यामाहाको नयाँ मोडल बजारमा

  • कार्तिक १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ तिहार तथा छैठ पर्वको आवसर पारेर यामाहा कम्पनीको नयाँ मोडलको मोटरसाइकल बजारमा आएको छ । यामाहा कम्पनीले ग्राहकहरुको सहजतालाई ध्यानमा राखी नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याएको हो ।

यामाहाको धरानस्थित आधिकारिक विक्रेता विजयपुर टे«ेडर्सले सोमबार एक कार्यक्रमको आयोजना गरी मोटरसाइकल सार्वजनिक गरेको हो । यामाहा एफ जेड एस भि थ्रि मोटरसाइकल सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाबाट सार्वजनिक गरेका हुन् ।

सुविधा सम्पन्न मोटरसाइकल अन्य भन्दा सुविधाजनक भएको विजयपुर टे«ेडर्सका प्रवन्ध निर्देशक प्रभाव खतिवडाले जानकारी दिए । उनले अन्य मोटरसाइकल भन्दा तेल कम खपत हुने, तान अत्यन्तै राम्रो हुने बताए ।

उनले अन्य मोटरसाइकल भन्दा यो मोटर साइकलको विशेषता वेग्लै रहेको बताए । उनले भने, ‘पार्किङमा राखेका मोटरसाइकल खोज्न गाह्रो हुने गरेको हामीलाई थाहै छ, तर यो मोटरसाइकल भने मोवाइलको एप्समा सेटिङ गरेपछि साइरन मार्फत पार्किङमा राखेको पत्ता लगाउन सकिन्छ ।’

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापाकोटाले यामाहा कम्पनीको सबै मोटरसाइकल अत्यन्तै राम्रो भएपनि अहिले आएको मोटरसाइकल अन्य भन्दा केही फरक पाएको बताए । उनले भने, ‘मोटरसाइकल पारखीका लागि यामाहाले नयाँ नयाँ मोटरसाइकल बजारमा ल्याएको छ, त्यसैको निरन्तता यामाहाले गरेको हुनुपर्छ, ।’

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved