लेखन तथा उद्घोषण तालिम सम्पन्न

  • कार्तिक १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी/ मोरङको लेटाङमा प्रस्ताब, माइन्युट लेखन तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।

गुडलक एजुकेशन तथा ट्रेनिङ सेन्टर प्रा.लि.इटहरीको आयोजनामा लेटाङ नगरपालिकाको सहयोगमा नगरका ९ वटै वडाबाट ५० जना सहभागीलाई तालिम प्रदान गरिएको हो । तालिम लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतमा सम्पन्न भएको हो । समापनमा सहभागीहरुलाई प्रमाणपत्रका साथै तालिम पुस्तिका समेत वितरण गरिएको छ । कार्यक्रममा नगर प्रमुख राईले नगरपालिकाले नागरिकको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरु आगामी दिनमा समेत सञ्चालन गर्दै जाने प्रतिवद्धता जनाए ।

कार्यक्रमका लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत प्रसाद दाहाल, लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई, लगायत विभिन्न वडाका वडाअध्यक्षहरुको उपस्थिती रहेको थियो । ३ दिन सम्म सञ्चालन भएको तालिममा लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई, योजना शाखा प्रमुख भूपेन्द्र खनाल तथा सप्तकोशी एफएमका सम्पादक लिलाराज भट्टराईले सहजिकरण गरेका थिए । तालिममा प्रस्ताव लेखन, माइन्यूट लेखन, प्रतिवदेन लेखन, उद्घोषण र बजेट कार्यान्वयन तथा भुक्तानी लगायतको विषयमा प्रशिक्षण दिइएको गुडलक एजुकेशनका रेवती निरौलाले जानकारी दिए ।

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved