बराहक्षेत्रमा कात्तिके मेला आज देखि

  • कार्तिक २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

बराहक्षेत्र/ गत बर्ष कोरोना सक्रमणका कारण नलागेको कात्तिके अर्थात हरिबोधिनी एकादशी मेला यस बर्ष लाग्ने भएको छ ।

कोभिडका कारण भारतिय तिर्थालु आउन नसक्दा गत बर्ष मेला लाग्न सकेको थिएन् । छिटफुट रुपमा मात्र स्थानीय भक्तजहरुले मेलाको औपचारिकता मात्र सुरु गरेका थिए । यस वर्ष भाईरसको सक्रमण न्यून हुँदै गएकाले मानिसको चहल पहल सुरु भएको छ । बराहक्षेत्रमा लाग्ने कार्तिके मेला कात्तिक २९ गते सोमवार एकादशीको दिनबाट सुरु भई मङसिर ३ गते शुक्रवार पुर्णिमाको दिनसम्म ५ दिन लाग्ने भएको छ ।

मेलाको लागि बजार, कोसी नदीमा घाटको व्यवस्थापन विद्युत्, खानेपानी लगायत उपसमिति गठन गरिएको छ भने मेलाको तयारी समेत पूरा भएको मेला आयोजक वराहक्षेत्र संरक्षण मञ्चका सचिब राजु घिमिरेले बताए । उनका अनुसार भक्तहरूको लागि नदीमा सुरक्षित स्नान गर्नको लागि बाँसको बार, बिद्युत लगाइएको छ भने विभिन्न स्थानमा महिला र पुरुषको लागि छुट्टाछुट्टै अस्थायी शौचालय निर्माण गरिएको छ ।

मेलाको स्वास्थ्य तथा सुरक्षा व्यवस्थापनको लागि वराहक्षेत्र नगरपालिका, वडा नम्बर १ को कार्यालय, बृहत्तर वराहक्षेत्र विकास समिति र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरिएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठले बताए । मेलाको बराहक्षेत्र संरक्षण मञ्चले व्यवस्थापन गर्दै आएको छ ।

भारतका रुरुक्षेत्र र कुरुक्षेत्र त्यस्तै नेपालका मुक्तिक्षेत्र र वराहक्षेत्रलाइ संसारको चारधामको रुपमा लिने भएकाले मेला भर्न भारत लगाएका देशबाट समेत तिर्थयात्री आउने संरक्षण मञ्चका सचिव घिमिरेले बताए । घिमिरेका अनुसार ५ लाख तिर्थालु मेला भर्न आउने अनुमान गरिएको छ । मेलालाई व्यवस्थित बनाउन मन्दिर परिसद सरसफाई, कोका खोला सम्याउने, रङरोगन लगाउने काम गरिएको वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष श्रेष्ठले बताए ।

धनकुटामा पाँच रुटमा ...

धनकुटा/ कोशी प्रदेशअन्तर्गत धनकुटामा आइतबार ...

कोशीको करिब ३७ अर्ब ...

विराटनगर/  नेपालका सातै प्रदेश सरकारले आज आर् ...

पाँचथरमा निर्माणाधीन ...

फिदिम/ पाँचथरको हेवाखोला क्षेत्रमा निर्माणाधीन बेल ...

एस.ई.ई. स्पिकर फाइनल ...

धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved