया रिजालले बताईन । उद्योगले आफ्नो जग्गा समेत छोएको आरोप लगाईन ।

वडाकी चौतारी टोल निवासी चित्रमाया लिम्बुका अनुसार उद्योगले अलकत्रा पोल्दा कालो धुवा गाउँभरी फैलिदा आँखा पोल्ने दुर्गन्धले बसि नसक्नु बनाउने गरेको गुनासो पोखिन । उनले उद्योग सञ्चालकले स्थानीयलाई धोका दिएर अलकत्रा पोल्न शुरू गरेको आरोप लगाईन । केहि समय अघि स्थानीयले उद्योग सञ्चालक सँग अलकत्रा नपोल्न अनुरोध गरे पनि बेवास्था गर्दै जबरजस्ति पेलेर लगेको गाउलेहरूको आरोप छ ।

केही स्थानीयहरू भने उद्योग बन्द गर्ने पक्षमा छैनन । दुर्गन्ध आउँछ तर त्यसलाइ न्युनिकरण गरेर सञ्चालन गर्नुपर्ने माग गरेका छन । चौतारी टोलकै स्थानीय युवा सुवास तामाङले गाउँमा उद्योग सञ्चालन हुँदा थोरै युवाले भएपनि रोजगारी पाउनु सकरात्मक रहेको बताए । उनले गाउलेले उद्योगको नकरात्मक मात्रै हेर्नु भन्दा त्यसलाइ सुधारेर सञ्चालन गर्न सके गाउकै लागि राम्रो हुने बताए ।

यता पूर्वाञ्चल कन्सट्रक्सन मेटेरियल इण्डस्ट्रिज प्रालिका सञ्चालक शारदा प्रसाद ढकालले स्थानीयको गुनासोलाइ सम्बोधन गर्दै केहि दिन भित्रै सामधान गर्ने तर्फ आफु तत्पर रहेको बताए । उद्योगको परिक्षण काल रहेको कारण शुरूमै दुर्गन्ध फैलियो भन्ने आएको गुनासोलाइ चाडै समाधान गर्ने बताए । उनले केहि समय पछि अत्याधुनिक प्रविधि जडान गरी प्रदुषण नियन्त्रण हुनेगरी काम गर्ने प्रतिवद्धता जाहेर गरे । यति गर्दा पनि नभए उद्योग नै बन्द गर्न आफु तयार रहेको पनि बताए । यस बिषयमा जनप्रतिनिधिहरू मौन रहेको पाइएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नं ६ का अध्यक्ष जिवन कुमार राइले आफु नबोल्ने बरू मौन बस्ने धारणा बताए ।

श्रीमतीलाई बलात्कार ...

जनकपुरधाम/ धनुषामा वैवाहिक बलात्कार (श्रीमतीमाथि ज ...

मैवाखोलामा श्रमदानबा ...

ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा जनश्र ...

खानेपनी मुहानमा नुहा ...

धरान/  पूर्वी नेपालको सुन्दर नगरी धरान अहिले ...

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved