शिल्पीको सार्थक रङ्गयात्रा धरानमा

  • कार्तिक १६, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान/ के तपाईं हाँस्दाहाँस्दै रुन र रुँदारुँदै हाँस्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने शिल्पी थिएटरको ‘ठुला माछा–साना माछा’ तपाईंका लागि उत्तम विकल्प हुन सक्छ । यो नाटकले तपाईंलाई मनोरञ्जन मात्र दिने छैन, यसले समकालीन नेपाली जीवनमा विद्यमान् सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक बेथितिसँग पनि साक्षात्कार गराउनेछ ।

काठमाडौँको शिल्पी थिएटरका कलाकारहरूले सोमबार धराने दर्शकहरूलाई यसै गरी हँसाउँदै रुवाए र रुवाउँदै हँसाए । रङ्गयात्राको क्रममा मोरङ, झापा र सुनसरीका विभिन्न स्थानमा नाटक मञ्चन गरेर शिल्पीको टोली काठमाडौँ फर्किसकेको छ । यो यात्राको समापन शिल्पीले धरान सभागृहको परिसरमा सोमबार बेलुका गरेको हो । यसअगि त्यसै बिहान शिल्पीले यो नाटक बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा प्रदर्शन गरेको थियो । रङ्ग संस्था सहारा थिएटर र धरान नाटकघर निर्माण उपभोक्ता समितिको स्थानीय संयोजनमा यहाँ नाटक प्रदर्शनको चाँजोपाँजो मिलाइएको हो ।

धराने दर्शकहरूको उत्साहजनक उपस्थितिमा नाटक प्रदर्शन गरिएको थियो । दर्शकहरूले नाटक प्रभावकारी भएको प्रतिक्रिया दिए । निर्देशक घिमिरे पनि दर्शकको उपस्थितिबाट सन्तुष्ट देखिएका थिए । नेकपा एमालेका नगर अध्यक्ष नारायण सुवेदीले नाटकले जनताको बोली बोलेको धारणा व्यक्त गरे । नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज चोत्लुङले पनि नेपाली समाजमा विद्यमान् यथार्थको चित्रण नाटकमा सफलतापूर्वक गरिएको बताए ।

प्रतिभाशाली र सिर्जनशील रङ्गकर्मी घिमिरे युवराजको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ‘ठुला माछा–साना माछा’ ले नेपाली जनसाधारणका दुःख र उनीहरूले भोगिरहेका कष्टकर जीवनलाई दर्शकसामु सफलतापूर्वक पस्किदिएको छ । जनप्रतिनिधि, दलाल, ठेकेदार र बिचौलियाहरूको मिलोमतोमा जनसाधारणको जीवनसँग कुनै सरोकार नराख्ने संरचना कसरी निर्माण हुने गरेका छन् ? किसानहरूले आप्mना उत्पादनको उचित मूल्य नपाएर कसरी कष्टकर जीवन जीउनु परेको छ ? प्रशासनिक झमेलामा जनसाधारणले कसरी पूmटबल बन्नुपर्छ ? नाटकमा समकालीन जीवनका यी यथार्थलाई रमाइलो पाराले प्रस्तुत गरिएको छ । प्रस्तुतिको यही शैली दर्शकलाई झन्डै एक घण्टासम्म बाँधेर राख्न सफल भएको छ ।

नाटकमा कलाकारहरू पवित्रा खड्का, रेनुका कार्की, सविन कट्टेल, संगीता उँराव, मानहाङ लावती, असीम खनाल, ज्योति पोख्रेल, रविन परियार, गोविन्द ओली, ज्याक बराल, हिमाल भुजेल र सञ्जीत राईले अभिनय गरेका छन् । यी कलाकारहरूले आपूmलाई विभिन्न भूमिकामा प्रस्तुत गरेका छन् ।

शिल्पीको ‘मुक्त रङ्गमञ्च’ अभियानअन्तर्गत यो नाटक देखाइएको हो । खुला स्थानमा थोरै सामग्रीहरूको सार्थक प्रयोगमार्पmत् आधुनिक र कलात्मक नाटक देखाउन सकिन्छ भन्ने यो एउटा गतिलो उदाहरण हो । नाटकमा गीत–सङ्गीत, नृत्य, काव्य र आकर्षक अभिनयको सार्थक सङ्गम छ र निर्देशक युवराजको यो आप्mनै शैली हो । यही फरक शैलीले उनको परिचयलाई टड्कारो बनाएको छ भने नाटकलाई पनि ओजपूर्ण बनाएको छ । जनबोलीमा सबैले बुभ्mने गरी ठट्टाको शैलीमा गह्रौँ विषयलाई पस्किन सफल हुनु यस नाटकको विशेषता हो ।

भरौल खानेपानीलाई वजे ...

ललितपुर /   कोशी प्रदेशसभा सदस्य विजयकुम ...

दलित समुदायका पेशाकर ...

धरान/  परम्परागत पेशा गर्दै आएका धरानका विपन् ...

‘इलेक्सन टुरिस्ट’ ले ...

इलाम/ पर्यटकीय जिल्ला इलामको क्षेत्र २ मा वैशाख १५ ...

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved