बाढी नियन्त्रणको योजना कागज मै सिमित

  • कार्तिक १६, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी/ गत कार्तिक २ गते लगातार परेको बेमौसमी वर्षाका कारण आएको बाढिले इटहरीमा ९ करोडको क्षति पुगेको छ । इटहरी उद्योग वाणिज्य संघले तयार पारेको तथ्यांक अनुसार इटहरी स्थित टेंग्रा, खेति खोला साथै तरहरा स्थित खार्शाला, पानीपियाको पैनिमा आएको बाढिले इटहरी उपमहानगरको बिभिन्न ब्यवसाय, कृषि तथा जिन्सि सामग्रीहरूमा क्षति पुगेको छ ।

इटहरीमा सञ्चालन हुदै आएका एक दर्जन बढी पुस्तक पसलहरूमा बाढी पस्दा करीब ३ करोड बराबरको क्षति भएको इटहरी उद्योग वाणिज्य संघले जनाएको छ ।
बाढिबाट १५ सय नगरवासीहरू प्रत्यक्ष प्रभावित बनेको संघको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै बाढिले होटल ब्यवसायमा धेरै क्षति गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । बेमौसमी वर्षा र बाढीले इटहरीमा सञ्चालन हुदै आएको साना लगानीका एक दर्जन बढी होटलहरूमा क्षति पुग्दा ९० लाख बराबरको क्षति भएको छ भने ९ वटा ठुला होटलहरूमा पनि बाढि पस्दा ५ करोड बराबरको क्षति पुगेको जनाएको छ ।

त्यस्तै बाढीले किराना ब्यवसायहरूमा पनि नराम्रो संग क्षति पुर्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ । बाढीबाट नोक्सान भएकाहरूको बिवरण अझै आउने क्रम जारी रहेकोले क्षति अझै बढ्न सक्ने संघका अध्यक्ष भिम पौडेलले बताए । उनले बाढीबाट प्रत्यक्ष प्रभावित भएकाहरूलाइ संघको पहलमा तत्काल राहत बितरण गरिसकेको बताए । ब्यवसायीको हकमा भएका क्षतिहरूको बिषयमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकार समक्ष क्षतिपुर्तिका लागि पहल थालिएको पनि अध्यक्ष पौडेलले बताए ।

वर्षेनी बाढीबाट प्रभावित भएका पिडितहरूले स्थानीय खोला नालाहरू सफा गर्न र क्षेत्रफलको आकार बढाउन माग गर्दै आएका छन । खोला तथा पैनीले ओगटेको जग्गामा बनेका भौतिक संरचनाहरू हटाइ क्षेत्रफल बढाए बर्षेनी हुने क्षति नियन्त्रण गर्न सकिने स्थानीयको भनाइ छ ।

यता इटहरी उपमहानगरले पनि वर्षेनी आउने बाढीबाट नगरवासीलाइ सुरक्षित राख्न ३ वर्ष अघि नै योजना बनाए पनि कागजमै सिमित भएको छ । उपमहानगरले ३ वर्ष अघि टेंग्राको मुहान शेरा खोलामा तटबन्धन गर्ने काम गरेको थियो तर योजना सफल हुन नपाउँदै तटबन्धन फुटेर बाढी पुनः गाउँमा पसेपछि त्यतिकै सेलाएको छ । शेरा खोलालाइ थप ब्यवस्थित गर्ने र स्थानीय खोलाहरूको पनि क्षेत्रफल बढाउने योजना बनाएपनि कार्यान्वयन नहुँदा वर्षेनी आउने बाढिले इटहरी क्षेत्र डुबानमा पर्ने गरेको छ ।

इटहरीका प्रमुख मेयर द्वारिकलाल चौधरीले खोलाको जग्गा ओगटेर ठुल–ठुला बिल्डिङहरू बनाइएकाले वर्षेनी बाढी सिधै शहर पस्ने गरेको बताए । उनले शेरा खोलामा तटबन्धन गरेदेखि अहिले इटहरीमा डुबान कम भएपनि स्थानीय खोलाहरूबाट गाउँ पिडित बनिरहेको उनको भनाई छ । खोलाबाट हुने क्षति नियन्त्रण गर्न दिर्घकालिन योजना बनाउने तर्फ ध्यान केन्द्रित भइसकेको उनले बताए । मेयर चौधरीले बाढीबाट प्रभावित भएका क्षेत्रहरूमा पहिलो चरणमा तत्काल राहत बितरण गरिएको पनि बताए ।

`जनताको प्रश्न जस्त ...

विषय: धरान-१५ मा ८-१० वर्ष पुरानो सार्वजनिक बाटो मिचेर ...

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved