धरान । महालक्ष्मी नगरपालिकाका कृषकहरुका लागि तरकारी खेती जीविकोपार्जन गर्ने दरिलो माध्यम बनेको छ ।
विगता वैदेशिक रोजगारमा गएर फर्किएकाहरु समेत अहिले वैदेशिक रोजगगारी छोडेर उनीहरु तरकारी खेती गर्न थालेका छन् ।
महालक्ष्मी नगरपालिका वडा नं. ४ का डम्बर पौडेलले एक पटक साउदी अरब पुगेर आएपछि उनले अहिले तरकारी खेती शुरु गरेका छन् । तरकारी खेती गरिसकेपछि अहिले स्वदेशमै विदेशको भन्दा बढी आम्दानी हुने उनी बताउछन् ।
चारैतिर सडक सञ्जालले छोएपछि तरकारीको बजारको समेत उनलाई कुनै असुविधा छैन । सडक सञ्जालले छोएपछि उनले उत्पादन गरेको तरकारी तराई नै ल्याउनु पर्ने बाध्यता भएको उनी सुनाउछन् । उनले उत्पादन गरेको तरकारी धेरैजसो व्यापारीले बारीबाटै उठाउने गर्छन् भने व्यापारी नआए पनि नजिकैको बजार धनकुटाको लेगुवा र संखुवासभाको मुढेसंसारे गाढीमा ल्याएर बेच्ने गर्छन् ।
उनी भन्छन्–‘विगतमा यो ठाउमा जे उत्पादन गरे पनि विक्री नहुदा बारीमै कुहिरे जाने गथ्र्यौ अहिले भने आफूले उत्पादन गरेको सागसब्जीले नपुग्ने गरेको छ ।’
उनी जस्तै सोही गाउका तारा पौडेले समेत यस्तै सुनाउछन् । तरकारी खेतीबाट बर्षमा ३÷४ लाख रुपैया आम्दानी गर्ने बताउछन् । उनी भन्छन्–‘समय अनुसार टमाटार, घिरौला, स्कूस, लसुन, आलु लगायतका सब्जी रोप्छौ घरबाटै उचित मूल्यमा व्यापारीहरुले लाने गर्छन् ।’
विगतमा धान खेतीमा निर्भर उनी अहिले धान खेती कम गर्ने बरु तरकारी खेती बढी गर्ने बताउछन् । उनी भन्छन्–‘तरकारी खेती गरेरको एक बर्ष जति भयो, अहिले आम्दानी पनि राम्रो भएको छ ।’
त्यहाका कृषको जीवनस्तर उस्केकै कारण प्रत्येक घरमा अहिले सवारी साधन छन् । प्रत्येकको घरमा एउटा मोटरसाइकल नभएको घर नै छैन । सोही स्थानका नविन चापागाईले तरकारी खेतीकै कारण अहिले आफूहरुको जीवनस्तर उक्सिएको बताए । उनले भने–‘तरकारी खेतीकै कारण अहिले यो गाउको सबैको जीवनस्तर उस्किएको छ ।
यता स्थानीय सरकारले समेत तरकारी खेती गर्नेलाई सहयोग पु¥याउदै आएको छ । महालक्ष्मी नरपालिका वडा नंं ४ का वडाध्यक्ष भरत चापागाईले तरकारी खेती गर्ने सर्वसाधारणलाई विउ, मल लगायतका सामाग्री सहयोग गर्ने गरेको बताए । उनले भने–‘अहिले यो गाउ“का अधिकांश तरकारी खेतितर्फ आकर्षित छन्, आम्दानी राम्रै भएर उनीहरु वैदेशिक रोजगारी छोडेरै तरकारी खेती गर्न थालेका छन् ।’