पूर्ण लकडाउनबाट पछि हट्यो धरान

  • भदौ ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । राजनितिक दलहरुको दबाबमा घोषणा भएको धरानको लकडाउन स्थानीयको विरोधमा फिर्ता भएको छ ।

कुनै तयारी बिनै धरान उपमहानगरपालिकाले १० दिन लकडाउन घोषणा गरे पछि विहिबार देखिनै स्थानीय सहित धरानका व्यापारी व्यसायीहरुले विरोध गर्दै आएका थिए । गत सोमबार बसेको सर्वदलिय सर्वपक्षिय बैठकमै व्यापारी व्यवसायी तथा मजदुरहरुले लकडाउनको विकल्प खोज्नुपर्ने माग गरेका थिए । लामो समय देखिको लकडाउनले व्यापार व्यवसायनै ठप्प हुँदा गरिखाने वर्गको झन विजोक हुने भन्दै बुधबार स्थानीयले धरान उपमहानगरपालिकाका मेयर विरुद्धनै आन्दोलन गरेका थिए ।

चौतर्फी स्थानीय सरकार सहित लकडाउन गर्न सुझाव दिएका राजनितिक दल प्रति पनि स्थानीय आक्रोशित हुन थाले पछि लकडाउनको निर्णय फिर्ता भएको छ । सबैतिरबाट आलोचना हुन थाले पछि धरानका मेयर तिलक राई पनि आफ्नो निर्णय फिर्ता लिन बाध्य भएका हुन् । उनकै विरुद्धमा नाराबाजी हुन थाले पछि उनको अध्यक्षतामा विहिबार बसेको सर्वदलिय सर्वपक्षिय सहित सुरक्षा संयन्त्रको बैठकले लकडाउनको निर्णय फिर्ता लिएको हो ।

उपमहानगरपालिकामा विहिबार बसेको छलफलमा सबै क्षेत्रबाट विकल्प खोजिनुपर्ने सुझाव दिए पछि लकडाउन फिर्ता भएको यातायात व्यवसायी सरोज श्रेष्ठले बताए । छलफलमा समेत सहभागि भएका श्रेष्ठले सबै तिर बजार खोल्दा धरानमा मात्रै बन्द गर्दा संक्रमण नरोकिने भएकाले लकडाउनको विकल्प खोजिनुपर्ने सुझाव दिएको उनले बताए ।

उपमहानगरपालिकाले सुनसरी जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा समेतको समिक्षा गर्दै कोरोना नियन्त्रणको उपाय लकडाउन मात्रै नभएकाले तत्काललाई अन्य उपायहरु अपनाउनु पर्ने सुझाव आएकाले लकडाउन नगर्ने निर्णय गरेको छ । तत्काललाई लकडाउनको स्वरुप परिवर्तन गरी एक हप्ता सम्म स्वास्थ्य मापदण्ड पालना गर्न गराउन अनुगमन गर्ने तथा सम्बन्धित निकायहरुलाई जिम्मेवार बनाउने समेत निर्णय गरेको छ । जिल्ला प्रशासनले लागु गरेको लकडाउनलाई पालना गराउन सबै पक्ष लाग्न पनि उपमहानगरपालिकाले आग्रह गरेको छ ।

nirnaya

धनकुटाको झण्डी डाँडा ...

 धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिक ...

३३औँ स्थापना दिवसमा ...

इटहरी/  नेपाल प्रेस युनियन सुनसरीले आफ्नो ३३औ ...

शिक्षाविद् गोकुल श्र ...

धरान/  शिक्षाविद् गोकुलप्रसाद श्रेष्ठको आत्मक ...

तराई–मधेसमा श्रद्धाप ...

दुहबी/ सुनसरीको दुहबीसहित तराई–मधेसका विभिन् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved