धरान फुलबारीको शहर : ‘न फुल फुल्यो, न हाँगा नै रह्यो’

  • फागुन ९, २०७८
  • "सन्देश तिमल्सिना"
alt

 

धरान । डेढ बर्ष अघि पुर्ण जागरण टोल विकास समिति धरान ९ को आयोजनामा गौतम पथमा सडक सौन्दर्यकरण गर्न सडकको दुवै गमलामा फुल रोपियो । सौन्दर्यकरणका लागि सडकको दुवै तर्फ अन्डर ग्राउन्ड तार सहित बत्ती जडान गरि गमला राखि वडालाई सुन्दर तथा पर्यटनको विकासका लागि आयोजना रहेको थियो ।

गौतम पथलाई सौन्दर्यकरण गर्न शुरु भएको योजना डेढ वर्ष पनि बित्न नपाउँदै लथालिङ्ग बनेको छ । अहिले गमलामा न फुल छ, न त हाँगा नै देखिन्छ । पुतलि लाइन देखि कलेज रोड सम्मको बाटोमा वडाले सौन्दर्यकरण गर्न २ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । वडा कार्यालय र टोल विकास समितिले नै स्थानीयलाई रेखदेख गर्ने जिम्मेवारी दिएको थियो । तर स्थानीयले चासो नदिदाँ बजेट पनि बालुवामा पानी हाले झै भएको छ ।

डेढ वर्ष अघि वडाअध्यक्ष रत्न कटुवालले गमलामा रोपिएको फुलमा पानी हाल्दै उदघाटन गरिएको विरुवाका पातहरु पहेलिएर सुक्दै गएको छ । वडाको बजेटबाट राखिएका फुल सुकेर गमला रित्तो हुँदा पनि स्थानीयलाई कुनै मतलब नै छैन् । गौतम पथ टोल कमिटीका अध्यक्ष राम दासले सबै सँग मिलेर संरक्षण गर्ने सहमती भए पनि चासो नहुँदा गमला र फुलहरु सुक्दै गएको बताए । 

धरान ९ स्थित गौतम पथमा मात्रै होइन्, धरान उपमहानगरपालिका नै धरानलाई फुलबारीको शहर बनाउने योजना अनुसार बजारको मुख्य चौंक, वडाका विभिन्न टोलहरुमा पनि गमलामा फुल रोप्न थालेको थियो । अहिले धरानका विभिन्न चौंक, वडाहरुमा कतै गमला मात्रै देखिन्छ, कतै स्थानीयको पहलमा गमलामा फुल एकाध मात्रै देखिने गरेको छ । स्थानीयले अपनत्व महशुष गर्न नसक्दा फुलबारीको शहर बनाउने योजनाको हाँगाहरु सक्दै गएका छन् । धरानको मुख्य बजार भानुचोक देखि चतरा लाइन सम्म राखिएको फुलको अवस्था समेत उस्तै छ । स्व. मेयर तारा सुब्बाको समयमा धरानलाई फुलबारीको शहरको रुपमा चिनाउने भनेर योजना अघि सारिएको थियो ।

फुलबारीको संरक्षण गर्न धरान स्थित पवित्रा नर्सरीलाई ठेक्का दिइएको छ । नर्सरीलाई वार्षिक ४ लाख ८६ हजार रुपैयामा सम्झौता भएको छ । तर कुल बजेटमा राजस्व, भ्याट कटौती भएर आउँदा बजेट पुरा नआउने पवित्र नर्सरीका सञ्चालक पवित्रा लिम्बू बताउँछिन् । उनले भनिन्, सम्झौता ढिलो भएकाले पनि समस्या भएको छ ।’

फुलबारीको संरक्षण गर्न बाटो उपभोक्ता समितिलाई जिम्मेवारी दिएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले बताईन् । उनले भनिन्, ‘नयाँ तथा पुराना कार्यहरु सबै समितिले नै गर्छ र अरु ठाउँमा पनि फुलबारी बनाउने तयारी गरिरहेको छ ।’

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

धरानमा समता दिवस मना ...

धरान/  राष्ट्रिय समता दिवसको अवसरमा नेपाली कांग्रे ...

धरान भित्रको दुर्गम ...

धरान/ साविकको पाँचकन्या गाविस तथा धरान उपमहानगपालि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved