धरान । अवैध रुपमा सुनसरीको दक्षिण क्षेत्रबाट ल्याउदै गरेको विष्फोटक पदार्थ पटका सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ स्थित पुष्पलाल चौकमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिइ गएको प्रहरीको टोलिले विहिबार ४ वटा बोरा भित्र ५६ बण्डल नागिन लेखिएको विष्फोटक पदार्थ पटाका फेला पारेको हो । रातको समयमा को २२ प ३००२ नम्बरको मोटरसाइकल र को १ ह ७२६० नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । पटाका ल्याउँदै गरेका इनरुवा नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष २२ को मोटरसाइकल चालक सतम अन्सारी, हरिनगर गाउँपालिका २ का वर्ष २० का दि
इटहरी । कोरोना कहरबिच सरकार संग राखिएको बिभिन्न बुदागत मागहरूको सम्बोधन नगरेको भन्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, प्रदेश एकले आगामी कार्तिक २३ गते देखि सार्वजनिक यातायातका साधनहरू अनस्चितकालिन बन्दको घोषणा गरेको छ । महासंघले इटहरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल, एक नम्बर प्रदेशका महासचिव रमेश खत्रीले कोरोनाको कारण आफूहरु मारमा परेको बताउदै सरकार समक्ष बारम्बार आफ्नो समस्याहरु राख्दा पनि सुनुवाई नगरेकोे गुनासो गरे । सरकारले आँखामा पट्टि बाँधेर यातायात व्यवसायीहरुलाई सधै उपेक्षा गरेको भन्दै अन्तिम विकल्पको रुपमा सवारी साधनहरु बन्द गरि प्रदेश भर हडताल
धनकुटा ÷ धनकुटाको जोरपाटी गाउँपालिका त्रिशुलेदेखि महालक्ष्मी नगरपालिकाको लेगुवासम्म ३३ किलोमिटर बाटो कालोपत्रे गर्न प्रारम्भिक अध्ययन (फिजिबिलिटी) शुरु गरिएको छ । स्थानिय पूर्वाधार बिभाग ग्रामिण सडक सञ्जाल सुधार आयोजना (आर.सि.आई.सी.) अन्तर्गत सम्पन्न हुने उक्त आयोजनाको गाउँपालिका र नगरपालिकाले संयुक्त रुपमा प्रारम्भिक अध्ययन शुरु गरेका हुन् । आयोजना शुरु गर्न महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू, उपाध्यक्ष भीमकला श्रेष्ठ सहितको संयुक्त टोलीले प्रभावित क्षेत्रका जनसमुदायसँग छलफल गरेको गाउँपालिका अध्यक्ष लिम्बूले बताए । सरोकारवाल
धरान । प्रदेशमै सबै भन्दा बढी कोरोना संक्रमण फैलिएको ईटहरी उपमहानगरपालिकामा कोरोना परिक्षणको दर भने शुन्य जस्तै भएको छ । इटहरीमा कोरोना संक्रमितको यकिन तथ्याङक समेत रहेको छैन तर दैनिक जसो ठुलो खर्च तिरेर इटहरीका सर्वसाधारण अन्यत्र गएर परिक्षण गर्न बाध्य रहेका छन् । दैनिक जसो कोरोना संक्रमण बढीरहेको इटहरी उपमहानगरपालिकाका स्थानीयहरु अन्य शहरमा रहेका अस्पतालमा गएर पिसिआर परिक्षण गराउन बाध्य छन् । इटहरी उपमहानगरपालिकाले कोरोना परिक्षण गर्न बन्द गरे पछि स्थानीयहरु आफ्नै खर्चमा पिसिआर परिक्षण गराउन बाध्य छन् । उपमहानगरपालिकाले आफ्ना जनताको पिसिआर परिक्षण गर्न नसक्नु भन्नु लज्जास्पद रहेको नागरिक स
धनकुटा ÷धनकुटाको संक्रमितको स्वास्थ्य अवस्था गंभीर भएर आईसीयूमा भर्ना भई उपचार गर्नु परेमा उपचार खर्च सहयोग गर्ने भएको छ । महालक्ष्मी नगर कार्यपालिकाको सम्पन्न बैठकले आईसीयूमा उपचार गराउनु पर्ने गंभीर अवस्थाका संक्रमितलाई उपचार खर्च वापत प्रतिव्यक्ति २५ हजारसम्म आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । स्वास्थ्य अवस्था गंभीर भएका बिरामीलाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ । धनकुटा अस्पतालमा समेत आईसीयू नहँुदा जिल्लाका बिरामीहरुलाई आईसीयूमा राख्नु परेमा धरान, विराटनगर लगायतका ठूला शहरका अस्पतालमा पु¥याउने गरिएको छ । आईसीयूमा राखेर गरिने उपचार धेरै खर्चिलो हुने भएकोले नगरबासीको ज्यान ब
धरान । कोरोनाको महामारीका कारण थलिएको पर्यटकीय गन्तव्यहरु पुरानै लयमा फर्किन थालेका छन् । प्रदेश नम्बर १ कै मुख्य पर्यटकिय गन्तव्य भेडेटारमा अहिले पर्यटकहरुको चहलपहल शुरु भएको छ । विगत ७ महिना देखि ठप्प रहेको पर्यटकहरुको आवागमन हुन थाले पछि पर्यटन व्यवसायीहरु उत्साहित बनेका छन् । कोरोनाको महामारीका कारण घोषणा गरिएको लकडाउन गत असोज १ गते देखि खुकुलो भए सँगै आन्तरिक पर्यटकहरु भेडेटार आउन थालेका छन् । छिनमै बादलले छोप्ने, छिनमै उघ्रदा हिमालहरु पनि प्रष्ट देखिन्छ । त्यसैले पनि भेडेटारमा पर्यटकहरु आउने मुख्य सिजन चैत्र देखि मंसिर सम्म हो । तर चैत्र देखि नै लकडाउन घोषणा गरिए पछि व्यवसाय नै ठप्प भएक
इलाम / मेची राजमार्गको इलाम सडक खण्डको यात्रा ज्यान दाउमा राखेर गर्नुपर्ने अवस्था छ । भएको कालोपत्रे सडक कतै सग्लो छैन । कतै भासिएको छ । कतै खाल्डा । कालोपत्रेमा कतै पहाड झै डाडो उठेको छ, कतै थाहा नपाउने गरी भासिएको छ । बर्षाको बेला झन बिग्रीएको राजमार्गको यात्रा यात्रुलाई पासो थापे झै भएको छ । राजमार्गको अधिकाशंजसो ठाउँमा अघिल्लो वर्षनै आवाधिक मर्मतको लागि ठेक्का लागेको हो । फिक्कल तिनघरे बाहेकका ठाउँमा कामै भएनन् । बेलामा आवाधिक मर्मतको काम नहुँदा राजमार्गको कतिपय क्षेत्र कोल्याप्स हुने अवस्थामा पुगेको छ । ठेक्काको सम्झौता गरेका निर्माण व्यवासयी मोभिलाइजेनको खर्च बुझेर बेपत्ता छन् ।
इलाम/ जैविक विविधताले भरिपूर्ण इलाम पर्यटकिय क्षेत्रका रुपमा परिचित छ । कतिपय पर्यटकिय क्षेत्र चर्चामा छन त कतिपय जिल्लाकै उत्कृष्ट पर्यटकिय ठाउँ भए पनि चर्चामा आउन सकेका छैनन । पर्यटकिय क्षेत्र भएर पनि चर्चामा आउन सकेको छैन । पर्यटकिय क्षेत्रको रुपमा रहेको पाटेनागी पुग्ने मानिस कमै मात्र छन । तर एक पटक पुगेको मान्छे पटक पटक जाने गर्दछ । तीन हजार मिटर को उचाईमा रहेको यस क्षेत्रबाट चाँधि झै टलकिएका हिमालको आनन्द सँगै सूर्योदय र सूर्योस्थको मज्जा लिन सकिन्छ । यहाँवाट आँखैअघि सगरमाथा, कञ्चनजङ्घा हिमाल लगायतका हिमाललाई देख्न सकिने र यहाँवाट सूर्योदय र साविक पूर्वाञ्चलका धेरै भू भाग नियाल्न
धनकुटा ÷धनकुटाको महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जु कुमारी कार्की अधिकारीलाई कोरोना संक्रमण देखिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कात्तिक १९ गते गरिएको (पिसिआर) स्वाब परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको परिवारको एक सदस्यमा कोरोना संक्रमण देखिएपछि उनले बुधवार धरानमा पिसिआर परिक्षण गरेकी थिईन् । पिसिआर परिक्षणको आज विहान आएको रिर्पोट कोरोना पोजेटिभ आएको उनले बताईन् । कोरोना संक्रमण देखिएसँगै धनकुटा नगरपालिका–७ आफै घरमा होम आइसोलेशनमा बसेकी उपप्रमुख अधिकारीलाई सामान्य ज्वरो, घाँटी दुख्ने र छाती दुख्ने समस्या रहेको छ । केही दिन यता स्वाद
इटहरी । नेपाल सरकारले गत अशोज २६ गतेदेखि सार्वजनिक यातायातमा पुरै यात्रुहरू बोक्न पाउने र भाडा दर पुरानै कायम गर्नुपर्ने निर्णय गरेपनि यातायात सञ्चालकहरूले भने यात्रुहरूबाट दोब्बर भाडा असुल्ने गरेको पाइएको छ । कोरोना कहर बिच यातायात सुचारू गर्दा सरकारले यातायात व्यवसायि हरूको मार्कालाइ मध्य नजर गर्दै आधा सिट मात्र यात्रु बोक्न र ५० प्रतिशत भाडा बढाएर लिन अनुमती सहित अशोज १ गते पहिलो निर्णय गरेको थियो । तर लकडाउन खुलेसंगै यातायात सञ्चालन हुन थालेपछि यात्रुहरू प्रत्यक्ष मार्कामा परेको गुनासो बढेपछि पुन अशोज २६ गते पुरै यात्रुहरू बोक्न पाउने र भाडादर पुरानै कायम गर्नुपर्ने निर्देशन सहित अर्को न