Top 4

    Showing 7,451-7,460 of 8,055 items.
  • अवैध ल्याउँदै गरेको ९० हजार बराबरको सामान पक्राउ

    इलाम / भारतबाट अवैध रुपमा नेपाल ल्याईदै गरेको बिभिन्न सामान इलाका प्रहरी कार्यालय पशुपतिनगरले पक्राउ गरेको छ । कस्मेटीक आईटम , प्लाष्टिकका सामान, भाडा बर्तन , मोती माला गरी ९० हजार रुपियाँ बराबरको सामान इलामको पशुपतिनगरबाट गरेको हो । भारतबाट भन्सार छलेर नेपाल ल्याउदै गरेको सामान सूर्योदय नगरपालिका २ चारमाईलबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईको कमाण्डमा खटीएको प्रहरी टोलीले पक्राउ गरी पशुपतिनगर भन्सारमा बुझाईएको छ । प्रहरी निरीक्षक राईले लकडाउनको समयमा भन्सार छलेर सामान ल्याउने क्रम जारी रहेकाले सीमा क्षेत्रमा निगरानी बढाईएको बताए ।

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 717 पटक पढिएको
    • " भगीरथ भण्डारी"
  • धनकुटाको वडा नं ६ सिल

    धनकुटा, २६ भदौ / दुई दिन अगाडी धनकुटा नगरपालिका–६ स्कुलडाँडामा १५ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको छ । कोभिड–१९ संकट व्यवस्थापन समितिको भदौ २५ गते साँझ बसेको आकस्मिक बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण धनकुटामा पनि दिन प्रतिदिन बढ्दै गएकोले त्यसको रोकथाम र नियन्त्रण गर्न ६ दिनको लागि सो क्षेत्र सिल गरिएको हो । बैठकले धनकुटा नगरपालिका–६ को सल्लेरीस्थित पानी ट्याङकीको स्कुलडाँडादेखि दक्षिण बरखगण सल्लेरी व्यारेकको २ नम्बर गेटदेखि पश्चिम कचिंडे चोकदेखि उत्तर गुर्धुमडाँडा सिलढुंगा सामुदायिक वनदेखि पूर्वको चार किल्ला

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 565 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • कोरोनाबाट थप २४ घण्टामा १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण ,१ हजार ८ सय १८ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ २१ आइतबार १६:२३:३८ प्रकाशित  /  आज थप १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ५० हजार ४६५ जना  पुगेको छ । नेपालमा मृतकको संख्या  ३१२ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० जना रहेका छन् ।     

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 595 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वास्थ्य संयोजक संक्रमित भएपछि शिवसताक्षी नगरपालिका सिल

    विराटनगर । झापाको शिवसताक्षी नगरपालिकाको कार्यालय विहीबारबाट एक साताको लागि सिल गरएको छ । नगरपालिकाका स्वास्थ्य संयोजकलाई नै कोरोना संक्रमण भएपछि गाउँपालिका कार्यालय एक साताको लागि सिल गर्ने निर्णय भएको हो । शिवसताक्षीका स्वास्थ्य संयोजकसहित वडा नम्ब ६ का दुई जना महिलामा समेत हिजो संक्रमण पुष्टि भएको थियो । नगरपालिकाको बैठकले संक्रमण जोखिमलाई मधयनगर गरी कार्यालय बन्द गर्ने निर्णय भएको बताइएको छ । तर वडा कार्यालयमार्फत हुने सेवा भने सूचारु हुने मेयर चन्द्रकुमार शेर्माले जानकारी दिएका छन । उनले भने,“स्वास्थ्यका प्रमुखलाई नै कोरोना भएपछि कार्यालयका अन्य कर्मचारीलाई पनि हुन सक्ने जोखिम छ ।

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 1,303 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा ७ थान बन्दुक भेटियो

    इलाम / इलामको सन्दकपुर गाउँपालिका वडा नं। २ माइमझुवाबाट सात थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।प्रहरीले सूचनाको आधारमा जंगलको ओढारको एक स्थानबाट ४ थान र अर्को स्थानबाट तीन थान गरी सात थान बन्दुक बरामद गरेको प्रहरीको भनाई छ । ओढारबाट बरामद गरिएको र सो बन्दुकहरु कसको हो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए ।

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 980 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • विद्युत प्राधिकरणको सिइओमा पुनः कुलमान घिसिङ दोहोरिने सम्भावना बलियो

    सुनसरी । हाल सम्म सरकारले नेपाल विद्युत प्राधिकरणको सिइओ नियुक्तिमा नयाँको लागि खुल्ला प्रतिष्पर्धाबाट उम्मेदवार आव्हान नगरेकाले पुनः कुलमान घिसिङनै दोहोरिने सम्भावना बलियो रहेको छ । प्राधिकरणमा नयाँ व्यक्ति ल्याउन खुल्ला प्रतिष्पर्धाबाट ल्याउनुपर्ने विनियमावलीको व्यवस्था छ । तर आज सम्म पनि नयाँका लागि कुनै आव्हान नभएकाले उनीनै पुनः सिइओ बन्ने सम्भावना रहेको छ । घिसिङलाई सिइओ नियुक्तिका लागि उर्जा मन्त्रालयले आज (विहिबार) बस्ने मन्त्रिपरिषदमा प्रस्ताव लाने भएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले सार्वजनिक रुपमा पनि घिसिङलाई पुनः नियुक्ति गर्ने बताउँदै आएका छन् तर प्रधानमन्त्री केपी शर्मा ओली भन

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 867 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उर्लाबारीमा १२ बर्षिय दलित बालिकालाई जातिय विभेद गर्दै कुटपिट गर्ने विरुद्ध प्रहरीले लियो उजुरी

     धरान । दलित बालिका घर भित्र पसेको भन्दै बालिकालाइ कुटपिट गर्ने परिवार विरुद्धको जाहेरि प्रहरीले दर्ता गरेको छ । मोरङको उर्लाबारी ४ स्थित थापाडागी एक गैरदलित परिवारले दलित समुदायकी १२ बर्षिय फुलसरी मङ्रातीलाई घर पसेको निहुमा कुटपिट गरेका थिए । दलित भएको कारण गालीगलौज गरेर कुटपिट गरेको विरुद्धमा बालिकाकी संरक्षक दुर्गाकुमारी रोक्काले दिएको जाहेरी प्रहरीले दर्ता गरेको हो । यसअघि प्रहरीले जाहेरी लिए पनि दर्ता गर्न आनाकानी गरेको थियो । दुर्गाकुमारीले इलाका प्रहरी कार्यालय उर्लाबारीमा जातीय विभेद तथा छुवाछुत कसुर गरेको अभियोगमा जाहेरी दर्ता गराएकी थिइन । प्रहरीले जाहेरी लिएपछि दुर्गाकुमारीले

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 1,204 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शंकास्पद मृत्यु भएकी धरान ११ की महिलाका श्रीमान पक्षका ४ जना पक्राउ

    धरान । गत सोमबार आफ्नै घरमा झुण्डिएको अवश्थामा भेटिएकी एक युवतीको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिए पछि ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन महिना अघि मात्रै विवाह गरेकी तेह्रथुमकी सोनिहाङ्मा लिम्बु आफ्नै कोठामा झुण्डिएको अवश्थामा सोमबार बिहान फेला परेकि थिईन् । उनको पाखुरामा केही निसान देखिए पछि मृतकका परिवारले शंकास्पद रहेको भन्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले मृतकका श्रीमानका आफन्तलाई पक्राउ गरेको हो । मृतक लिम्बुले धरान ११ स्थित सिसौ पथमा बस्ने सिंगापुर सेनामा कार्यरत आइत माबो सँग ३ महिना अघि विवाह गरेकी

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 4,171 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा १ सय ५५ संक्रमित थपिए

    विराटनगर, २४ भदौ । प्रदेश १ मा आज १ सय ५५ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पुरुष छन् । मोरङको लेटाङमा १ महिला ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता सुनसरीको धरानमा १३ महिला ९ पुरुष, इटहरीमा ९ पुरुष १३ महिला, इनरुवामा ४ महिला १२ पुरुष,

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 769 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा पुन  : थपिए १० संक्रमित

     इटहरी । पछिल्लाे १२ घण्टा यता सुनसरीकाे इटहरीमा पुन: १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । इटहरी उपमहानगरकाे स्वास्थ्य शाखाका अनुसार बुधबार साछ ५ बजे इटहरीमा १० जनालाइ काेराेना पुस्टी भएकाे जनाएकाे छ । थपिएका १० जनामा इटहरी वडा नं १ का १ जना - २३ वर्षिय पुरुष, वडा नं ३ मा -१ जना २६ वर्षिय पुरुष,इटहरी ४ का १ जना २९ बर्षिय पुरुष, इटहरी ५ मा २ जना - ५६ वर्षिय महिला, ६५ वर्षिय पुरुष, इटहरी ९ का ३ जना- २१,५५ वर्षिय महिला र ५९ वर्षिय पुरुष,इटहरी २० का १ जना- ३७ वर्षिय पुरुष रहेका छन । बुधबार बिहान नै इटहरीमा १२ जना संक्रमित थपिएका थिए ।साझ थपिएका १०जना सहित इटहरीमा काेराेनाबाट संक्रमित हु

    • प्रकाशित मितिः भदौ २४, २०७७
    • 535 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved