Top 4

    Showing 7,271-7,280 of 9,402 items.
  • शिल्पीको सार्थक रङ्गयात्रा धरानमा

    धरान/ के तपाईं हाँस्दाहाँस्दै रुन र रुँदारुँदै हाँस्न चाहनुहुन्छ ? चाहनुहुन्छ भने शिल्पी थिएटरको ‘ठुला माछा–साना माछा’ तपाईंका लागि उत्तम विकल्प हुन सक्छ । यो नाटकले तपाईंलाई मनोरञ्जन मात्र दिने छैन, यसले समकालीन नेपाली जीवनमा विद्यमान् सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक बेथितिसँग पनि साक्षात्कार गराउनेछ । काठमाडौँको शिल्पी थिएटरका कलाकारहरूले सोमबार धराने दर्शकहरूलाई यसै गरी हँसाउँदै रुवाए र रुवाउँदै हँसाए । रङ्गयात्राको क्रममा मोरङ, झापा र सुनसरीका विभिन्न स्थानमा नाटक मञ्चन गरेर शिल्पीको टोली काठमाडौँ फर्किसकेको छ । यो यात्राको समापन शिल्पीले धरान सभागृहको परिसरमा सोमब

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 802 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का नव नियुक्त मुख्यमन्त्री राई सहित ५ जना मन्त्रीले लिए शपथ

    धरान । प्रदेश १ का नव नियुक्त मुख्यमन्त्री राजेन्द्र राई सहित ४ मन्त्री तथा १ राज्य मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् । आजै नियुक्त भएका मुख्यमन्त्री राईलाइ प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् । त्यस्तै राईले आजै ४ मन्त्री, १ राज्य मन्त्री सहितको मन्त्रीमण्डल समेत गठन गरेका छन् । मन्त्रीहरुले पनि आजै पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्रीको शपथ लिएका छन् ।

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 1,138 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राई नियुक्त

    धरान। प्रदेश १ को मुख्यमन्त्रीमा रानेन्द्र राई नियुक्त भएका छन् । उनलाई मंगलबार प्रदेश प्रमुख सोनाथ अधिकारी (प्यास)ले संविधानको धरान १६८ (२) अनुसार नियुत्त गरेका हुन् ।उनले मंगलबार (आजै) दिँउसो पद तथा गोपनियताको सपथ गह्रण गर्ने भएका छन् । निवर्तमान मुख्यमन्त्री भिम प्रसाद आचार्यले पदबाट राजीनामा दिएसगै सोमबार नै प्रदेश प्रमुखले नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । नेकपा एकीकृत समाजवादीका नेता राईले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका गरी ४९ सांसदको हस्ताक्षरसहित बहुमतको मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।  

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 1,279 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लेखन तथा उद्घोषण तालिम सम्पन्न

    इटहरी/ मोरङको लेटाङमा प्रस्ताब, माइन्युट लेखन तथा उद्घोषण तालिम सम्पन्न भएको छ । गुडलक एजुकेशन तथा ट्रेनिङ सेन्टर प्रा.लि.इटहरीको आयोजनामा लेटाङ नगरपालिकाको सहयोगमा नगरका ९ वटै वडाबाट ५० जना सहभागीलाई तालिम प्रदान गरिएको हो । तालिम लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको प्रमुख आतिथ्यतमा सम्पन्न भएको हो । समापनमा सहभागीहरुलाई प्रमाणपत्रका साथै तालिम पुस्तिका समेत वितरण गरिएको छ । कार्यक्रममा नगर प्रमुख राईले नगरपालिकाले नागरिकको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरु आगामी दिनमा समेत सञ्चालन गर्दै जाने प्रतिवद्धता जनाए । कार्यक्रमका लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत प्रसाद दा

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 730 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी पिडितलाई मुआब्जा दिन कांग्रेसको प्रतिबद्धता

    बराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेका कोशी बाढि पिडित तथा भुमिहिन सुकुम्बासीलाई धनिपुर्जा दिलाउन प्रतिबद्धता जनाएको छ । २०२२ सालमा कोशी कटानबाट बिस्थापित भई सुकुम्बासीमा बस्दै आएका परिबारलाई धनिपुर्जा दिलाउन नेपाली कांग्रेस नगर समितिले सुचना, संञ्चार तथा प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सुकुम्बासी समस्या हल गर्न बनेको राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशब निरौलालाई आग्रह गरेको छ । सोमवार नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले देबिघाट स्थित बसन्तऋतृ माबिको खेलमैदानमा आयोजना गरेको एक कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति रमेश कार्कीले नेकपा एमालेको सरकारले ४ बर्ष सम्

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 647 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यामाहाको नयाँ मोडल बजारमा

    धरान/ तिहार तथा छैठ पर्वको आवसर पारेर यामाहा कम्पनीको नयाँ मोडलको मोटरसाइकल बजारमा आएको छ । यामाहा कम्पनीले ग्राहकहरुको सहजतालाई ध्यानमा राखी नयाँ मोडलको मोटरसाइकल बजारमा ल्याएको हो । यामाहाको धरानस्थित आधिकारिक विक्रेता विजयपुर टे«ेडर्सले सोमबार एक कार्यक्रमको आयोजना गरी मोटरसाइकल सार्वजनिक गरेको हो । यामाहा एफ जेड एस भि थ्रि मोटरसाइकल सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाबाट सार्वजनिक गरेका हुन् । सुविधा सम्पन्न मोटरसाइकल अन्य भन्दा सुविधाजनक भएको विजयपुर टे«ेडर्सका प्रवन्ध निर्देशक प्रभाव खतिवडाले जानकारी दिए । उनले अन्य मोटरसाइकल भन्दा तेल कम खपत हुने, तान

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 569 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाढी नियन्त्रणको योजना कागज मै सिमित

    इटहरी/ गत कार्तिक २ गते लगातार परेको बेमौसमी वर्षाका कारण आएको बाढिले इटहरीमा ९ करोडको क्षति पुगेको छ । इटहरी उद्योग वाणिज्य संघले तयार पारेको तथ्यांक अनुसार इटहरी स्थित टेंग्रा, खेति खोला साथै तरहरा स्थित खार्शाला, पानीपियाको पैनिमा आएको बाढिले इटहरी उपमहानगरको बिभिन्न ब्यवसाय, कृषि तथा जिन्सि सामग्रीहरूमा क्षति पुगेको छ । इटहरीमा सञ्चालन हुदै आएका एक दर्जन बढी पुस्तक पसलहरूमा बाढी पस्दा करीब ३ करोड बराबरको क्षति भएको इटहरी उद्योग वाणिज्य संघले जनाएको छ ।बाढिबाट १५ सय नगरवासीहरू प्रत्यक्ष प्रभावित बनेको संघको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै बाढिले होटल ब्यवसायमा धेरै क्षति गरेको प्रतिवेद

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 782 पटक पढिएको
    • "तेजबहादुर बन"
  • ठेलामा फास्टफुड व्यवसाय बढ्दै, खाद्य स्वच्छतामा खोई चासो ?

    धरान/ पछिल्लो समय सडकमा ठेलामा राखेर फास्टफुड बेच्ने प्रचलन बढ्दै गएको छ । विशेष गरि साँझको समयमा सडकका छेउछाउ ठेलामा फास्टफुड बेच्नेहरुको भिडनै लाग्ने गरेको छ । धरानमा पनि विगत १० वर्ष देखिनै सडकमा ठेलामा फास्टफुडको व्यापार भइरहेको छ । तर सडकका ठेलामा बिक्रि भइरहेका फास्टफुडहरु कति स्वच्छ र गुणस्तरिय छन् भन्ने विषयमा भने कसैले चासो दिएका छैनन् । सडक छेउछाउमा विक्री गरिने चाउचाउ, अन्डारोल, चाउमिन, मोमो मानिसले स्वाद मानी मानी खाने गरेका छन् । छिटो तथा सस्तो मूल्यमा सडकमै उभिएर भोक मेटाउने गरेका छन् । तर यी खाद्य सामाग्रीका शुद्धताको विषयमा कसैले अनुगमन गरेका भने पाइदैन । धरान १३ का सुवास

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 1,016 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • सांग्रिला बैंकको वित्तीय साक्षरता

    विराटनगर । सांग्रिला डेभलपमेन्ट बैंकले मोरङको कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरमा बैंकिङ साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकको १७ औं वार्षिकोत्सवको अवसर पारेर विराटनगर शाखाले वचत संकलन मात्र नभई ऋण परिचालन तथा सही वित्तीय निर्णयबारे सर्वसाधारणलाई जानकारी गराएको हो । पैसाको सही प्रयोग गर्ने सीप, वित्तीय संस्थाहरुले दिने सेवा सुविधाहरुको सही प्रयोग गर्ने विधि तथा वित्तीय सेवा उपभोगको अधिकार तथा कर्तव्यको बारेमा जानकारी दिइएको हो । बचत, ऋण, लगानी, विप्रेषण, आधुनिक बैंकिङ प्रणाली, वीमा तथा शेयर बजार र बैंकिङ पहुँच समेतका विषयमा नागरिकहरुलाई सुसुचित गराउनु पनि बैंकको दायित्व भित्र पर्ने बै

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 870 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिँदै

    धरान । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् । विश्वासको मत प्राप्त गर्न सक्ने आधार नदेपछि आचार्यले राजिनामा दिन लागेका हुन् । आज प्रदेशसभाको बैठकमा उनले विश्वासको मतलिने कार्यतालिका थियो र उनले त्यस अगावै राजिनामा दिन लागेका हुन् काठमाण्डौंको एक सञ्चार माध्यमसग कुरा गर्दै उनले सो कुराको पुष्टि गरेका छन् ।  

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 694 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved