नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

  • मंसिर २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ अफ्रिकी मुलुकमा तीब्र रुपमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि देखा परेको छ । सोमबार स्वास्थ्य तथा जनंसंख्या मन्त्रालयले नेपालमा २ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले सोमबार दिउँसो १ विज्ञप्ती जारी गर्दै नेपालमा २ जनामा संक्रमण पुष्टि भएको बताएको हो ।

मन्त्रालयका अनुुसार मंसिर ३ गते संक्रमण फैलिएको देश हुदैँ नेपाल आएका ६६ वर्षीय एक विदेशी नागरीकमा संक्रमण पुष्टि भएको हो । नेपाल आएका ती वीदेशी नागरीक र उनको सम्र्पकमा आएका ७१ वर्षीय व्यक्तीको गत मंसिर ७ स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

उनिहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थप परीक्ष गर्दा १९ गते राति आइतबार नयाँ भोरियन्टको संक्रमण पुष्टि भएको थियो । त्यस्तै, संक्रमित व्यक्तीको सम्र्पकमा आएका ६६ जनाको पीसीआर परीक्षण गर्दा संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भेरियन्ट पहिलाको तुलानामा बढी फैलन सक्ने विषशज्ञहरुले बताउदै आएका छन् । नेपालको छिमेकी राष्ट्र भारतमा पनि यसको संक्रमण दर बढीरहेकाले नेपालमा विषेश सर्तकता अपनाउनु पर्ने विषशज्ञहरुले चेतावनी दिदै आएका छन् ।

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर– ...

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved