धरान । नियमसंगत भर्ना प्रक्रिया नगरेको भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।केन्द्रीय प्रविधि क्याम्पसको खाद्य प्रविधि (वि.टेक) भर्ना प्रक्रिया नियमसंगत नभई मनोमानी ढंगले गरेको भन्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेका हुन् । भर्ना प्रक्रियालाई लिएर आन्दोलित भएका विद्यार्थीहरुले संयुक्त रुपमा आन्दोलनलाई निरन्तरता दिने क्रममा आज प्रशासनमा तालाबन्दी गरेका हुन् । उनीहरुले केन्द्रीय प्रविधि क्याम्पसको खाद्य प्रविधि (वि.टेक) भर्ना प्रक्रियामा देखिएको अनियमिता माथि प्रश्नचिन्ह उठाएका छन् । नेपाल खाद्य प्रविधि विद्यार्थी संघ केन्द्रीय प्रविधि क्याम्पस हात्
विराटनगर । मोरङमा थप एक सातासम्मको लागि निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनाअनुसार थप साता दिनको लागि निषेधाज्ञा थप भएको हो । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम अझै कम नभएको निश्कर्षहित निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । केही खुकुलो प्रावधानसहित थप भएको निषेधाज्ञा सम्बन्धी सूचनामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसललगायतका व्यवसायहरु बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म संचालन गर्न पाइने उल्लेख छ । बिहानदेखि वर्कसपहरु प्नि खोल्न पाइन
धरान । कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनमा दैनिक ज्यालादारीमा मजदुरी गर्ने विपन्न परिवारलाई अन्तराष्ट्रिय संस्था द आर्ट अफ लिभिङद्धारा खाद्यान्न बितरण गरीएको छ । संस्थाको धरानमा रहेको सुनसरी शाखाले सोमबार लकडाउनले प्रभावित बनेका धरान ५ तल्लो देउराली स्थित सुकुम्बासी बस्तीमा रहेको दैनिक रोगजारी गर्ने ५८ घर परिवारलाई खाद्यान्न सहयोग गरेको हो । संस्थाको नेपालस्थित काठमाडौमा रहेको कार्यालय र धरान स्थित रहेको सुनसरी जिल्लाकी संयोजक पार्बती श्रेष्ठको आर्थिक सहयोगमा ५२ हजार रकम बराबरको खाद्यान्न सहयोग गरेको छ । संस्थाकी संयोजक श्रेष्ठका अनुसार खाद्यन्न राहतमा प्रति परिवार १० केजि चामल, एक क
झापा/ झापा र ईलामामा लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । आईतबार दिनको ३ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाऊपालिका ३ का २२ बर्षीय बले भन्ने प्रज्वल बानियालाई लागुऔषध ब्राउन सुगर ४ ग्राम सहित घरबाटै पक्राउ गरिएको हो । त्यस्तै आईतबार बेलुका ५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले ईलाम माई नगरपालिका ४ शंकरगाउँ स्थितबाट लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित सोही स्थान ८ का २८ बर्षीय महेश थापा, ३० बर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ बर्षीय रुपेश कुमार खत्री र सोही स्थान ३ का २३ बर्षीय सुदिप कुमार दनुवारलाई पक्राउ गरिएको हो । प्रहरीले
इटहरी । भारतीय सिमामा हुने स्याउ तस्करीमा संलग्न सुनसरी स्थित भण्टाबारी सिमा प्रहरी चौकीका इन्चार्ज सहित तिन जनालाई प्रदेश १ प्रहरी कार्यालयले निलम्बर गरेको छ । तेश्रो मुलुक चिनबाट नेपाली बजारको लागि आएको स्याउ भारततिर तस्करी गरी पठाएको अभियोगमा भण्टावारी सिमा प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायव निरिक्षक गंगा थापा सहित अन्य दुइजनालाई निलम्बन गरिएको हो । सेटिङ मिलाएर सिमाबाट भारत तर्फ निकासी गरिएको ठुलो परिमाणको स्याउ आइतबार बिहान भारतीय एसएसबिले नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीकै संलग्नता रहेको पाइएको थियो । सुनसरीको सिमाबाट तिनवटा नेपाली नम्बर सहितको ट्रकमा लोड गरी पठाइएको १३ सय कार्टुन
मोरङ / मोरङका पालिकाहरुलाई हेफर इन्टरनेशनल नेपालले सहयोग गरेको छ । कोरोना महामारीको समयमा हेफरले बेलबारी नगरपालिका, सुन्दरहरैचा नगरपालिका , पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाँउपालिकालाई सहयोग गरेको हो । दोस्रो चरणको भेरीयन्टबाट नागरीकहरुलाई बचाउनका लागि स्वास्थ्य सामाग्रि खरिद गर्न सहज होस भन्ने उदेश्यका साथ आफनो कार्य क्षेत्रभित्रका केहि स्थानीयतहरुलाई सहयोग गरेको हेफरले जनाएको छ । बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरेमा क्रमशः ७ लाख ५० हजार सहयोग गरेको छ भने कानेपोखरी गाँउपालिकालाई १२ लाख पचास हजार रुपैया सहयोग गरेको छ । सहयोग गरीएको रकम बाट कोभिडका लागि चाहिने सामाग्रिहरु
सङ्घीय सरकारले गत जेठ १५ गते बजेट भाषणमार्पmत् सार्वजनिक गरेको चतराबाट भोजपुरसम्म जल यातायात सञ्चालन गर्न जलमार्गमा रहेको ‘अवरोध’ हटाउने नीतिविपरीत प्रदेश १ सरकारले भने सो अवरोधको संरक्षण गर्ने नीति सार्वजनिक गरेको छ । नागरिक प्रतिरोधको फलस्वरूप प्रदेश १ सरकार यस्तो नीति घोषणा गर्न बाध्य भएको हो । सङ्घीय सरकारले बजेट भाषणमार्पmत् सङ्केत गरेको ‘अवरोध’ खासमा किराँत धर्म–संस्कृतिसँग जोडिएको ‘खुवालुङ ढुङ्गा’ हो । चतराबाट मास्तिर जाँदा वराहक्षेत्रभन्दा केही तल सप्तकोशी नदीबीचमा पर्ने यो ढुङ्गा फुटाउने सङ्घीय सरकारको नीति थियो । त्यसो त प्रधानमन्त्री केपी ओ
बराहक्षेत्र । दोस्रो भेरियन्टको कोरोना संक्रमण नियन्त्रणमा वराहक्षेत्र १० स्थित प्रकासपुर युबा जमात सक्रिय रहेको छ । प्रकासपुरका सक्रिय युबाहरुको छाता संस्थाको रुपमा स्थापित युबा जमात विगत २९ दिन देखि कोरोना नियन्त्रण कार्यमा सक्रिय रहेको छ । उनीहरुले वराहक्षेत्र ९ र १० नम्बर वडावासीसंग सहकार्य गरेर सार्वजनिक स्थलमा सेनिटाइज गर्ने, सुरक्षाकर्मी, स्थानीय संक्रमितहरुलाई स्वास्थ्य सामाग्री बितरण साथै राहत बितरण गर्दै आएको छ । वराहक्षेत्र ९ र १० का प्राय सबै घरमा सेनिटाइज गरी सकेको छ । उनीहरुले संक्रमितहरुलाइ पौष्टिक खानेकुरा वितरण गर्नुका साथै ज्वरो तथा अक्सिजन लेभल चेकजाँच, आवश्यक चिकित्सकको स
इटहरी । जिल्ला प्रसाशनको कार्यालय सुनसरीले आगामि असार ७ गते सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यस अघि जेठ ३१ गते सम्म जिल्लामा निषेधाज्ञा गर्ने निर्णय गरेृकोमा थोरै परिमार्जन गरी आगामि असार ७ गते सम्म लम्ब्याइएको हो । जिल्ला प्रसाशन कार्यालय सुनसरीमा आइतबार बसेको डीसीएमसीको बैठकले जारी निषेधाज्ञाको नियमहरू परिमार्जन गरी निषेधाज्ञालाइ थोरै खुकुलो बनाउने निर्णय गरेको छ । बन्द रहेको फलफुल तथा तरकारी ब्यवसाय अब बिहान ५ बजे देखि ११ बजे सम्म् खोल्न पाउने गरी निषेधाज्ञा असार ७ गते सम्म् पुर्याइएको हो । जिल्लामा कोरोना संक्रमण दर घटेपनि जोखिम कायमै रहेको देखिएपछि थप सतरकता अपनाउन निषेधाज्ञाको समय
धरान । स्थानीय तहको बजेट तथा निति कार्यक्रमको तयारी प्रक्रिया अघि बढ्दै गर्दा प्रदेश १ का स्थानीय तहले दलित समुदाय मैत्री बजेट बनाइने प्रतिबद्धता जनाएका छन् । मानव अधिकारका लागि स्रोत विकास मञ्च (रिडेफ नेपाल) को आयोजनामा भएको भर्चुअल छलफलमा प्रदेश १ का बिभिन्न स्थानीय तहका प्रमुख उपप्रमुखले आ–आफना् स्थानीय तहको आगामी बजेट लक्षित समुदाय अनुभुती गर्ने किसिमको बनाइने प्रतिबद्धता जनाए । छलफलमा बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा स्वस्तिकले दलित समुदाय लक्षित बजेटका लागि गम्भिर रहेको बताए । उनले भने, ‘बेलका नगरपालिकाले दलित उत्थान समिति निर्माण गरेर उनीहरु लक्षित कार्यक्रम ल्याएक