कसरी भित्रियो नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

  • मंसिर २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ दक्षिण अफ्रिकी मुलुकमा फैलीएको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि देखा परेको छ ।
पहिलाको भन्दा चाडै संक्रमण फैलन सक्ने चेतावनी दिँदै आइएको नयाँ भेरियन्ट ओमिक्रोन आइतबार नेपालमा दुई जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै नेपालमा दुई जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

कसरी नेपालमा आइपुग्यो नयाँ भेरियन्ट ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मंसिर ३ गते संक्रमण पुष्टि भएको देशहुदैँ नेपाल आएका ६६ वर्षीय एक व्यक्तीमा संक्रमण पुष्टि भए पछि उनकै सम्र्पकमा आएका अर्का ७१ वर्षीय अर्का व्यक्तीमा संक्रमण पुष्टि भएको हो । नेपाल आएकी दुबैको स्वास्थ्यमा समस्या देखिन थालेपछि कोभिड परीक्षण गर्दा संक्रमण देखा परेको र थप परीक्षणका लागि नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा आइतबार राति नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको हो ।

संक्रमण देखिएका दुबैजना अहिले आसोलेशनमा रहेको र उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
उनिहरुको सम्र्पकमा आएका ६६ जनाको स्वास्थ्य परीक्षण गर्दा ६६ जनाकै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६६ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो भेरियन्ट पहिलाको तुलानामा बढी फैलन सक्ने विषशज्ञहरुले बताउदै आएका छन् ।
नेपालको छिमेकी राष्ट्र भारतमा पनि यसको संक्रमण दर बढीरहेकाले नेपालमा विषेश सर्तकता अपनाउनु पर्ने विषशज्ञहरुले चेतावनी दिदै आएका छन् ।

भोजपुरको चुलाचुली गु ...

भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका&nd ...

पाँचथर–ताप्लेजुङ सडक ...

पाँचथर/ तमोर करिडोरअन्तर्गत पाँचथर–ताप्लेजुङ सडकख ...

मादक पदार्थ सेवनपछि ...

इटहरी/सुनसरीको रामधूनी नगरपालिका–५ मा बिहीबार रात ...

ट्याङ्करको ठक्करबाट ...

विराटनगर/ मोरङको उर्लाबारीमा ट्याङ्करको ठक्करबाट ग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved