मुवाँथाई संघ सुनसरीमा एलकन थापा मगर

  • माघ २६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । थाई बक्सिङ खेललाई व्यवसायीकरण गर्न नेपाल राष्ट्रिय मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको छ । मंगलबार धरानमा एक कार्यक्रमको आयोजना गरी मुवाँथाई संघ सुनसरी जिल्ला समिति गठन भएको जानकारी दिइएको हो ।

सुनसरी जिल्ला समितिको अध्यक्षमा एलकन थापा मगर चयन भएका छन् । समितिको उपाध्यक्षमा अशेस राई, सचिवमा नविन राई, सह–सचिवमा मिलन राई, कोषाध्यक्षमा सरिता मगर चयन भएका छन् । सदस्यहरुमा भने सागर सुनुवार, प्रिजम राई र जुलन कालिकोटे चयन भएका छन् ।

समितिको चयन नेपाल राष्ट्रिय मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपतिको प्रमुख आतिथ्यतामा भएको थियो । चयन भएका सुनसरी जिल्ला समितिका पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष कक्षपतिले खदा लगाएर शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा केन्द्रिय अध्यक्ष कक्षपतिले मुवाँथाई राष्ट्रिय खेलकुद परिसदमा दर्ता भएको खेल भएता पनि ओझेलमा परेको बताए । उनले भने, ‘मुवाँथाई खेललाई एक उग्र खेल भन्ने गरिएकोले यसमा कमैको मात्र रुचि भएको देखिन्छ तर यस खेलमा शक्तिसँगै धैर्य भएर खेल्नुपर्ने हुन्छ ।’ उनले संघको मुख्य उद्देश्य नै खेललाई व्यवसायीकरण गर्नु भएको बताउँदै उक्त कार्यको सुरुवात सुनसरी जिल्लाबाटनै गर्ने बताए ।

कार्यक्रममा बडिबिल्डिङ फिटनेस संघ सुनसरीका उपाध्यक्ष सञ्जिव वान्तावाले संघलाई स्थानिय तहमा समन्वय गरेर अघि बढ्न सुझाव दिएका छन् । यसैगरी बास्केटबल प्रशिक्षक तथा पत्रकार विकास चाम्लिङ राईले संघलाई शुभकामना दिदै शिक्षा र खेलकुदलाई सँगै लैजान सकेमा खेल र खेलाडी दुवैको स्तर राम्रो बन्ने बताए । उनले विद्यालय क्षेत्रबाट नै अघि बढ्न र विशेष गरी प्रशिक्षक उत्पादनमा जोड दिन सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले खेलको प्रचारप्रसारका साथै त्यससम्बन्धि जानकारी जनमानससम्म पुर्याउने कार्यमा महासंघले सधै साथ दिने बताए ।

मुवाँथाईलाई ‘थाई बक्सिङ’ भन्ने गरिन्छ । यो एकप्रकारको मार्शल आर्ट र लडाईसम्बन्धि खेल हो । जसमा मुट्ठी, कुहिनो, घुँडा र पिडुलाको प्रयोग गरी अनुशासनभित्र रहेर खेल्ने गरिन्छ । खेल पहिलोपटक १८ औँ सताब्दिको मध्यतिर थाइल्याण्डमा खेलिएको मानिन्छ । २० औँ शताब्दीको उत्तराद्र्धदेखि २१ औँ शताब्दीमा आइपुग्दा मुवाँथाईले अन्तर्राष्ट्रिय रुपमा नै व्यापकता फैलाएको हो । विशेषगरी वास्तविक युद्धको लागि एक व्यवहारिक लडाई प्रविधिको रुपमा मुवाँथाई सुरुवात भएको भएता पनि हाल यो खेल नियम सहित अनुशासनका साथ खेल्ने गरिन्छ । मुवाँथाई थाइल्याण्डको राष्ट्रिय खेल हो ।

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved