इलाम / इलाममा आगामीे २५ गतेसम्म खाद्यान्न पसलसमेत बन्द हुनेगरी निषेधाज्ञा गरिएको छ । जिल्लामा कोराना संक्रमण र मृत्युदर बढेपछि प्रमुख जिल्ला अधिकारीले १९ गतेदेखि लागू हुनेगरी निषेधाज्ञामा कडाईको आदेश जारी गरेका हुन । प्रजिअ ध्रुवबहादुर खड्काले सोमबार आदेश जारी गर्दै अब निजी, सार्वजनिक यातायातका साधन, पसल, बजार सबै बन्द गर्ने जनाएका हुन् । उनले आउँदो २५ गतेसम्म औषधि पसलबाहेक सबै बन्द रहने भएकाले ७ दिनलाई पुग्ने खाद्यान्नसमेत सोमबार नै जोहो गर्नसमेत सबैलाई अनुरोध गरेका छन । यसअघि तरकारी, फलफूल र खाद्य सामग्रीका पसललाई निश्चित समय तोकेर खुला गरिएको थियो । तर, सोमबार जारी आदेशमा तरकारी, फलफ
बेलबारी / कोरोनाको सक्रमण दिनप्रतिदिन बढ्दै जानथालेपछि बेलबारी नगरपालिकामा १९ गते देखी २५ गते सम्म लकडाउन गरीने भएको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण समितिको बैठले एक हप्ता सम्म लकडाउन गर्ने निर्णय गरेको हो । १९ गते राति १२ बजे देखी २५ गते राति १२ बजे सम्म लकडाउन गर्ने समितिले निर्णय गरेको छ । लकडाउनको समयमा स्वास्थ्य संस्था तथा अत्याआवश्यक सेवा बाहेकका सम्पुर्ण उद्योग पसल करकारखाना, निजि तथा सरकारी कार्यालयहरु, र बैक बितिय सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । लकडाउनको पालना गर्न गराउन समेत नगरपालिकाले नगरवासिमा आग्रह गरेको छ । अत्याआवश्यक काम बाहेक अन्य काममा घर भन्दा बाहिर ननिस्कन समेत
विराटनगर । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि सर्वसाधारणले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न हेलचेक्र्याईं गर्न थालेपछि विराटनगरमा कडाई गर्न शुरु गरिएको छ । प्रदेश नम्बर १ को राजधानी विरानगरमा केहीयता मास्क नलाई हिंड्ने, भिड गर्ने र सरकारले तोकेका मापदण्डको बेवास्ता गर्ने क्रम बढेको पाइएको हो । प्रहीले विराटनगरमा बिहानैदेखि मास्क लगाए नलगाएको विषयमा अनुगमन गर्न शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले भौतिक दूरी कायम गर्न र स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गराउन प्रहरी सक्रियता बढाइएको बताए । उनले भने,“मास्क नलगाई बजारमा हिंडडुल गर्ने, काम नपर्दासमेत
विराटनगर । विराटनगर चक्रपथको कुल लम्बाई ४२ किलोमिटर छ । तर चक्रपथको ३७ किलोमिटर मात्रै ट्रयाक खोल्ने काम अहिलेसम्म सम्पन्न भएको छ । चक्रपथ निर्माण बजेट अभावमा रोकिएको भने होइन,सरोकारवाल निकायको पहल नहुँदा यसको निर्माणको काम अलपत्र परेको हो । भौतिक योजना मन्त्रालय मातहत रहने गरी सरकारले २०५४ सालमा सुरू गरेको योजना सहरी विकास मन्त्रालय, स्थानीय विकास मन्त्रालय हुँदै प्रदेश सरकार मातहतमा आइपुगेको छ । गुणस्तरहीन निर्माण भएकाले चक्रपथ पिच भएको खण्ड पनि भत्किएको छ। दीर्घकालीन कार्ययोजना र विस्तृत अध्ययन अनुसन्धानबिना नै ट्रयाक खोलेर पिच भएकोले समस्या भएको हो । रोड बनेको ठाउँमा पानीको निकास नहुँदा व
धरान/ पछिल्लो समयमा नया तथा सुविधासम्पन्न स्कुटरको खोजीमा सर्वसाधारण भौतिररहेको समयमा अब भने त्यो झन्झट सएिको छ ।नवदुर्गा अटो प्यालेसले स्कुटी पारखको चाहनालाई पूरा गरिदिएको छ । भर्खरैमात्र सुविधासम्पन्न स्कुटर नवदुर्गाले गरेसंगै अब स्कुटी पारखीको ध्यान नवदुर्गातर्फ नै आकर्षित हुन थालेको छ । बिएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नवदुर्गाले आइतबार लञ्च गरेको हो ।स धरान उपमहानगरपालिकाका मेयर तिलक राई, अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघसुनसरीका अध्यक्ष जनकऋषि राई, सल्लाहकार एवम् पूर्व उपध्यक्ष सन्तोष काफ्लेलगायतको उपस्थितिमा सो स्कुटी सार्वजनिक गरिएको हो । धरानका लागि आधिकारिक बिक्रे
धरान/ पछिल्लो समयमा नया तथा सुविधासम्पन्न स्कुटरको खोजीमा सर्वसाधारण भौतिररहेको समयमा अब भने त्यो झन्झट सएिको छ ।नवदुर्गा अटो प्यालेसले स्कुटी पारखको चाहनालाई पूरा गरिदिएको छ । भर्खरैमात्र सुविधासम्पन्न स्कुटर नवदुर्गाले गरेसंगै अब स्कुटी पारखीको ध्यान नवदुर्गातर्फ नै आकर्षित हुन थालेको छ । बिएस ६ सुजुकी एक्सेस १२५ स्कुटर नवदुर्गाले आइतबार लञ्च गरेको हो ।स धरान उपमहानगरपालिकाका मेयर तिलक राई, अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघसुनसरीका अध्यक्ष जनकऋषि राई, सल्लाहकार एवम् पूर्व उपध्यक्ष सन्तोष काफ्लेलगायतको उपस्थितिमा सो स्कुटी सार्वजनिक गरिएको हो । धरानका लागि आधिकारिक बिक्रे
उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना संक्रमणबाट एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना संक्रमणबाट १५ दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रवार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो । संक्रमण तीव्र बनेपछि शनिवार रातिदेखि गाउँ सिल गरिएको छ । पन्ध्र दिनदेखि खैजनपुरका गाउँलेमा रुघाखोकी र ज्वरो आउने क्रम शुरु भएर बढ्दै गएसँगै पाँच दर्जनभन्दा बढी गाउँले संक्रमित भएपछि शनिवार रातिदेखि यही साउन २४ गतेसम्मका लागि पूरै गाउँ सिल गरिएको वडाध्यक्ष खत्रीले बताए । स्वास्थ्य कार्यालय उदयपुरका
विराटनगर/ महेन्द्र मोरङ क्याम्पस विराटनगरले तीन जना प्राध्यापक र दुई जना सम्मान गरेको छ । क्याम्पसको ६७ औं वार्षिकोत्सवको अवसर पारेर क्याम्पसमा शनिबार आयोजित एक कार्यक्रमबीच उत्कृष्ट काम गरेका उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा प्राध्यापक घनश्याम श्रीवास्तव विज्ञान संकाय, रामनारायण दास व्यवस्थापन संकया र माधवप्रसाद रेग्मी मानवीकी संकाय छन् । यसैगरी कर्मचारीतर्फ सोनु निरौला र जलधर कामतलाई सम्मान गरियो । उनीहरुलाई अर्थशास्त्री भेषप्रसाद धमलाले सम्मान गरे । प्राध्यापक कर्मचारीमा जिम्मेवारी, कर्तव्य बोध र सकारात्मक उत्प्रेरणा होस भनेर केही वर्षयता क्याम्पसको वार्षिकोत्सवको सन्द
धरान/ अक्सिजन अभावकै कारण विरामीले मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यले प्रतिष्ठानको कोभिड अस्पतालमा नया“ अक्सिजन प्लान जडान हुने भएको छ । भारत सरकारको अनुदान करिब अढाई करोड लगात सहयोगमा नया“ अक्सिजन प्लान्ट सञ्चालनमा आउन लागेको हो । भारतबाट प्लान्ट आएको प्लान्ट कोभिड अस्पताल हाताभित्र शुक्रबार नै राखिएको छ । प्रतिष्ठानका सिभिल इन्जिनियरिङ शाखा प्रमुख विकास स्यालले भने‘ प्लान्ट आइसकेको छ, कम्पनीको इञ्जिनियरहरु आएर इन्स्टलेसन गर्न बाकी छ, चाडै नै प्लान्ट सञ्चलनमा आउछ ।’ उनले प्लान्टको क्षमता प्रतिमिनेट १ हजार लिटर अक्सिजन उत्पादन गर्ने रहेको समेत जानकारी दिए ।
विराटनगर/ होटलमा कोरोनाविरुद्धको खोप भेटिएको प्रकरणमा जिल्ला प्रशासन कार्यालयले झापाले छानबिन थालेको छ । बिर्तामोड नगरपालिकाले प्रकरणमा दोषी देखिनेलाई कार्वाही गर्ने प्रतिबद्धता जनाएको छ । शनिबार बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले विज्ञप्ति प्रकासित गरी घटनामा संलग्न भएकालाई कार्वाही गर्ने प्रतिबद्धता जनाएका हुन ।‘छानबिनका क्रममा कुनै पनि प्रकारको कैफियत भेटिएमा यस नगरपालिकाले दोषी उपर आवश्यक कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ । हिजो शुक्रबार अपरान्ह ४ बजे स्वास्थ्य कार्यालयबाट बिर्तामोडका लागि पठाएको कोरोनाविरुद्धको १०३ भाईल भेरोसे