धरान/ प्रजातन्त्र दिवशको अवसरमा प्रदेश १ का विभिन्न कारागारमा रहेका १ सय १३ जना कैदीबन्दीले आममाफी पाएका छन् ।
७२ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कारागारमा कैदी जीवन बिताइरहेका प्रदेश १ का १ सय १३ कैदीबन्दीहरुलाई आममाफी दिएकी हुन् ।
प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुसार झापाका १६, ईलाम ५, पाँचथर २, ताप्लेजुङ ६, मोरङ १५, सुनसरी ३७, धनकुटा १, तेह्रथुम १, संखुवासभा ४, भोजपुर ३, उदयपुर ८, सोलु १, खोटाङ ५, ओखलढुंगा ५ र बालसुधार केन्द्र मोरङका ४ गरी प्रदेश १ बाट १ सय १३ जना कैदीहरुले सजाय माफ पाएका हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा–२७६ बमोजिम देशभरका कारागारमा रहेका ५ सय १ जनाबन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा, त्यस्तै, मन्त्रिपरिषद्को सिफारिसमा १२ जनाको सजाय माफी भएको सँग जम्मा ५ सय १३ जना कैदीवन्दीले आममाफी पाएका छन् ।
हरेक वर्ष प्रजातान्त्र दिवसको अवसरमा राष्ट्रपतिले कैदीबन्दीहरुको सजाय मिनाहा गरिँदै आइएकोमा यस वर्ष पनि यसले निरन्तरता पाएको हो ।