विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले ढुंगागिटी निर्यात र चुरे संरक्षणको विषयमा प्रदेश सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । संघीय सरकारले बजेटमार्फत चुरेबाट ढुंगागिटी बालुवा उत्खनन् गरी निकासी गर्ने घोषणा गरेसंगै यसको चौतर्फी विरोध भईरहेको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा सचेतक राईले चोरी उत्खनन्को विषयमा आफूले बारम्बार सदनमा कुरा उठाएको तर प्रदेश सरकारले यस विषय गम्भीर नभएको बताए । भने,“अहिले एमाले नेतृत्वकै सरकारले चुरे विनास हुने प्रस्ताव ल्याएको छ । यसलाई स्विकार गर्न सकिदैन ।” चुरेको विषयमा प्रदेश २ सरकारले आफ्नो धारणा
विराटनगर । प्रदेश १ का विभिन्न जिल्लासहित राजधानी विराटनगरमा चीन सरकारको अनुदानमा प्राप्त भेरोसेल खोप लगाउन शुरु गरिएको छ । मंगलबार र बुधबार दुई दिनसम्म खोप लगाइने विराटनगर महानगरपालिकाले जनाएको छ । मापदण्डमा परेका व्यक्तिहरुलाई महानगरभित्रका वडामा संचालित स्वास्थ्य संस्थाबाट खोप दिने प्रबन्ध मिलाइएको स्वास्थ्य महाशाखाले जनाएको छ ।ज्येष्ठ नागरिकको हकमा वि. सं २०१६ साल जेठ २५ गते अगाडि नै जन्म भएको प्रमाणितप्रतिसहित खोप लगाउने केन्द्रमा आउनु पर्नेछ । नागरिकता, मतदाता परिचय पत्र र सरकारी कागजातलाई मान्यता दिइने बताइएको छ । जिल्लास्तरीय कोभिड खोप समन्वय समितिको निर्णय अनुसार भेरोसिल खोप अग्रपंक
इटहरी । प्रदेश एकको सुनसरी, मोरङ र झापा गरि तिन वटा जिल्लामा रेल गुडाउने योजना सहित अघि बढेको काँकडभिट्टा–ईनरुवा रेलमार्ग मुआब्जा बिवाद यहि असार मसान्त भित्र टुंगिने भएको छ । मेची–महाकाली विद्युतीय रेलमार्ग आयोजनाका प्रमुख एवम तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त भर्चुअल बैठकले असार मसान्त भित्र मुआब्जा बिवाद टुंगोमा ल्याइसक्ने प्रतिवद्धता जनाएका छन । स्थानीय संगै सरोकारवालाहरूले रेल मार्ग बिस्तारको काममा ढिलासुस्ति भएको र मुआब्जा नदिए सम्म काम अघि बढाउन नदिने भने पछि तिनै जिल्लाका प्रमुख जिल्ला प्रमुखहरूको भर्चुअल बैठकले आगामी असार मसान्त सम्ममा मुआब्जा बिवाद टुंगोमा
मोरङ । मोरङको बेलबारी नगरपालिका ५ कसेनीका ३८ वर्षीय मनिराम चौधारीको चट्याङ लागी मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।
इटहरी । सुनसरीको साहेबगञ्जस्थित सशस्त्र प्रहरीको बिओपीको टोलीले स्रोत नखुलेको १४ लाख २५ हजार सहित दुइ ब्याक्तिलाइ पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधव प्रसाद पौडेलका अनुसार पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका ५ घर भएका बिनोद कुमार साह र रोशन साह रहेका छन् । प्रहरीलाइ देखेर उनिहरू सवार मोटरसाइकलले दिशा बदल्ने प्रयाश गरेपछि शंकालागि खोजतलाश गर्दा उक्त परिमाणको रकम र बिभिन्न बैकहरूको खालि भौचरहरू बरामद गरिएको एसपी माधव प्रसाद पौडेलले जानकारी दिए । पक्राउ परेका ब्याक्तिहरू र उनिहरू सवार प्र ०१(०२०४० प ५४९९ नम्बरको मोटरसाइकल र नगद रकम भन्सार कार्
इटहरी / सुनसरीको इटहरी स्थित उपमहानगरले तरहरा , खनार र इटहरी अस्पताल गरी तिन वटा खोप केन्द्रवाट कोभिड १९ विरुद्धको भेरोसेल खोपको सेवा उपलब्ध गराउने भएको छ । उपमहानगरमा रहेका ६२, ६३ र ६४ वर्षका जेष्ठ नागरिकहरुलाई उक्त खोप सेवा प्रदान गर्ने भएको हो । उपमहानगरको वडा नं १, २, १७ १८ १९ र २० का स्थानियले हाँसपोसा स्वास्थ्य चौकिको खोप केन्द्रबाट खोप सेवा पाउने त्यस्तै १० देखि १६ वडा नंमा बसोबास गर्ने स्थानियहरूले खनार स्वास्थ चौकीबाट कोरोना बिरूद्धको खोप सेवा पाउने इटहरी उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै वडा नम्बर ३,४, ५,६, ७, ८ र ९ का स्थानियले इटहरी अस्पतालको खोप केन्द्रबा
मेष . आत्मविश्वासमा कमि आउनेछ । पछिकालागी कार्यहरु बन्नेछन् । मानसिक असन्तुष्टि बढ्नेछ । स्वजनबाट धोका हुन सक्नेछ । बृष . समय रमाइलो भएर बित्नेछ । भोजनमा मन रमाउने छ । कार्य अनुकुल सहयोग मिल्नेछ । आर्थिक बृद्धिदर बढेर जानेछ । मिथुन . शोक सन्ताप आउन सक्छ । संचित रकम खर्च हुन सक्छ । दबाबमा कार्य गर्नुपर्ने समय छ । मनमा चिन्ता बढिरहने छ । कर्कट. आर्थिक क्षेत्रमा फाइदा हुनेछ । सहयोगीहरु प्रशस्त भेटिने छन् । अतिथि सत्कार हुनेछ । आम्दानीका स्रोतहरु बढेर जानेछन् । सिंह . मनमा उत्साह बढेर जानेछ । कामबाट प्रतिष्ठा कमाउन सकिनेछ। नयाँ कार्यहरु सफल भएर जानेछन् । धैर्यपुर्वक कार्यलाई निरंतरता दिन
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभाको पहिलो बेठकमा चारवटा उखान–टुक्का र एउटा गीतको ‘मुखडा’ सुनाउँदै सरकारको धारणा राखेका छन् । सोमबार शुरु भएको आठौं तथा बजेट अधिवेशनमा आफ्नो धारणा राख्दै गीतका मुखडा अनि उखान टुक्का सुनाएका हुन । उनले विकास र समृद्धि जनताको एकमात्र चाहना भएको कुरा दोहो¥याए । बैठकमा विपक्षी दलले महामारीमा प्रदेश सरकारको कमजोर भूमिका र संघीयता प्रति जनताको आंशका प्रति चर्को टिकाटिप्पणी गरेपछि राईले राजनीतिक परिदृश्य तथा महामारीको विषयमा उखान टुक्का अनि गीतको उदाहरण दिएर जवाफ दिए । अघिल्लो संसद बैठकमा आफूलाई विपक्षीले बोल्न नदिएकाल
विराटनगर । प्रदेश नं १ का विपक्षी दलका सांसदले कोरोना महामारीमा दुई पटक संसद विघटन गरेर संविधानको खिल्ली उडाउने काम भएको भन्दै जनताले प्रदेश सरकारको ठेगाना नपाएको टिप्पणी गरेका छन् । साना दलका सांसदले बजेट अधिवेशनलाई शुभकामना दिंदै प्रदेश सरकार संघीय सरकार छायाँ जस्तो मात्र बनेको बताउँदै माथिको सरकारको सिको गरेर अघि नबढ्न चेतावनी दिएका छन् । राजिव कोइरालाले आफूले प्रदेश सरकारले ल्याएको यसअघिका बजेट र कार्यक्रममा विपक्षी दलको नाताले आफूहरु पनि जोडिएको तर काम गर्न नसकेको बताउँदै भने,“सरकारले ल्याएको बजेट र सांसदको नाताले कतिपय कार्यक्रम छुटिएको भएपनि बजेट नपाइएकोले म जनतासंग माफ गर्न चाह
धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको वेथिति तथा भ्रष्टाचार अन्त्य गर्न गठिन नागरिक दबाब सञ्जाले प्रतिष्ठानमा निरन्तर दबाबमूलक कार्यक्रम अगाडि सार्ने भएको छ । विगतमा समेत प्रतिष्ठानको वेथिति सुधारका लागि भन्दै गठन भएका समूहहरुले प्रतिष्ठानभित्र हुने गरेका वेथिति, भ्रष्टाचार लगायतका कुराहरु नियन्त्रण गर्ने भन्दै शुर भएका आन्दोलनहरु बीचैमा तुहिने गरेको भएपनि यो समितिले भने प्रतिष्ठानभित्रको वेथिति, भ्रष्टचार अन्त्य नभएसम्म आन्दोलनलाई जारी राख्ने जनाएको छ । दबाब सञ्जालले धरानको सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानभित्र ह