वरगाछीका महिलाहरु हेयर कटिङ्ग तालिम

  • फागुन ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वरगाछी महिला समुह धरान ८ को आयोजनामा आधारभुत हेयर कटिङ्ग तालिम सम्पन्न भएको छ ।

आईतवार समापन भएको तालिम गत माघ २२ गते देखि फगुण ७ गते सम्म संचालन भएको थियो । तालिम धरान उपमहानगरपालिका वार्ड नं. ८ वडा कार्यालयको महिला लक्षित कार्यक्रम अन्तरगत सम्पन्न भएको हो । समापन समारोहका प्रमूख अतिथि तथा धरान ८ का वडा सदस्य प्रेम बहादुर तामाङ्गले २५ सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए । समुहकी अध्यक्ष चन्द्रकला प्रधानको अध्यक्षतामा सम्पन्न तालिममा प्रशिक्षण सोनिमा हेयर कटिङ्गकी सुनिता श्रेष्ठले दिएकी थिईन् । तालिम कार्यक्रम संयोजक ईन्दु श्रेष्ठले तालिमका सहभागीहरुलाई स्वगत गर्दै तालिमका सिकेका कुरा व्यवहारमा लागु गरी आय आर्जन समेत गर्न सुझाव दिईन ।

समूहकी सल्लाहकार तथा समाजसेवी शिला बज्राचार्यले महिला समुहले गरेको कामको खुलेर प्रसंसा गर्दै समुहलाई महिला संजालमा अवद्ध हुन सुझाव दिईन् । समुहलाई अगाडी बढाउन समुहका सदस्यहरुको क्षमता वृद्धि हुनु पर्ने नेतृत्व र व्यक्तित्व विकास हुनु पर्ने भन्दै आगामी दिनमा नेतृव तथा व्यक्तित्व विकास तालिम आयोजना गर्न अनुरोध गर्दै त्यसका लागि आवश्यक सहयोग गर्ने समेत वज्रचार्यले प्रतिवद्धता ब्यक्त गरेका थिए ।

तालिमका सहभागी पम्फा कठायत पराजुलीले आफुहरुले सिकेको कुरा घर परिवारमा उपयोगमा आएको र यसलाई व्यवसायिक समेत बनाउने प्रतिवद्धता व्यक्त गरिन् ।

सुनसरीमा सशस्त्र प्र ...

सुनसरी/सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज ...

युएन नवोदयकलेजका हो ...

सुनसरी/  धरान-१६ स्थित नेपालकै एक प्रतिष्ठित ...

धरानमा सातौँ इन्टर भ ...

धरान/  भारतीय राजदूतावास पेन्सन वितरण कार्याल ...

कोशीमा नेतृत्व फेरबद ...

धरान/केन्द्रमा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved