‘मिस स्टेट’ बन्न सफल आफ्नी विद्यार्थीलाई मेघाद्वारा सम्मान

  • मंसिर २१, २०७८
  • कोशीपत्र/संवाददाता
alt

धरान/  ‘मिस स्टेट १’ को उपाधि हात पार्न सफल आप्mनी छात्रा श्वेता भुजेललाई धरान मेघा कलेजले सोमबार सम्मान गरेको छ ।
कलेजले उनलाई कलेज परिसरमै औपचारिक कार्यक्रम आयोजना गरेर खदा र अबिर लगाउँदै सम्मान–पत्र प्रदान गरेको थियो ।

भुजेल मेघा कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत् छिन् । आफ्नो विद्यार्थी मिस स्टेटको उपाधि जित्न सफल हुँदा आपूmलाई खुसी लागेको कलेजका प्राचार्य भाष्कर पौडेलले बताए । उनले उपाधि विजेतालाई बधाई तथा शुभकामना दिँदै अन्य विद्यार्थीलाई पनि पढाइसँगै आप्mनो प्रतिभा भएको अतिरिक्त क्षेत्रमा समेत सहभागी हुन आग्रह गरे ।

263055867_659471001880951_1766921791867809140_n

त्यस क्रममा कलेजका प्रशासनिक प्रमुख कैलाश लिम्बूले विद्यार्थीहरूले आफ्नो प्रतिभालाई खुम्च्याएर राख्न नहुने धारणा राखे । विद्यार्थीले रुचि राखेको क्ष्ाँत्रमा अघि बढाउन कलेजले सक्दो सहयोग गर्ने उनको भनाइ छ । कलेजका बीबीएस संयोजक चन्द्र वनेमले सञ्चालन गरेको कार्यक्रममा मिस स्टेटकी उपाधि विजेता छात्रा श्वेता र उनका बुबा चित्रबहादुर भुजेलले पनि बोलेका थिए । त्यस क्रममा श्वेताले परिवार र कलेजले राम्रो वातावरण बनाइदिएकै कारण आपूm उपाधि जित्न सफल भएको धारणा राखिन् ।

श्वेताका बुबाले छोरीको सफलताबाट आपूm खुसी भएको बताउँदै यसका लागि वातावरण बनाइदिएकोमा कलेज परिवारलाई धन्यवाद दिए । बीबीएस संयोजक वनेमले पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत अघि बढ्न कलेजले विद्यार्थीहरूलाई अवसर प्रदान गर्ने गरेको बताए । उनले श्वेता सहयोगी र मानवीय भावना बोकेकी विद्यार्थी भएको जनाए ।

पूर्वाञ्चल बागिना कला केन्द्रले आयोजना गरेको ‘मिस स्टेट १’ को तेस्रो शृङ्खलाअन्तर्गत शनिबार सम्पन्न आन्तिम प्रतिस्पर्धामा सबै प्रतियोगीलाई पछि पार्दै श्वेताले उपाधि हात पारेकी हुन् ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved