६३ ले गराए स्वास्थ्य जाँच

  • फागुन ८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ परिवर्तनका लागि सामाजिक अभियानको दशौं संस्करणको सामाजिक स्वास्थ्य शिविर आज फागुन ७ गते १८ नं. वडा कार्यालयमा सम्पन्न भएको छ । १८ नं. वडा कार्यालयको सहकार्यमा सम्पन्न कार्यक्रममा ६३ जनाले स्वास्थ्य जाँच गरेका थिए ।

वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहद्वारा स्वास्थ्य परिक्षण भएको कार्यक्रममा पाक्षिक रुपमा सञ्चालन हुँदै आईरहेको छ ।

परिवर्तनका लागि सामाजिक अभियानले आयोजना गर्ने यो सामाजिक स्वास्थ्य क्लिनिक विशेष गरि ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि आयोजना गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए । बरालले भने “बुवाआमाहरुको सुस्वास्थ्यका लागि यो कार्यक्रम गरेका हौं” । विगत ७ महिना देखि धरान–१ स्थित धरान मोडल कलेजमा आयोजना भईरहेको कार्यक्रम अभियानले वडा वडामा कार्यक्रम गर्ने अभियान अनुरुप यस पटक धरान–१८ मा आयोजना गरिएको हो ।

विशेष गरि ब्लड प्रेसर, सुगर र मुटु रोग सम्बन्धि जाँच गरिने क्लिनिक १८ नं. वडा कार्यालय, धरानको सहकार्यमा सम्पन्न भएको छ । ६३ जना बिरामीहरुको स्वास्थ्य जाँच गरिएको कार्यक्रम वडाबासी बुवा आमाका लागि ज्यादै लाभदायक भएको धरान १८ नं. वडाका अध्यक्ष नरेन्द्र कुमार राई (प्रविण) ले बताए । विशेषगरी मुटु र प्रेशरका विरामीहरु सचेत हुनुपर्ने र आहार विहार माध्यान पु¥याउनु पर्ने डा. प्रशान्त साहले बताए ।

प्रतिष्ठान नजिक भएको वडा नं. १८ मा समेत बिरामीहरु सचेत नभएको पाईएकोले यो कार्यक्रमबाट बिरामीहरु स्वयम् समेत लाभान्वित हुने डा. साहले बताए ।
अभियानका सदस्य त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा अभियानकर्मी मोहन श्रेष्ठ, विजय श्रेष्ठ, जेनिश शाक्य, हेम ढकाल, निशान नेपाल एवम् वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी निशा श्रेष्ठको समेत सहभागिता रहेको थियो भने कार्यक्रम समापनका अवसरमा वडा सदस्य जमुना त्रिखत्री मोक्तानले आयोजकलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

नास्ट कलेज धरानद्वार ...

धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved