सिके राउतको जनमत पार्टीको धरान नगर कमिटी गठन

  • कार्तिक २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ मधेशमा विद्रोह गदै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले धरान नगर समिति गठन गरेको छ ।

स्वतन्त्र मधेश गठबन्धनको नाममा विद्रोह गर्दै आएको पार्टीले गत चैत्रको पहिलो सातामा राष्ट्रिय परिषद् वैठकले जनमत पार्टी नामाकरण गर्दै शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको थियो ।
अहिले यो पार्टीले मुलुकभर आफ्नो संगठन विस्तार गर्ने कामलाई तिब्रता दिएको छ । यसै क्रममा धरानमा समेत जनमत पार्टीको नगर कमिटी गठन भएको छ ।

शनिवार धरान १३ स्थित हेपील्याण्ड होटलमा आयोजित सम्मेलनबाट नगर कमिटी गठन भएको हो । मोहम्मद हसिम मियाको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरिएको् छ । जसको उपाध्यक्षमा विकास मण्डल, सचिवमा विशेश्वर मण्डल, सहसचिवमा चाँदनी साह, कोषाध्यक्षमा विजुली शाम चयन भएका छन् । यस्तै सदस्यमा हसिना वैगम, सोनी साह, रञ्जित साह, सावित्री मण्डल, सहवाज मिया र महमत अजमत चयन भएका छन् ।

पार्टीका नगर कमिटी गठनमा पार्टीका केन्द्रीय सदस्य डा.सुबन्त कुसवाहा,आसादेबी मेहता,विद्यार्थी नेता बीरेस चौरासिया लगायतको उपस्थिति रहेको थियो ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved