मुख्यमन्त्री राईको सत्ता मोहः  मन्त्रालय फुटाएर भागबण्डा मिलाउने

  • कार्तिक ३०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

बिराटनगर/ मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेसंगै सरकार विस्तारको काम थालिने बताइएको छ । तर, कुन मन्त्रालय कुन दलको भागमा पर्ने भन्ने तय हुन भने बाँकी नै छ । मन्त्रालय फुटाएर गठबन्धन दलको भाग पु¥याइने कांग्रेस सांसद शिव नारायण सिंह गन्गाईले बताए ।

यस विषयमा मुख्यमन्त्री राजेन्द्र राईले गृहकार्य समेत थालेका छन् । विश्वासको मतपछि सामाजिक विकास, उद्योग पर्यटन वन तथा वातावरण, भौतिक पूर्वाधार मन्त्रालय टुक्राएर मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिएको छ । प्रदेशका प्रमुख दलमध्ये कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र) ले तीन र नेकपा (एस) ले दुई मन्त्रालय दाबी गरिरहेका छन् ।

जसपाले र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले सामाजिक विकास मन्त्रालय लिईसकेका छन् । कांग्रेसले आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार तथा नेकपा (माओवादी केन्द्र) ले आर्थिक मामिला तथा योजना मन्त्रालय लिएका छन् ।

कांग्रेस सांसद गन्गाईले कुन मन्त्रालय कसको भागमा पर्छ भन्ने अहिल्यै यकिन भईनसकेको बताउँदै भने, “मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेपछि मात्र यो प्रक्रिया अघि बढ्ने छ ।”

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved