धरान । जातीय विभेद अहिले पनि कायमै छ । मन्दिरमा प्रवेश गर्न खोज्दा हत्या भएका घट्ना पनि सार्वजनिक हुदै आएका छन् । होटलहरुमा पनि दुव्र्यवहार गरेका घट्नाहरु बाहिर सार्वजनिक हुने गरेका छन् ।एका तिर विभेदपूर्ण समाजका घटनाहरु भइरहेका छन् भने कतै सम्मान पनि भइरहेका छन् । खोटाङ जिल्लाको च्यानडाँडाका ९५ बर्षीय मानबहादुर विश्वकर्मालाई पण्डित कर्म गरैकै कारण एक भव्य समारोहबीच सम्मान गरिएको हो । कार्तिक २६ गते पं. विश्वकर्मालाई बराहक्षेत्र नगरपालिका चतरामा प्रथम जगतगुरु पीठमा आयोजना भइरहेको महायज्ञमा सम्मान गरिएको हो । विकलाई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल तथा जगतगुरु महाराज मोहनशरण देवाचार्यले दोस
काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन बनाउन जुटेको छ । गुठी–मोहीहरूको हितमा सबैका धर्म, संस्कार र संस्कृतिको रक्षा हुने गरी गुठीसम्बन्धी कानुन बनाउन मन्त्रालयले सरोकारवालासँग छलफल सुरु गरेको हो । मन्त्रालयले मुक्त हलिया, कमैया, कमलरी र सुकुम्बासीका प्रतिनिधि गुठी संस्थानका पदाधिकारी, कानुनका जानकार र संस्कृतिविज्ञसँग छलफल सुरु गरेको छ । नेपालको ६८ जिल्लामा गुठी जग्गा छन् । पहाडतर्फ रैतानी, अधिनस्थ र तैनाथी गरी पाँच लाख ६१ हजार ९९० रोपनी, तराईमा ६६ हजार ३३० बिघा र राजगुठी दुई हजार ८२ रोपनी रैतानी हुन सकेको छैन । मोहीहरूक
विराटनगर । नेपाल ट्रेड युनियन कांग्रेसमा आबद्ध पदाधिकारी तथा श्रमजीवीले कांग्रेसको आसन्न १४ औं राष्ट्रिय महाधिवेशनमा संयुक्त उम्मेदवारी दिनेघोषणा गरेका छन् । विराटनगरमा शुक्रबार आयोजना गरिएको १४ आंै महाधिवेशनमा श्रमजीवीहरुको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा मोरङबाट प्रतिनिधित्व गर्ने युनियनकर्मीले उम्मेदवारी घोषणा गरेका हुन । मंसिर ३ देखि १० गतेसम्म हुने महाधिवेशनमा २५ जनाले उमेदवारी घोषणा गरेका छन् । मोरङ जिल्ला सचिव पदमा दाबेदारी पेश गरेका ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइरालाले जिल्लाबाट कूल २५ जनाले उमेदवारी दिने तयारी भएको बताए । कार्यक्रममा सार्क टुकका महासचिव एंव
बराहक्षेत्र/ पुर्ब प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले चतराधाममा नेपालका सबै धार्मिक शक्तिपीठको प्रतिनिधित्व समेटिनेगरी धार्मिक संग्राहालय बनाउनुपर्नेमा जोड दिएका छन् । पशुपतिनाथको देशको रुपमा संसारभर परिचित नेपाललाई धार्मिक केन्द्रको रुपमा बिकास गर्ने सबै धार्मिक स्थलको प्रतिनिधित्व हुने धार्मिक संग्रहालय बन्नु पर्ने र त्यसकालागि जगदगुरु वालसन्त मोहन शरणले नेतृत्व लिनु पर्ने बताए । उक्त संग्राहलय सुनसरीको चतरा उपयुक्त हुने समेत नेपालले बताए । प्रथम जगदगुरु पिठ एब् श्री राधाकृष्ण भक्ति साधना आध्यात्मिक प्रतिष्ठान चतराधामद्वारा जगदगुरु अनन्त श्री व
युनिफर्म भन्ने शब्द सुन्नेबित्तिकै हामी निलो रंगको सर्ट, गाढा निलो रंगको पाइन्ट र वा स्कर्ट लगाएका छात्रछात्राहरू सम्झिन्छौँ। निजी क्षेत्रका विद्यालयहरूमा विद्यालय अनुसारका अलग–अलग रङ्गका युनिफर्म पनि प्रचलनमा छन्। सामान्यतः छात्राहरूका लागि सर्ट र स्कर्ट तथा छात्रहरूका लागि सर्ट र पाइन्टको व्यवस्था हुने गर्छ। तर के स्कर्ट छात्राहरूका लागि सहज पोशाक बन्न सकेको छरु यी दुई प्रकारका पोशाकले एलजिटिक्युआइएं अर्थात् फरक लैंङ्गिक पहिचान भएका विद्यार्थीहरूलाई समेट्न सकेको छ तरु छात्राहरूमा संकोच विद्यालयको युनिफर्मको माध्यमबाट मजबुत बन्दै गएको लिङ्गभेदको अवधारणा समाजको समस्या हो। तर कति मानिस
राजनीतिले नागरिक अनि राज्यलाई जोड्छ । राजनीति नागरिक जीवनलाई सहज बनाउन समाजमा लुकेको शक्तिको खोज, संकलन, प्रस्फुटन गर्ने विज्ञान हो । जहाँ नागरिकको आवश्यता हुन्छ, त्यहाँ राजनीति हुन्छ । हाम्रो जीवनस्तरलाई उकास्ने अनि व्यवस्थित गर्न पत्रकारितालाई ‘ब्याकग्राउण्ड’ बनाएर जीविकोपार्जन गर्दै आएका धेरै पत्रकार खुलेरै राजनीतिमा सक्रिय हुन थालेका छन् । सक्रिय पत्रकारितालाई त्यागेसँगै राजनीतिमा सम्भावना देखेर अवसर खोजिरहेका धेरै पत्रकारमध्येको नाम हो– पवन अधिकारी । नेपाली काँग्रेसको १४ औं महाधिवेसनको सरगर्मी तातिएका बेला अधिकारीले केन्द्रीय महाधिवेसन प्रतिनिधीमा उम्मेदवारी दिएर चुनाबी
काठमाण्डौं/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीइभिटी० ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह ९पिसिएल० नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो । परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिए। आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुम
मानव दुनियाँले देखेको जुनसुकै महामारीले मानिसलाई क्वारेन्टिन वा आइसोलेनमा बस्न बाध्य बनाएको छ। रोगको फैलावटलाई कम गर्न र भाइरसको खतराबाट आफूलाई सुरक्षित राख्नका लागि मानिसहरू क्वारेन्टिन बस्ने गर्छन्। कोभिड १९ का दौरान हामी सबैले यो प्रयोग कुनै न कुनै तरिकाले गर्यौँ। तर कल्पना गर्नुहोस् त, तपाईं कुनै त्यस्तो दुर्लभ कारणले पूरा जीवनभर क्यारेन्टिन बस्नुपर्ने छ र तपाईं त्यसबाट बाहिर निक्लिने बित्तिकै तपाईंको मृत्यु हुने निश्चित छ। सायदै तपाईं यो कुराको कल्पना पनि गर्न सक्नु हुन्न। तर एक अमेरिकी बालकले आफ्नो पूरै जीवन एउटा प्लास्टिकको थैलोभित्र बिताए। एउटा दुर्लभ अवस्थाका कारण जीवनभरि प्लास्
धरान । पर्याप्त बजेट नहुँदा ढिलाई भएको धरानको वडा नम्बर १५ र वडा नम्बर ४ जोड्ने पक्की पुल ६ वर्ष पछि सम्पन्न भएको छ । ग्रामिण क्षेत्रलाई धरान बजार सँग जोड्न २०७२ सालमा पक्की पुल निर्माण शुरु भएको थियो । तत्कालिन निर्वाचन क्षेत्र विकाश कोषबाट विनियोजित बजेट र स्थानीय उपभोक्ताको ३० प्रतिशत लगानीमा पुल निर्माण थालिएको थियो । तर पर्याप्त बजेट विनियोजन नहुँदा पुल निर्माण सम्पन्न हुन ६ वर्ष लागेको हो । १० वर्ष अघि स्थानीयले काठे पुल बनाएका थिए । ६ वर्ष अघि काठे पुल सेउती खोलाको बाढीले बगाए पछि पक्की पुल निर्माण थालिएको थियो । राष्ट्रिय योजनामा समावेश गर्ने प्रतिबद्धता सहित तत्कालिन सांसद मिन विश्वक
धरान । राज्यबाट अनुदान तथा विभिन्न प्राविधिक सहयोग नपाउँदा कुखुरापालक कृषकहरु पेशा छोडेर पलायन हुन थालेका छन् । स्वदेशमै बसेर कृषि पेशाबाट आश्रित हुन कोशिष गरे पनि लगानी डुब्दै जान थालेपछि कुखुरापालक पेशा नै छोड्न बाध्य बन्दै गएका छन् । धरान १५ का राजन कार्कीले २ बर्ष घरमै बोइलर कखुरा पाले । ४० हजार लगानी लगाएर शुरु गरेको व्यवसाय पहिलो बर्ष ६० हजार आम्दानी भयो । आम्दानी राम्रो भएपछि उनी हौसिएर १ लाख रुपैयाको लगानीमा कुखुरा पाल्न थाले । लगानी बढाएकै वर्ष कुखुरामा संक्रमण रोग देखियो । रोगकै कारण कुखुरा मर्न थाले । कुखुरामा देखिएको रोग नियन्त्रण गर्न प्राविधिक सहयोगका लागि धाए तर कुखुरा मर्न छाड