बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेका कोशी बाढि पिडित तथा भुमिहिन सुकुम्बासीलाई धनिपुर्जा दिलाउन प्रतिबद्धता जनाएको छ ।
२०२२ सालमा कोशी कटानबाट बिस्थापित भई सुकुम्बासीमा बस्दै आएका परिबारलाई धनिपुर्जा दिलाउन नेपाली कांग्रेस नगर समितिले सुचना, संञ्चार तथा प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सुकुम्बासी समस्या हल गर्न बनेको राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशब निरौलालाई आग्रह गरेको छ ।
सोमवार नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले देबिघाट स्थित बसन्तऋतृ माबिको खेलमैदानमा आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति रमेश कार्कीले नेकपा एमालेको सरकारले ४ बर्ष सम्म सुकुम्बासी र कोशी पिडितको पक्षमा केही गर्न नसकेको बताए । उनले भने, ‘यहाको स्थानीय सरकारले ४ बर्षसम्म केही गरेन, अब चुनाब आयो अनि लालपुर्जा बाढ्छु भन्छ, गरिब जनताको भावनासंग स्थानीय सरकारले राजनीति गरेको छ, नगरबासीहरु सचेत रहनु होला ।’ तीन तहमै एमालेको सरकार हुँदा किन सुकुम्बासी र बाढि पिडितका लागि काम नगरेको उनले प्रश्न समेत गरे । तत्कालीन भुमि आयोगका अध्यक्ष देबि ज्ञवालीलाइ वराहक्षेत्रमा ल्याउन स्थानीय सरकारले नसकेको बताउँदै सभापति कार्कीले कांग्रेस सरकारले गठन गरेको भुमि आयोगका अध्यक्ष केशब निरौलालाई ल्याएर कांग्रेसले कोशी पिडितलाई मुआब्जा तथा सुकुम्बासीलाई लाल पुर्जा दिलाउने कार्यमा पहल गरिरहेको बताए ।
कार्यक्रममा आयोगका अध्यक्ष केशव निरौलाले ऐलानी जमिनमा १० बर्षदेखि बसोबास गरिरहेका परिवारलाई डेढ बिघासम्म केही रकम लिएर धनिपुर्जा दिन आयोग लागि पर्ने बताए । ऐलानी जमिनमा बसोबास गरिरहेका सुकुम्बासी तथा बाढि पिडितलाई कसैले हटाउन नसक्ने बताउदै भने, ‘सरकारले चाह्यो भने लालपुर्जा दिन कुनै समस्या छैन्, वनको क्षेत्रमा बसोबास गरे पनि सरकारले धनिपुर्जा दिनु पर्छ, यसका लागि लागि परेको छु ।’ आउँदो स्थानीय तहको निर्वाचन अघिनै लालपुर्जा दिन आयोगले तयारी गरिरहेको उनले बताए ।
कुनैबेला बिर्ताको नाममा जग्गा बाँडेको स्मरण गर्दै गरिब, किसान र बाढीपिडितका लागि काम गर्नेमा प्रतिबद्धता व्यक्त गरे । उनले दुई चार महिनापछि पुनः वराहक्षेत्र फर्किदा केही गर्नेगरी आउने बताए ।
कार्यक्रमका प्रमुख अतिथि सूचना, संञ्चार तथा प्रविधि मन्त्री एव् प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भूमिहिनको समस्या जटिल भएकाले समस्या समाधान गर्न भुमि आयोगका अध्यक्षलाई पनि साथमा लिएर आएको बताए । अहिलेको गठबन्धन सरकार नेपाली जनताको पक्षमा रहेको भन्दै कार्कीले जनताको आधारभुत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए । बिकास बिनाको राजनीति केवल खोक्रो भाषण मात्र भएकाले राजनीति र बिकाससँगै लान चाहेको बताए ।
ओली नेतृत्वको एमाले सरकारले शक्तीको दुरुपयोग गरेको भन्दै सबैको अहिलेको सरकारले प्रजातन्त्र, लोकतन्त्र, सबिधान, र जनताको आत्मसम्मानका लागि काम गर्ने बताए । उनले प्रमुख जिल्ला अधिकारीलाई कोही पनि मान्छे आस्थाका आधारमा अन्यायमा नपार्न निर्देशन समेत दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस वराह बराहक्षेत्रका सचिब तथा वडा नं २ अध्यक्ष हरिकृष्ण भट्टराईले सुकुम्बासी र बाढि पिडित समस्या हल गर्ने नाममा तत्कालीन एमाले सरकारले कार्यकर्ता जागिर खाने माध्यम मात्र बनाएको आरोप लगाए ।