सुनसरीमा एमाले प्रतिनिधी छनौट विवाद " म्याद थप गदै मतदानको समय सारियो"

  • कार्तिक २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नगर अधिवेसन देखि नै विवादित बनेको नेकपा एमाले सुनसरीको महाधिवेशन प्रतिनिधी छनौटको विवाद समाधान हुन नसके पछि छलफलका लागि पुनः मतदानको समय थप भएको छ ।
नेकपा एमालेको १० औं महाधिवेशनको लागी प्रतिनिधि चयन गर्न सुनसरीले मनोनयन दाबी फिर्ताको समय कार्तिक २९ गते साँझ सम्म तोकेको थियो । तर जिल्ला भरीनै प्रतिनिधी छनौट सहमतीमा हुन नसके पछि मंगलबार हुने पुर्वघोषित मतदानको तालिका परिवर्तन भएको हो ।

सोमबार एमाले जिल्ला पार्टी कार्यालय बैठकले प्रतिनिधि चयनको मतदान तालिका परिवर्तन गरेको हो । सर्वसम्मत प्रतिनिधि छनौट गर्नको लागि पहल गर्न मतदानको कार्यतालिका परिवर्तन गरिएको एमाले जिल्ला अधिवेशन आयोजक कमिटीका सदस्य रवि खनालले जानकारी दिए । उनका अनुसार सुनसरीको क्षेत्र नम्बर २ र ४ सर्वसम्मत भने भोलि हुने भएको छ । यी दुई क्षेत्रबाट उम्मेदवारी दर्ता गरेकाले सबैले फिर्ता गरेर पुनः छलफल गरि सर्वसम्मत प्रतिनिधी पठाउने सहमती भएको छ ।

यता नगर अधिवेसन देखि नै विवादित बनेको क्षेत्र नम्बर १ मा सर्वसम्मतका लागि छलफल चलिरहेको छ । ३ नम्बरमा पनि सर्वसम्मतका लागि छलफल जारी रहेको खनालले बताए । उनले भने, ‘सर्वसम्मतले सुनसरीबाट प्रतिनिधी छनौट गर्न निर्वाचन तालिका सार्न दुवै पक्षको सहमती भएकाले सारिएको हो ।’
उनका अनुसार मतदान मंसिर ३ गते हुने भएको छ । सुनसरीमा कुल ४२ जना प्रतिनिधिको कोटामा चार गुणा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

 

संस्थागत अनुभव र स्प ...

धरान/ धरानमा केन्द्रीय कार्यालय रहेको सुनसरी उद्यो ...

सुनसरीमा मकैको ढोडले ...

धरान/ सुनसरीको देवानगंज गाउँपालिका–२ मा मकैक ...

सशस्त्र अपरेशनमा ठू ...

विराटनगर/  मोरङको धनपालथान गाउँपालिका–१ ...

धरानमा पत्नीको छुरा ...

धरान/  सुनसरीको धरान उपमहानगरपालिका–१७ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved