सांग्रिला बैंकको वित्तीय साक्षरता

  • कार्तिक १५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । सांग्रिला डेभलपमेन्ट बैंकले मोरङको कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरमा बैंकिङ साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
बैंकको १७ औं वार्षिकोत्सवको अवसर पारेर विराटनगर शाखाले वचत संकलन मात्र नभई ऋण परिचालन तथा सही वित्तीय निर्णयबारे सर्वसाधारणलाई जानकारी गराएको हो ।

पैसाको सही प्रयोग गर्ने सीप, वित्तीय संस्थाहरुले दिने सेवा सुविधाहरुको सही प्रयोग गर्ने विधि तथा वित्तीय सेवा उपभोगको अधिकार तथा कर्तव्यको बारेमा जानकारी दिइएको हो । बचत, ऋण, लगानी, विप्रेषण, आधुनिक बैंकिङ प्रणाली, वीमा तथा शेयर बजार र बैंकिङ पहुँच समेतका विषयमा नागरिकहरुलाई सुसुचित गराउनु पनि बैंकको दायित्व भित्र पर्ने बैंकको विराटनगर शाखा प्रबन्धक अर्जुन खतिवडाले बताए ।

सय जना सहभागी कार्यक्रममा वचत गर्ने बानीको कसरी विकास गर्ने, बचतको लागि औपचारिक माध्यम नै किन रोज्ने, पारिवारिक बजेट बनाएर कसरी जीवन यापन सहज बनाउने, विप्रेषणको सही उपयोग कसरी गर्ने, वीमाको महत्व किन छ, अफ्नो लगानी लक्ष्य कसरी बनाउने र वित्तीय साक्षरतातर्फ कसरी अग्रसर बन्ने भन्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो ।

हालसम्म १ सय वटा शाखा संचालनमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा देशभर सप्ताहव्यापी कार्यक्रम गरिरहेको जनाइएको छ । कार्यक्रममा शाखा प्रबन्धक खतिवडाले अत्याधुनिक बैंकिङ प्रणाली मार्फत विराटनगरमा सांग्रिला डेभलपमेन्ट बैंकको ९८ औं शाखा गत घटस्थापनाका दिनबाट संचालनमा आएको जानकारी दिए ।

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

वराहक्षेत्रका जनप्रत ...

वराहक्षेत्र/ स्थानीय तहको निर्वाचन २०७९ को वैशाख ३ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved