सामुदायिक अगुवा: परिवर्तनका एक संवाहक

  • माघ २६, २०७८
  • समिता घिमिरे / उपेन्द्र कुँवर
alt

बिकासको नाममा सडक पुगेको, तर बर्सादमा पहिरोले गर्दा कैयौ महिना बाटो बन्द हुने। बिजुली पुगेको; तर साना जलबिद्दुततले गर्दा बिजुली बाल्नसम्म पुग्ने; टि.भि हेर्न नमिल्ने। फोनको टावर पुगेको, तर घाम लागेको दिनमात्र सम्पर्क गर्न सकिने ठाउँ अनि ति ठाउँका पिछडिएको समुदायका महिला; मुस्किलले पढ्नलेख्न सम्म सक्ने महिला। कति त अनपढ!

त्यस्तो ठाउका महिलाले आफ्नो स्वास्थ्य सम्बन्धि अधिकारको लागि आवाज उठाएको, गाउटोलका अरु महिलालाई प्रजनन् स्वास्थ्य सम्बन्धि धेरै थोरै जानकारी दिएको, स्थानीय कर्मचारी र नेतासमक्ष प्रजनन् जस्तो बिषयमा आफ्नो समस्या खुलस्त रुपमा राखेको र समाधानको माग गरेको दृश्य हामिमध्ये कतिले कल्पना गर्न सक्छौ?

नेपालको १४ जिल्लामा चलिरहेको सुरक्षित गर्भपतन सुद्रिढिकरण परियोजना अन्तर्गतका पालिकाहरुमा त्यस्तै दृश्य देख्न सकिन्छ। यहाका प्रजनन् उमेरका महिलाहरु आफ्नो अधिकार सुनिश्चितताको लागि आफै पैरवी गर्छन। आफ्ना छरछिमेकका महिला/ पुरुशहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धि आफुले जानेको जानकारी आफै दिन्छन र समाजमा आफ्नो प्रजनन् स्वास्थ्य अधिकार सुनिश्चितताको लागि नागरिक समाज तथा विभिन्न संघसंगठनसंग मिलेर संजाल बनाइ विभिन्न कार्यक्रम गर्न आफै सक्रिय हुन्छन।

आखिर यहाका महिलाहरुमा यस्तो चेतना कहाबाट आयो?

आइपास नेपालले लामो समयसम्म समुदायमा लामो समयसम्म प्रजनन् स्वास्थ्य क्षेत्रमा गरेको कामको अनुभव र अरु सिकाईको आधारमा सामुदायिक अगुवाको अवधारणा सुरु गर्यो। समुदायस्तरका प्रजनन् उमेरका सिमान्तकृत महिला जसलाई आफ्नो प्रजनन् स्वास्थ्य सम्बन्धि निर्णय गर्न सुचनाको पहुच साथसाथै क्षमता अभिवृद्धिको खाचो छ, उनीहरुलाईप्रजनन् स्वास्थ्य सम्बन्धि पाच दिने तालिम दिएपछि सुरक्षित गर्भपतन सुद्रिढिकरण परियोजना लागु भएका जिल्लाका महिलाहरुले आफ्नो प्रजनन् स्वास्थ्यको जिम्मेवारी आफै लिने जमर्को गरेका हुन्। अरुबेला घर बाहिर निस्किने, सामाजिक क्रियाकलापमा भाग लिने, समाजमा नेतृत्वदायी भूमिका खेल्ने काम कहिलेपनि नगरेका महिला आजकल आफ्नो गाउघरमा प्रजनन् स्वास्थ्य सम्बन्धि जानकार व्यक्तिको रुपमा चिनिन्छन। प्रजनन् स्वास्थ्य सम्बन्धि धेरै जानकारी नभएपनि आफ्नो अगाडि कुनै त्यस्तो समस्या देखिहाले सम्बन्धित ठाउ र व्यक्तिसंग समन्वय
गराउने भूमिका खेल्छन।

के हो सामुदायिक अगुवाको अवधारणा?

सामुदायिक अगुवा भनेका समाजमा रहेका पिछडिएको समुदायको प्रजनन् उमेरका आफ्नो लागि आफैले केहि गर्नुपर्छ भनेर अग्रसर हुने महिला हुन्। यो अवधारणा महिला र किशोरीको प्रजनन् स्वास्थ्य सेवा र अधिकारको लागि स्वयं निर्णय गर्न सक्ने आत्मशक्ति बढाउन सघाउ पुर्याउने उद्धेश्यले ल्याइएको हो। नेपालको संबिधान २०७२ ले प्रजनन् स्वास्थ्यलाई मौलिक हक मान्दा, सुरक्षित गर्भपतनलाई प्रजनन् स्वास्थ्यको एक हिस्सा मान्दै गर्दा, जनस्वास्थ्य सेवा ऐन तथा नियमावलीले पनि सुरक्षित गर्भपतन सेवालाई आधारभूत स्वास्थ्य सेवा मान्दै गर्दा प्रजनन् स्वास्थ्यलाई बेवास्ता गर्नुहुदैन। जबसम्म प्रजनन् स्वास्थ्यको सुनिश्चितता हुदैन, तबसम्म स्वास्थ्यको सुनिश्चितता हुदैन। र जबसम्म महिलाले आफ्नो प्रजनन् स्वास्थ्यको अधिकारको सुनिश्चितताको माग गर्दैनन् तबसम्म यो बिषय ओझेल नै परिरहन्छ। र यहि अधिकारमुखी अवाधारणालाई मध्यनजर गर्दै महिलाले आफ्नो प्रजनन् स्वास्थ्य अधिकारको सुनिश्चितताको लागि आवाज आफै उठाउन भनेरै उनीहरुको क्षमता अभिवृद्धिगराउन सामुदायिक अगुवाको अवधारणा ल्याइएको हो।

यो अवधारणा आएपछि आइपास नेपालको परियोजना क्षेत्रका अन्तर्गत ७७ महिलाले तालिम पाएका छन् र तालिम पछी पूर्ण रुपमा स्वयंसेवी भावनाले स्व: परिचालित भएर समुदायस्तरमा क्रियाशील भएका छन्। 

सामुदायिक अगुवाको खुसि, पिडा र गुनासो: 

हेर्दा सानो कार्य देखिएपनि सामुदायिक अगुवाहरुले समाजमा ठुलो भूमिका खेलिरहेका छन्। कति महिला प्रजनन् स्वास्थ्य सम्बन्धि समस्या हुदा पनि पनि लुकाएर बसिरहेका हुन्छन्, कति घरेलु हिंसा भोगेर बसिरहेका हुन्छन त कति अनिच्छित गर्भधारण हुदा कहा जाने के गर्ने भनेर अन्योलमा बसिरहेका हुन्छन। यी सब कुरा आफ्नो गाउठाउका महिलालाई सुनाउन सजिलो हुन्छ र धेरैथोरै जानकारी र हौसला पाए स्वास्थ्यकर्मी संग खुल्न पनि सजिलो हुन्छ। प्रजनन् स्वास्थ्यको बिषयमा वकालत गर्दै गर्दा विभिन्न संघसंस्थाले बोलाउने, समाजमा एउटा जानकार व्यक्तिको स्थान पाउदा यो बिषयमा बोल्न अझै प्रेरणा मिलेको सामुदायिक अगुवा बताउँछन्

तर आफ्नै गाउठाउका दिदीबहिनीलाई सजिलो होस् भनेर कार्यक्रम/ भेला हुदा दुइ शब्द बोलिदिदै गर्दा सामुदायिक अगुवा अफ्ट्यारोमा पनि पर्ने गरेका छन्। आफु स्वयंसेवी रुपमा आफ्नो ठाउका सम्पूर्ण महिलाको स्वास्थ्यको लागि बोल्दै गर्दा समाजमा भने संस्थाका कर्मचारी पो हुन् कि भन्ने भ्रममा पनि कोहि व्यक्तिहरु रहने गरेका छन्। त्यस्तो अवस्थामा कुनै सभा/ कार्यक्रममा बोल्दा खाजfनास्ताको अपेक्षा हुदा कहिलेकाही नमिठो भनाइ सुन्नु परेको सामुदायिक अगुवाहरु बताउछन।

सामुदायिक अगुवाले ल्याएको परिवर्तन:

एकपटक तालिम पाएर फेरी सम्पर्क भएन भने त्यसपछिको उपलब्धिको बारे जानकारी हुदैन। तर सामुदायिक अगुवाहरुले तालिमपश्चात स्थानीय गैरसरकारी संस्थाको प्राबिधिक सहयोगमा निरन्तर रुपमा परिवर्तनको संवाहक बनेका छन्। पहिला आफै छाउगोठमा बस्नुपर्ने, घरबाहिर निस्किदा, समाजका अरु छोरा मान्छेसंग हासेर बोल्दा पनि समाजले के सोचला भनेर डर मान्ने महिला आजकल आफ्नै घरपरिवारमा पनि नकारात्मक पुरुशवादी सोचलाई परिवर्तन गर्दै छन्। समाजमा अझैँपनि धेरै मात्रामा गलत धारणा रहेको गर्भपतन जस्तो बिषयमा बोल्न थालेपछि आफुले महिलाको पिडा झन् नजिकबाट साक्षातकार गर्न पाएको कुरा उनीहरु बताउछन। 

स्थानीय तहमा कार्यक्रम गर्दा उनीहरुको साथ/ सहयोग लिने र कार्यक्रममा उनीहरुलाई पनि सहभागी गराउदा उनीहरुको पनि क्षमता अभिवृद्धि भइरहेको छ। उनीहरुले आफु जस्तै महिलातथा पुरुशहरुको सहयोगमा प्रजनन् स्वास्थ्यको सुनिश्चितताको अभियान समुदायमा निरन्तर लागिरहेका छन् र हरेक व्यक्तिले प्रजनन् स्वास्थ्य अधिकार को प्रत्याभूति नगरुन्जेल सम्म यो अभियानलाई अघि बढाउन प्रतिबद्ध छन्।

 (लेखक घिमिरे सामुदायिक विकास मञ्चको कार्यक्रम विकास अधिकृत हुन् । 

कुँवर आइपास नेपालको प्रदेश संयोजक हुन् ।)

 

धरान २० को विवाद सकि ...

धरान । तीन दिन अगाडि मतगणना सम्पन्न भएपनि विवादका कारण ...

अनाथ बालबालिकालाई यु ...

धरान । शैक्षिक गतिविधिसंगै सामाजिक उत्तरदायित्व वहन गर् ...

धरानमा मत परिणाम धमा ...

धरान । धरानमा विगतको मतपरिणाम भन्दा फरक परिणाम आउने संक ...

गणतन्त्र दिवस तीन दि ...

धरान । सरकारले गणतन्त्र दिवस त्रि–दिवसीय कार्यक्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: दिनेश गजमेर / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2022 - Koshipatra.com All rights reserved