छ लेन सडक विस्तार : दुहवी बजारमा सडक चौडा हुने "छ लेन सडक विस्तार"

  • माघ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । छ लेन सडक विस्तारको क्रममा शुरुवात देखि नै अवरोध रहेको रानी विराटनगर–धरान सडक खण्डको दुहवीको बजार क्षेत्रमा १६ दशमलव ४६ मिटर मात्रै सडक चौडा गर्ने सहमती भएको छ । बसोबास बाहेकका स्थानमा भने ३० मिटर खाली गराउने सहमती भएको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको रोहवरमा सडक आयोजनाका प्रमुख बद्रीप्रसाद शर्मा, दुहवी नगरपालिकाका प्रमुख वेद गच्छदार, बसोबास क्षेत्र रहेको दुहवी वडा नं. ३, ५ र ६ का वडाध्यक्षहरुको वैठकले दुहवी नगरपालिकाको बसोबास बाहेकका स्थानमा भने १५÷१५ गरी ३० मिटर खाली गराउने सहमति भएको छ ।

प्रारम्भदेखि नै दुहवीका स्थानीयहरुले दुहवी बजारलाई बसोबास क्षेत्र भन्दै सडक विस्तारमा अवरोध गर्दै आएका थिए । सडक क्षेत्र यकिन हुन नसक्दा अहिलेसम्म टेण्डर प्रक्रिया समेत अगाडी बढ्न सकेको छैन । लामो समयदेखि स्थानीयको अवरोधको कारण दुहबीमा मात्रै सडक विस्तारको काम अवरुद्ध हुँदा रानी देखि धरान सम्मको सडक निर्माण कार्य ८० प्रतिशत मात्रै सम्पन्न भएको छ । आयोजनाको काम अघि बढ्न नसके पछि गत पुष २६ गते धरान–विराटनगर सडक आयोजनाले दुहवी नगरपालिकालाई पत्राचार गरी सडक किनारका घर टहरा हटाइदिन आग्रह गरेको थियो ।

धरान–विराटनगगरसडक आयोजनाका प्रमुख बद्रीप्रसाद शर्माले निर्माण क्षेत्रको सडक सीमा जति हो त्यतिमात्र हाललाई खाली गर्ने वैठकले सहमति गरेको बताए । वि.सं. २०५४ सालमा राजपत्रमा सूचना प्रकाशित गरेरै सडक सीमा घटाइएको भन्दै शर्माले हाललाई सडक सीमा भन्दा बाहिर नजाने निर्णय भएको हो । दुहवीका स्थानीय बासिन्दाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वाेच्चले ३० मिटर खाली नगर्न आदेश दिएको छ ।

शर्माले भने, ‘सडकको सीमा घटाउने बढाउने अधिकार प्रमुख जिल्ला अधिकरी, आयोजना, स्थानीय निकायका पदाधिकरीलाई हुँदैन, हामीले त मन्त्रिपरिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गर्नेमात्र हो ।’ १६ दशमलव ४६ मिटर भित्र १ सय ७७ घर पर्छन् । कतिपय घरपसलहरुले मापदण्ड समेत मिचेर सडक चौडा च्यापेर टहरा बनाइएको छ ।

विराटनगरको रानीदेखि धरानको तीन कुनेसम्मको सडक विस्तारका लागि पुलसहित १७ प्याकेजको कुल ४४ किलोमिटरमा ६ लेनको काम भइरहेको छ । विराटनगरको रानीमा भन्सार कार्यालयका कारण लामो समयदेखि रोकिएको काम भर्खरै शुरु भएको छ ।

रानी विराटनगर–इटहरी–धरान व्यापारिक मार्ग बिस्तारको काम आर्थिक वर्ष २०७५–०७६ मा सम्पन्न हुनुपर्ने थियो । तर यो सडक बिस्तारको काम पटक पटक म्याद थपिदै आएको छ । अबको दुई बर्ष अर्थात २०८० भित्र सबै प्याकेजको काम पुरा गर्नु पर्ने समय सिमा छ । तर अहिलेसम्म ११ वटा प्याकेजमा २८ किलोमिटर सडक कालोपत्रे गर्ने काम मात्र पूरा भएको छ ।

५० वर्षसम्म नेपाललाई ...

सुर्खेत/  नेपालको पेट्रोलियम अन्वेषणको इतिहास ...

‘श्रमको कदर मात्रै, ...

धरान/  धरान–१६ को सर्दुखोला किनारमा ग्य ...

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved