प्रदेश १ मा नयाँ सरकार गठनको संकेत : मुख्यमन्त्रीमा कोइराला, राई र आचार्यको सम्भावना

  • भदौ ४, २०७८
  • कुमार लुइँटेल
alt

विराटनगर/ नेकपा एमालेका नेता माधव कुमार नेपालले नयाँ पार्टी गठन गर्ने प्रक्रिया शुरु गरेसंगै १ नम्बर प्रदेश सरकार के हुने भन्ने अडकलबाजी शुरु भएको छ ।
सरकारको नेतृत्व फेर्ने गठबन्धनको जोडबल र वहुमत कायम गरेर एमालेकै नेतृत्वमा अर्को नयाँ सरकार बनाउने योजनाका साथ सत्ताको गठजोड शुरु भएको हो ।

सरकारको नेतृत्व कसले लिने ? अहिल्यै तय भईसकेको छैन तर सत्तासीन दलमा देखिएको विभाजनले सरकार फेरिने भन्ने लगभग निश्चित भएको छ । गठबन्धनमा माधव समूहका सांसद थपेर सरकार बनाउने तयारी बीच नयाँ पार्टीले मान्यता नपाउन्जेल यो प्रक्रिया केही समय पछि धकेलिने देखिएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए ।

कार्कीका अनुसार एमालेकै नेतृत्वमा सरकार गठनको लागि आफूले मार्ग प्रशस्त गर्ने भन्ने मनसायमा मुख्यमन्त्री शेरधन राई रहेका छन् । राईले पार्टी एकता र सहजताको लागि आफूले राजिनामा दिने प्रस्ट गरिसकेका छन् । “उहाँले राजिनामा दिन तयार रहेको बताइसक्नु भएको छ, बदलिएको परिस्थितिमा हामी वहुमतमै रहने प्रयासमा हुनेछौं यो भए भीम आचार्यको नेतृतवमा नयाँ वहुमतको सरकार गठन हुन सक्छ,” मन्त्री कार्कीले भने । काठमाडौमा नयाँ पार्टी गठन हुन समय लाग्ने भएकोले एक दुई दिनमै सरकार फेरबदल नहुने कार्कीले सुनाए । को सांसद कता रहने भन्ने निक्र्योल नहुन्जेल नयाँ सरकार नबन्ने कार्कीको भनाई छ ।

तर, विगतमा माधव नेपाल समूहमा रहेका प्रदेशका पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने केन्द्रका अन्य नेताहरु जस्तै आफू पार्टी एकताको पक्षमा रहेको अभिव्यक्ति दिएका छन् । उनले पार्टी एकता हुने अवधि टरिनसकेको भन्दै एकताले मात्रै पार्टी मजबुत हुने पक्षमा आफू रहेको बताए । उनले भने, “पार्टी दर्ताको प्रक्रियामा मात्र रहेकोले एकताको संभावना जीवितै देखिन्छ ।”

यसअघि सरकार गठनको प्रक्रियामा पार्टीका सचिव भीम आचार्य र शेरधन राईबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला आचार्यको नेतृत्वमा नेपाल समूहले ओली पक्षलाई टक्कर दिएको थियो । तर, पछिल्लो समय आचार्य आफै पार्टी एकताको पक्षमा विभिन्न वार्ताहरुमा समेत सहभागी हुँदै आएका छन् । उनका गतिविधिलाई ओलीसँग नजिक भएको भन्दै माधव पक्षीय केन्द्रीय सदस्यले आरोप लगाउँदै आएका छन । माधव पक्षीय सांसद राजेन्द्र राईले आचार्यको नेतृत्व स्विकार गरेर जान नसकिने बताउँदै उनको क्रियाकलापमा समेत यसअघि नै प्रश्न उठाएका थिए ।

तर, आर्थिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको भनाईलाई आधार बनाउने हो भने १ नम्बर प्रदेशमा बहुमत पु¥याएर आचार्यकै नेतृत्वमा नयाँ सरकार गठन हुन सक्ने सम्भावना पनि छ । उनले भने, “बहुमत कायम गरेर आचार्यलाई मुख्यमन्त्री बनाएर सरकार गठन हुन सक्छ ।” ९३ सदस्यीय १ नम्बर प्रदेश सभामा संसदीय दल चयनका बेला नेपाल पक्षका २४ सांसदले आचार्यलाई मत दिएका थिए । २६ जनाले शेरधन राईलाई मत हालेका थिए । एमालेमा सभामुख सहित ५१ सांसद छन् । पछि केहीले नेपाल समूहबाट कित्ता परिवर्तन गरिसकेका छन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने केन्द्रको गठबन्धनको प्रारुप अनुसार नै १ नम्बर प्रदेशमा नयाँ सरकार गठन हुने बताएका छन् । नेकपा माओवादी केन्द्र सहितको गठबन्धन सरकार बन्नेमा द्विविधा नभएको बताउँदै कार्कीले भने, “दशैं अगावै सरकार गठन हुनेछ । नेतृत्वको विषयमा छलफल पनि शुरु भईसकेको छ ।”

प्रदेश १ मा नयाँ राजनीतिक गठबन्धनबाट कांग्रेसले नेतृत्व पाए राजिव कोइराला र माधव पक्षले पाए राजेन्द्र राई मुख्यमन्त्री बन्ने संभावना रहेको बताइएको छ ।
तर, एमालेका माधव पक्षीय सांसद माउ पार्टीमै राखेर आचार्यलाई मुख्यमन्त्री बनाउने योजनाबीच नेतृत्व कायम गर्न भने गठबन्धन केही मजबुत अवस्थामा देखिएको पनि विश्लेषण भई रहेको छ ।

प्रदेश १ मा बहुमत सरकार गठन गर्न ४७ जना सांसदको मत चाहिन्छ । कांग्रेसको २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादीका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका एकएक जना सांसद छन् । कांग्रेस, नेकपा(माओवादी केन्दं), जसपाका र नेपाल पक्षका ८ जना सांसद एकसाथ हुँदा १ नम्बर प्रदेशमा गठबन्धनको नयाँ सरकार बन्न सक्छ । तर, यसका लागि भने नेपाल नतृत्वको नयाँ पार्टी बनुन्जेल पर्खनु पर्ने देखिएको छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved