बिराटनगर/ मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेसंगै सरकार विस्तारको काम थालिने बताइएको छ । तर, कुन मन्त्रालय कुन दलको भागमा पर्ने भन्ने तय हुन भने बाँकी नै छ । मन्त्रालय फुटाएर गठबन्धन दलको भाग पु¥याइने कांग्रेस सांसद शिव नारायण सिंह गन्गाईले बताए ।
यस विषयमा मुख्यमन्त्री राजेन्द्र राईले गृहकार्य समेत थालेका छन् । विश्वासको मतपछि सामाजिक विकास, उद्योग पर्यटन वन तथा वातावरण, भौतिक पूर्वाधार मन्त्रालय टुक्राएर मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिएको छ । प्रदेशका प्रमुख दलमध्ये कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र) ले तीन र नेकपा (एस) ले दुई मन्त्रालय दाबी गरिरहेका छन् ।
जसपाले र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले सामाजिक विकास मन्त्रालय लिईसकेका छन् । कांग्रेसले आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार तथा नेकपा (माओवादी केन्द्र) ले आर्थिक मामिला तथा योजना मन्त्रालय लिएका छन् ।
कांग्रेस सांसद गन्गाईले कुन मन्त्रालय कसको भागमा पर्छ भन्ने अहिल्यै यकिन भईनसकेको बताउँदै भने, “मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेपछि मात्र यो प्रक्रिया अघि बढ्ने छ ।”