धरान । दुइ गुटमा विभाजित भएको नेकपा एमाले सुनसरीको रमेश बस्नेत समुहले पनि १० औं राष्ट्रिय महाधिवेसनका लागि सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधी उम्मेदवार चयन गरेको छ ।
आइतबार रेवती रमण भण्डारी समुहले ९ जनाको नाम सार्वजनिक गरे लगत्तै यता बस्नेत समुहले पनि नामावली सार्वजनिक गरेको हो ।
दुवै तर्फ बिच छलफल चलिरहे पनि बस्नेत समुहले खुल्ला तर्फ धरानका पुर्व मेयर मनोज कुमार मेन्याङ्बो, रमेश कुमार बस्नेत, सांसद जय कुमार राई सुर्य प्रकाश पन्धान, श्याम नारायण राजधामी र डम्बर सिंग्देल रहेका छन् भने महिला तर्फ प्रदेश सांसद सावित्री जोशि, रुफिना गुरुङ ९राई० र शुसिला पहाडी रहेका छन् ।
अहिले पनि दुवै तर्फको नेताहरु बिच सहमतीका लागि वार्ता चलिरहेको छ । तर दुवै समुहले आफ्नो अडान नछाडे पछि सहमती नहुने देखिएको छ । साँझ सम्म सहमती नभए भोलि निर्वाचन हुनेछ । सुनसरीको क्षेत्र नम्बर १ मा खुल्ला तर्फ ६ जना र महिला तर्फ ३ जनाको कोटा रहेको छ । दुवै समुहले ९–९ जनाकै नाम सार्वजनिक गरेका छन् ।