पञ्चकन्या क्षेत्र बनभोज स्थल बन्दै

  • फागुन ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानको धार्मिक पर्यटकीय क्षेत्र विजयपुरको पञ्चकन्या वनभोज स्थल बन्दै गएको छ ।

अहिले यो क्षेत्रमा प्रदेश नं. १ का विभिन्न क्षेत्रमा वनभोज खान आउन थालेका छन् । वनभोज खानेहरुले पञ्चकन्या रमणीय स्थल भएको विषयमा प्रचार गरेसंगै पछिल्लो समय पञ्चकन्या वनभोज खानेहरुको लागि रमणीय स्थल बन्दै गएको हो ।

झापाको दमकबाट पञ्जकन्या जंगलमा वनभोज खान आएका सुमन गुरुङले पञ्चकन्यामा पहिलोपटक वनभोज खान आएका बताए । गाउका केही साथीहरु मिलेर शनिवार पञ्चकन्यामा वनभोज खान व्यस्त रहेका उनले भने–‘धरानको विजयपुर साच्चिकै रमणीय स्थल रहेछ । विगतमा विजयपुरका अन्य मन्दिरमा आएपनि पञ्चकन्यामा भने आउन नपाएको बताए । उनले भने–‘साथीहरुले वनभोज खाने ठाउ धरान १४ विजयपुरको पञ्चकन्या राम्रो छ भनेर भने त्यही भएर हामी सबै यहा आएका हौं, यहा आउदा साथीहरुले भनेजस्तै रमणीय स्थल लाग्यो ।’

उनले सुनसान जंगलको वरिपरि प्राकृतिक दृश्य नियाल्न पाइनुका साथै छेउमा भएको पञ्चकन्या मन्दिर र पाथीभरा मन्दिरको समेत दर्शन गर्न पाइने भएकोले पनि यो ठाउ अत्त्यन्तै राम्रो लागेको सुनाए ।

उनीसंगै आएका सोही स्थानका प्रमोद भुजेलले समेत पञ्चकन्या अत्यन्तै रमणीय रहेको् बताए । उनले पञ्चकन्या ऐतिहासिक स्थान रहेको पनि बताए । उनले भने–‘छेउमै मन्दिर, अलि मास्तिर गएपछि इतिहासमा समेत उल्लेख भएको भताभुंगे राजाको दरबार स्थल अत्यन्तै रमणीय रहेछ । यहा वनभोज खान आउदा म अत्यन्तै खुशी छु ।’

यस ठाउमा पानी र शौचालयको भने समस्या भएको उनीहरुले बताए । भुजेल भन्छन्–‘शौचालय त रहेछ, पानी नभएपछि भरिएर छिर्न नै ग्राहो, पिउने् पानीको पनि त्यतिकै समस्या रहेछ, स्थानीय सरकारले यो कुरा व्यवस्थापन गर्न सक्यो भने यो ठाउ पर्यटकीय स्थलको रुपमा चर्चित हुनेमा दुई मत छैन ।’

पञ्चकन्याको रमणीय स्थलको महिमा सुनेरै अहिले दिनमा २ देखि ३ टोली विभिन्न स्थानबाट वनभोज खान आउने गरेको पञ्चकन्या नजिकै घर भएका स्थानीयहरु बताउछन् । उनीहरुले अन्य दिनमा २ देखि ३ समूम आउने गरे पनि शनिवार भने अझ बढी आउने बताए ।

स्थानीय सरकारले पनि यसलाई धार्मिक पर्यटकीय स्थलसंगै वनभोज स्थलको रुपमा विकास गर्ने योजना बनाएको छ । धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले पञ्चकन्यालाई वनभोज स्थलकै रुपमा विकास गर्ने वडाले लक्ष्य लिएको बताए । उनले भने–‘त्यहा सबैभन्दा समस्या खानेपानी र शौचालयको छ, यो समस्या सुल्झाउन उपमहानगरपालिकासंग वडा कार्यालय लागि परेको छ ।’

उनले वनभोजका लागि भौतिक पूर्वाधार नहुदा पनि वनभोज खानेको संख्या बढेको बताउदै अहिले दैनिक दुईदेखि तीन समूह वनभोजकै लागि आउने गरेको बताए । उनले भने–‘मेरो घर पञ्चकन्या छेउमा पर्छ, त्यही बाटो भएर वनभोज खानेहरु जाने् गर्छन्, अन्य दिनमा दुई तीन समूह आउने गरेपनि शनिवार भने अत्यन्तै भीड हुन्छ ।’

उनले वनभोजका लागि खानेपानी, शौचालयसंगै भौतिक पूर्वाधार पनि आवश्यक रहेको बताउदै यस विषयमा छलफल भइरहेको बताए ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved