प्रदेश एकका १ सय १३ कैन्दीबन्दीले पाए आममाफी

  • फागुन ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ प्रजातन्त्र दिवशको अवसरमा प्रदेश १ का विभिन्न कारागारमा रहेका १ सय १३ जना कैदीबन्दीले आममाफी पाएका छन् ।
७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कारागारमा कैदी जीवन बिताइरहेका प्रदेश १ का १ सय १३ कैदीबन्दीहरुलाई आममाफी दिएकी हुन् ।
प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार झापाका १६, ईलाम ५, पाँचथर २, ताप्लेजुङ ६, मोरङ १५, सुनसरी ३७, धनकुटा १, तेह्रथुम १, संखुवासभा ४, भोजपुर ३, उदयपुर ८, सोलु १, खोटाङ ५, ओखलढुंगा ५ र बालसुधार केन्द्र मोरङका ४ गरी प्रदेश १ बाट १ सय १३ जना कैदीहरुले सजाय माफ पाएका हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशभरका कारागारमा रहेका ५ सय १ जनाबन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा, त्यस्तै, मन्त्रिपरिषद्को सिफारिसमा १२ जनाको सजाय माफी भएको सँग जम्मा ५ सय १३ जना कैदीवन्दीले आममाफी पाएका छन् ।

हरेक वर्ष प्रजातान्त्र दिवसको अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरुको सजाय मिनाहा गरिँदै आइएकोमा यस वर्ष पनि यसले निरन्तरता पाएको हो ।

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

नास्ट कलेज धरानद्वार ...

धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved