इटहरी । जिल्ला प्रशासनको कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो बनाउँदै भदौ १८ गते बिहीबार बिहान ७ बजेदेखि १० बजे सम्म जिल्ला भरीका ब्यवसाय सञ्चालन गर्न अनुमति दिएपनि धेरै जसो व्यवसायीहरूले अपेक्षित रुपमा व्यवसाय खुल्ला गरेनन् । चाडपर्वको मुखमा तिन घण्टा समयसिमा तोकेर ब्यवसाय गर्न प्रशासनले दिएको अनुमति ब्यवसायी देखि स्थानीय सरकार सम्मले असन्तुष्टी जनाउदै आएका छन् । इटहरी उपमहानगरपालीकाकी उपमेयर लक्ष्मी गौतमले छोटो समय तोकेर ब्यवसाय खोल्दा भिडभाड बढने र त्यसले जोखिम बढाउने हुँदा प्रशासनले साँझ ५ बजे सम्म सुरक्षा सतर्कता अपनाएर ब्यवसाय सुचारू गर्न पाउनुपर्ने धारणा राखेकि छिन् । त्यस्तै इटहरी उद्
काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले ओपीडी निःशुल्क गरेको छ । अस्पतालले यसअघि प्रति बिरामी १ सय रुपैयाँ ओपीडी शुल्क लिने गरेको थियो । तर, बिहीबारबाट लागू हुने गरी ओपीडी निःशुल्क गरिएको अस्पतालले जनाएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले अध्यक्षको कार्यभार सम्हालेपछि पहिलो निर्णय नै ओपीडी निःशुल्क गर्ने गरिएको बताएका छन । शर्माले भने,“बिरामीहरुलाई उपचारमा सहुलियत होस भनेर ओपडी निशुल्क गर्न निर्णय गरेका हौं ।”काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटबाट कलेजको अस्पताल सेवा सञ्चालन भईरहेको छ । दुवाकोटमा पनि ओपीडी निशुल्क हुने शर्माल
धरान । बुधबार साँझ १७ जना सहित विहिबार बिहान भेटिएका २ जना गरि धरानमा चौबिस घण्टामा १९ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा बुधवार साँझ ११ जना फुस्रे क्याम्पका नेपाली सेना र ५ जना भारतीय सेना सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने विहिरबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार बुधबार पुष्टि भएका कोरोना संक्रमितहरुको भदौ १५ गते एन्फा क्वारेनटाइनमा पिसिआर परिक्षण गरिएको थियो । ९३ जनाको पिसिआर परीक्षणमा १७ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । यसै गरी धरान ११ को किसान पथ निवासी एक जना ५७ बर्षीया मह
धरान । देशव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगितामा धरान १७ की बिलम चाम्लिङ राई प्रथम भएकी छन् । किरात राई विद्यार्थी संघ केन्द्रीय समिति द्धारा २२ औ स्थापना दिवसको अवसरमा आयोजित ‘मातृ भाषामा शिक्षा विषयक’ देशव्यापी वक्तउत्वकला प्रतियोगितामा राई विजेता भएकी हुन । किरात राई यायोक्खाको भातृ संगठनको रुपमा रहेको संघको भदौं १७ गते २२ औं स्थापना दिवस रहेको थियो । प्रतियोगिता विजेता राइले पुरस्कार स्वरुप नगद तिस हजार रुपैया र प्रमाण पत्र प्राप्त गर्नेछिन । प्रतियोगिताका लागी विजेता राईले सांस्कृतिक पहिरनमा प्रस्तुत भई मातृ भाषामा शिक्षा विषयक विषयमा ५ मिनेट ११ सेकेन्ड लामो प्रस्तुती दिएकी
सुनसरी भदौ १७/ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक डिनमा प्राध्यापक डाक्टर शिवेन्द्र झा नियुक्त भएका छन् । झालाई प्रतिष्ठानको नियमावली, २०५५ को नियम २०.४ को उपनियम (१) बमोजिम प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरिले बुधबार शिवेन्द्र झालाई डीन नियुक्त गरेका हुन् । प्रतिष्डानका शिक्षाध्यक्ष प्राध्यपाक डाक्टर गुरुप्रसाद खनालको सिफारिशमा फरेन्सिक विभाग प्रमुख समेत रहेका प्राडा झा शैक्षिक डिनको रुपमा उपकुलपतिले नियुक्त गरेको प्रतिष्ठानका प्रवक्ता प्राध्यपक डाक्टर निदेश सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार प्राडा झा संकाय तर्फका परीक्षा बाहेक सम्पू
इटहरी । कोरोना भाइरसको संक्रमित नभेटिएको इटहरीको चार वटा वडाहरू मध्ये २ वडामा संक्रमण फैलिएसंगै सो क्षेत्रहरू उच्च जोखिममा परेको छ । यस अघि इटहरीको वार्ड नं ३ , १० , १३ र १५ मा एक जना पनि संक्रमण देखिएको थियन। तर इटहरीको वार्ड नं १३ मा एकै दिन ११ जना पुरूष र वार्ड नं १० को दुइ पुरूषमा कोरोना पोजेटिभ देखिएपछि दुवै वडाहरू संक्रमणको उच्च जोखिममा परेका हुन । बुधबार एकै दिन इटहरीमा ५८ जनामा संक्रमण पुष्टि भएसंगै लामो समयदेखि भाइरसबाट जोगिदै आएको ४ वटा वडाहरूमध्ये १३ र १० पनि जोखिममा परेका छन् । अन्य वडाहरुमा संक्रमण फैलिए पनि एक जनापनि संक्रमित पुष्टि नभएको इटहरीको वडा नं १३ मा बुधबार एकैदिन ११ ज
धनकुटा, १७ भदौं / धनकुटामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै भदौं २२ गते राति १२.०० बजेसम्मलाई थप गरिएको छ । भदौं ११ गतेदेखि जारी गरिएको निषेधाज्ञा तेस्रो पटक थप गरिएको हो । कोरोना भाइरसको परिक्षण गर्ने क्रममा भदौ १३ गते कोभिड–१९ को पिसिआर परिक्षणको नतिजा अनुसार धनकुटामा १३ जना प्रहरी सहित १९ जनामा संक्रमण देखिएको थियो । उनीहरुको कन्ट्राक्ट ट्रेसिङमा रहेकाहरुको पिसिआर परिक्षण रिपोर्ट आउन बाँकी रहेकाले पाँच दिनको लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी केशव प्रसाद विमलीले बताए । निषेधाज्ञाको समय थप गरिएसँगै केही खुकुलो पनि पारिएको छ । १९ जना संक्रमितहरु भने अहिले धनकुटाको औद्य
इलाम/ जिल्लाको माङसेबुङ गाउँपालिका वडा नम्बर २ का तत्कालिन सचिव सुलभ दाहालले ५ महिनाअघि लिएको सोही वडाका जेष्ठ नागरिक हरिबहादुर श्रेष्ठको भत्ता उनका छोरा धनप्रसाद श्रेष्ठलाई बुधबार फिर्ता गरेका छन । भर्पाईमा हस्ताक्षर गरि बुझिलिएर आफैंले चलाएको जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता वडा सचिवले सम्बन्धित जेष्ठ नागरिकलाई फिर्ता गरेका हुन । उनले हरिबहादुरको संरक्षक बसेका छोरा धनप्रसादलाई २ नम्बर वडा कार्यालयम बोलाएर १२ हजार रुपैयाँको चेक उपलब्ध गराएका हुन् । वडा सचिव दाहालले श्रेष्ठको २०७६ को दोश्रो चौमासिकको १२ हजार रुपैयाँ बुझिलिएर निजलाई उपलब्ध गराएका थिएनन् । आफैंले बुझिलिएको सामाजिक सुरक्षा
सुनसरी । उराँवहरुको महत्वपुर्ण पर्व निज्ज करम बन्दाबन्दीको बिचमा पनि निज्ज करम मनाएका छन् । भाद्र पूर्णिमाका दिन मनाउने चाड करम पुजा सुनसरी सहित नेपालभरि एउटै दिनमा मनाएका छन् । इनरुवामा शान्तीको प्रतिक परेवा उडाएर करम पुजा मनाएको छ । त्यसैगरी जिल्ला सदरमुकाम इनरुवा सहित जिल्लाका १२ वटै स्थानीय तहका उराँवहरुले करमको हाँगा र बोटको पुजापाठ गरेर मनाउने चलन अनुसार नै बुधबार गाउँगाउँमा मनाइएको छ । यो करम पूजालाई राजी करम वा नेंग करम पनि भनिन्छ । यो करम पूजा गाँउका नेंग हुने व्यक्तिले गाडने चलन अनुसार करम पुजा गरेको स्थानीय दुर्गा नारायण उराँवले जानकारी दिए । उराँव भाषामा नेंग भन्ने कुरा गोत्रबाट थ
धरान । बिना इजाजतको औषधीहरु नेपाल भित्र्याउने समुह सहित औषधीहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । भदौ १७ गते बुधबार जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर २ स्थित भुटाहा सिसुवा धरमपुर सडक खण्डमा ३ जनाको समुह सहित औषधी पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३७ का अख्तर मिया, सोही स्थान बस्ने वर्ष २२ का एहरमान अंसारी र वर्ष ३२ का मुख्तर आलमलाई पक्राउ गरेको छ । प्रहरीले अख्तर मियाँले बोकेको प्लाष्टिकको बोरा भित्र निमोस पि १ सय ४९ पत्ता, भाइबल ४ सय ९८ पत्ता,जेनेग्रा रेड १०० लेखिएको औषधी २ स