बजार खुले तर मन्दिर अझै बन्द : आश्रित परिवारलाई पीडा

  • भदौ ६, २०७८
  • "गोबिन्द बस्नेत"
alt

धरान / कोरोनाका कारण सबै क्षेत्र प्रभावित बनेको छ । कोरोनाले अर्थतन्त्रलाई धरासायी बनाउदै गएपछि नेपाल सरकारले स्वास्थ्य मापदण्ड र खोपलाई प्राथमिकता दिदै हरेक क्षेत्र खुकुलो बनाउदै गएको छ । तर मन्दिमा भने अझै लकडाउन नै रहेको छ ।

मन्दिरमा बढी भीडभाड हुने र कोरोनाको जोखिम धेरै हुने भन्दै मन्दिर खुल्ला गरेको छैन । जसका कारण एकातिर भक्तजनको आस्थामा ठेस पुगेको छ भने अर्काेतर्फ मन्दिरबाट आश्रित परिवारलाई जीवन धान्नै धौं धौं परेको छ ।

धरान उपममहानगरपालिका वडा नं. १४ पूर्वकै धार्मिक पर्यटकीय स्थल हो । विजयपुरमा रहेका हरेक मठमन्दिरको आ–आफ्नै धार्मिक मान्यता छन् । पिण्डेश्वर मन्दिर, दन्तकाली, बुढासुब्बा मन्दिरको महत्व आ–आफ्नै छ । देश तथा विदेशबाट भक्तजनहरु आउने गरेका छन् । मन्दिरमा चढाइने फूलमालाको विक्रीले नै गुजारा चलाउनेको संख्या पनि धेरै छ । तर मन्दिर बन्द भएपछि फूलमाला विक्री नहुँदा उनीहरुलाइ घरको चुल्लो बाल्न नै धौं धौं पर्ने गरेको छ ।

बुढासुब्बा मन्दिर परिषरमा बर्षौदेखि फूलमाला विक्री गर्दै आएका बुद्धिमान तामाङले मन्दिर बन्द हुँदा आफूहरुको रोजीरोटी गुमेको बताए । दैनिक ५ हजार भन्दा बढी आम्दानी यही फूलमाला विक्रीबाट हुने गरेको थियो । अहिले मन्दिरको आम्दानी शून्य भएपछि छोराले अरबबाट पठाएको रकमबाट घर खर्च गर्नु परेको बताए । उनले भने, ‘लामो समयदेखि मन्दिर बन्द हुँदा हाम्रो व्यापार पनि बन्द छ, छोरालाई खाडी मुलक नपठाएको भए जिउन पनि गाह्रो हुने रहेछ, धन्न बुद्धि पु¥याएछ ।’

फूलमाला व्यापारी मात्र हैन बुढासुब्बा मन्दिरबाट गुजारा चलाउने मन्दिरका पूजारी, कर्मचारी, टेम्पो चालक, सिटी सफारी लगायत २ सय भन्दा बढीको रोजगारी गुमेको स्थानीय प्रेम प्रसाद पराजुली बताउँछन् । उनी भन्छन्, ‘सबै क्षेत्र खुल्ला छ, मन्दिर भने बन्द छ, यसले मन्दिरबाट आश्रित २ सय भन्दा बढीको रोजगारी गुमेको छ, विहान बेलुका हातमुख जोड्न समेत कठिन छ ।’

कोरोनाकै कारण नेपालीहरुको धार्मिक अस्था माथि पनि ठेस पुगेको छ । भाकल गरेको एक बर्ष भन्दा बढी भइसक्दा पनि कहिलेको बन्दाबन्दी र कहिलेको मन्दिर बन्दले भाकल पूरा गर्न नसकेको गुनासो भक्तजनहरुले गर्ने गरेका छन् ।

रामधुनी नगरपालिका ७ सुनसरीबाट भाकल पूरा गर्न बुढासुब्बा मन्दिर आएका गोपाल गिरीले कहिलेको बन्दाबन्दी त कहिलेको मन्दिर बन्दका कारण समयमै भाकल पूरा गर्न नसकेको बताए । उनले भने, ‘कोराना कहरकै कारण एक बर्ष भन्दा लामो समयपछि भाकल पूरा गर्न पाएको छु, कहिले बन्द, कहिले मन्दिर बन्द हुने गरेकोले समस्या भएको हो ।’
कर्मचारी अमर मगरले विगतमा दैनिक २ हजारसम्म आउने भक्तजन मन्दिर बन्दका कारण भक्तजन नआउदा सुनसान रहेको बताए । उनले भने, ‘मन्दिर सुनसान हुँदा सबैको आम्दानी मरेको छ, सरकारले यसतर्फ पनि ध्यान पु¥याउनुपर्ने थियो ।’

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved